पाँडे (पात्र)
स्वरूप
नरनारायण पाँडे | |
---|---|
भद्रगोल पात्र | |
पहिलो उपस्थिति | भद्रगोल |
रचनाकार | अर्जुन घिमिरे |
प्राप्त जानकारी | |
उपनाम | पाँडे |
प्रजाति | मानिस |
लिङ्ग | पुरुष |
पेशा | चोर, ठग, ढोंगी तथा जालसाज |
आफन्त | जयन्त पाँडे (भतिज) |
राष्ट्रियता | नेपाली |
नरनारायण पाँडे जसलाई पाँडे भनी चिनिन्छ, भद्रगोल टेलिनाट्य श्रंखलाका मुख्य पात्र हुन् ।
चरित्र
[सम्पादन गर्नुहोस्]उनी चोरी, ठगी, जालसाजी तथा ढोंगका लागि प्रसिद्ध छन् । मुड्खु भञ्ज्याङ्गका बासिन्दा नरनारायण पाँडे गाउँका सबैभन्दा गरिब तथा अल्छी व्यक्ति हुन् । गाउँका साधारण मानिसहरूलाई झुक्याउने तथा प्रलोभन गराउने गर्छन् । पाँडेको विवाह तथा सन्तानहरू भएको देखिदैन । उनी एक झुपडीमा बस्छन् जसलाई कटेज भनी सम्बोधित गर्छन् । उनका नजिका साथीहरूमा जिग्री, कक्रोज तथा बले, आदि पर्छन् ।
परिवार
[सम्पादन गर्नुहोस्]नरनारायण पाँडे एक क्षेत्री परिवारका सदस्य देखिन्छन् । उनी काजी कालु पाँडेका वंशज भएको दाबी गर्छन् । त्यसैले स्वयम्लाई पाँडे काजीको सम्बोधन गर्छन् । उनका परिवारमा एक भतिज छन् - जयन्त पाँडे ।