ओपो ए ७१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओपो ए ७१
Codenameए ७१
निर्माताओपो
शृंखलाओपो ए
किसीमस्मार्टफोन
आयाम१४३ मिमी (५.६ इन्च) H
७१ मिमी (२.८ इन्च) W
५ मिमी (०.२० इन्च) D
तौल१४७ ग्रा (५.२ औंस)
मेमोरी३ जिबि
क्षमता१६ जिबि
ब्याट्री२३२० एमएएच
डिस्प्ले५.० इन्च (१३० मिमी)
रियर क्यामेरा१३ एमपि
अगाडीको क्यामेरा५ एमपि
कनेक्टिभिटी

सेल्फी तथा ग्रुप सेल्फीमा अग्रणी क्यामेरा फोनका रूपमा परिचित क्यामेरा फोन निर्माता ओपोले २०१७ मा बजारमा ओपो ए ७१ सार्वजनिक गरेको थियो ।तिब्र कार्य सम्पादन क्षमता बाकेको फोनका रूपमा दावी गरिएको एद७१ को मूल्य कम्पनीले रू २१ हजार ९ सय ९० तोकेको छ । एण्ट्रि लेभल मूल्य मै उपलब्ध गरिएको भएता पनि फोनमा कम्पनीले ओक्टा-कोर सीपीयू, ३ जीबी र्याम र ओपोको विशेष फोटोग्राफी प्रविधि पनि समाहित गरेको छ । हाई एण्ड सुविधा सम्पन्न फोन एण्ट्री लेभल मूल्यमै उपलब्ध गराएका कारण फोनको माग अहिले बजारमा उच्च रहेको कम्पनीले जानकारी दिएको छ ।

विशेषताहरू[सम्पादन गर्नुहोस्]

समय सापेक्ष स्लिम यूनी बडी[सम्पादन गर्नुहोस्]

झट्ट हेर्दा फोनको बनावट तथा डिजाइन बजारमा उपलब्ध अन्य फोनभन्दा खासै फरक देखिन्न । तर, फोनमाप्रयोग गरिएको मेटालिक यूनी बढी डिजाइनले प्रदान गर्ने आरामदायी अनुभव भने वास्तवमै विशेष छ । डल्फिनको पछिल्लो भागबाट प्रेरित भइ एकनास रूपमा डिजाइन गरिएको यो फोनले प्रयोगकर्तालाई पृथक तथा आरामदायी अनुभव प्रदान गर्छ ।

फोनमा कम्पनील ५ दशमलव २ ईञ्चको स्क्रीन प्रयोग गरेको छ । गेम्सको मज्जा लिने, भिडियो हेर्ने लगायत कार्यका लागि स्क्रीनको आकार ठिक्क साइजको छ, न सानो न ठूलो । साथै, फोनको आकारले सेल्फी लिने कार्यका लागि हत्केलामा बोक्दा समेत सहजताको अनुभव प्रदान गर्छ ।

उच्च क्षमतायुक्त क्यामेरा[सम्पादन गर्नुहोस्]

ओपो ए७१ मा कम्पनीले १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेल क्षमताको प|mण्ट क्यामेरा जडान गरेको छ । फोनको क्यामेरा मार्फत जीवन्त तथा उत्कृष्ट तस्विर लिन सकियोस् भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ ।यसका लागि फोनको क्यामेरामा मल्टि फ्रेम डिनोइजिङ प्रविधि, बोके ईफेक्ट, ब्यूटिफाइ लगायत फिचर्स पनि उपलब्ध गरेको छ । यसमा रहेको क्यामेराले अत्यधिक वा न्यून प्रकाश भएका स्थानमा समेत राम्रा तस्विर खिच्ने क्षमता राख्छ । साथै, यसमा रहेको क्यामेराले तिब्र प्रतिक्रिया दिने क्षमता समेत राख्छन् ।

जसका कारण चाँड-चाँडै तस्विर खिच्नु पर्दा कुरी रहनुपर्ने झञ्झटबाट मुक्त होइन्छ । साथै, जीवन्ततस्विर कैद गर्ने अवसर समेत प्राप्त हुन्छ ।

तिब्र कार्य सम्पादनको क्षमता[सम्पादन गर्नुहोस्]

लगातार गेम्समा रमाउने, हर बखत अनलाइन रहनुपर्ने, सन्देश प्रेशित गरिरहनुपर्ने लगायतमा निसका लागि ओपो ए७१को तिब्र कार्य सम्पादन क्षमता र टिकाउ ब्याट्री निकै उपयोगी प्रमाणित हुन्छ । तिब्र गतिमा चार्ज हुने क्षमता सहितको ब्याट्रीका कारण एक पटक चार्ज गरे पश्चात प्रयोगकर्ताले दिनभरका लागि ढुक्क भइ फोनको प्रयोग गर्न सक्छन् ।फोनमा रहेको ६४ बिट ओक्टा-कोर प्रोशेसर र ३ जीबी र्यामले स्मूथ मल्टि-टास्किङ गर्न सघाउनुका साथै एउटा एप चलाउँदा चलाउँदै सहज रूपमा अर्को एपमा ‘स्विच’ गर्ने छुट पनि प्रदान गर्छ । फोनमा कम्पनीले एकै पटक २ ओटा सिम र १ थान मेमोरी कार्ड राख्न मिल्ने ुटि्रपल स्लोट कार्ड ट्रेुको सुविधा उपलब्ध गराएको छ । यसले ईनब्यूल्ट रुपमै फोनमा रहेको १६ जीबी सञ्चय क्षमतालाई आवश्यकता पर्दा एसडी कार्डको माध्यमबाट बढाएर २ सय ५६ जीबी सम्म पुर्याउन सकिन्छ ।यसले गर्दा फोनमा पर्याप्त सञ्चय क्षमता हुने हुँदा समय समयमा पुराना फोटो डिलिट गर्नुपर्ने समस्याबाट प्रयोगकर्तालाई छुटकारा प्राप्त हुन्छ । एन्ड्रोइड ७.१मा आधारित कलर ओस ३.१ ओपो ए७१मा रहेका फङ्शनहरु वास्तवमै प्रयोगमैत्री छन् । फोनमा कम्पनीले कलर ओएस ३.१उपलब्ध गराएको छ । यसले तिब्र कार्य क्षमता प्रदर्शन गर्नुका साथै प्रयोगकर्ताको सुरक्षामा पनि विशेष ध्यान दिएको छ । ए७१मा रहेको कलर ओएस ३.१को उत्कृष्ट फिचरका रूपमा यसको सेफ्टी किबोर्ड र स्मार्ट स्क्यानलाई लिन सकिन्छ ।स्मार्टस्क्यानले वातावरण स्क्यान -स्वअवलोकन० गरी अनलाईन भुक्तानी लगायत कार्यमा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ । साथै, फोनमा रहेको प्रभावकारी यूआई -यूजर ईन्टरफेस०ले फोनको प्रयोग गर्दा सहज अनुभव प्रदान गर्न उल्लेख्य भुमिका खेलेको छ ।

समग्रमा[सम्पादन गर्नुहोस्]

छोटकरीमा भन्नु पर्दा ओपो ए७१मा स्मार्टफोनलाई वास्तविक रुपमै स्मार्ट बनाउनका लागि आवश्यक समग्र फिचर्सहरु उपलब्ध गरिएका छन् । यसमा रहेको फास्ट चार्ज फुल डे ब्याट्री, उत्कृष्ट मल्टि-टास्किङ र सञ्चय क्षमताले फोनलाई वास्तवमै बहुउपयोगी र किन्न लायक बनाएको छ ।साथै, यसमा रहेका क्यामेराले ईन्ष्टाग्राम तथा फेसबुक लगायत सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि तपाईको आवश्यकताको सहजै पूर्ति गर्ने क्षमता राख्छन् ।

तिब्र कार्य सम्पादन क्षमता, लामो समय सम्म टिक्ने ब्याट्री, स्मूथ अपरेशन, मल्टिटास्किङ क्षमता लगायत यसका अझ आकर्षक पक्षहरु हुन् ।

समग्रमा भन्नु पर्दा प्रयोगमैत्री विशेषता, अत्याधुनिक फिचर्स तथा आकर्षक डिजाइन सुसज्जित भइकन पनि सुपथ मुल्य माफोन उपलब्ध गराउनुले नै नेपाली बजारमा फोनको लोकपि्रयता चुल्लिएको हो । ओपो ए७१लाई कम्पनीले हाल सुनौलो रंगमा नेपाल भर रहेका सबैजसो प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गराएको छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]