सामग्रीमा जानुहोस्

नरहरि शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजा नरहरि शाह प्राचीन लमजुङ राज्यका राजा थिए। यिनी कुलमण्डन शाहका नाति तथा यशोब्रह्मा शाहका छोरा थिए। विक्रम सम्बत् १६१६ मा गोर्खाका राजा बनेका द्रव्य शाह सँग सीमा विवाद हुँदा यिनी राजा बनिसकेका थिए।[]

राजा कुलमण्डन शाहका माहिला छोरा कालु शाह, कुलमण्डनको अनुमतिमा गण्डकी प्रदेशको लमजुङमा राजा हुन लमजुङेहरूले ल्याएकोमा, लमजुङका विपक्षी जाति शेखान्तहरूले झुक्याएर हत्या गरेकाले पुनः कान्छा छोरा यशोब्रम्ह शाह लमजुङका राजाका लागि पठाइए । यशोब्रम्ह शाहका दुई छोरा थिए नरहरि शाह र द्रव्य शाह । यशोब्रम्ह शाहको मृत्युपछि जेठा नरहरि शाह लमजुङका राजा भए ।

द्रव्य शाहसंग विवाद

[सम्पादन गर्नुहोस्]

द्रव्य शाहले गोरखा राज्यको स्थापना गरे पछि दाजु नरहरि शाहले ´´भाइ द्रव्य शाहले मेरै सरदारको रूपमा गोरखा विजय गरेकाले गोरखामाथी लमजुङकै अधिकार हुन्छ´´भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरु बनाइ पटक पटक प्रयास गर्यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो ।

दुई भाइबीच झगडा भए पछि दुबै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ । चेपे नदीको किनारमा रहेको चक्र तीर्थमा नरहरि शाह तथा द्रव्य शाहले आफ्ना मातापिता यशोब्रह्मा र बसन्तावतीको श्राद्ध गर्ने गरेको इतिहास पाइन्छ।[]

नरहरी शाहको जीवनकाल भरी गोर्खा र लमजुङ बीच राम्रो सम्बन्ध कायम हुन सकेन।

सुधार कार्य

[सम्पादन गर्नुहोस्]

नरहरी शाहले लमजुङबाट मुक्तिनाथ जाने बाटो सुधार, विभिन्न राजकूलो हरूको निर्माण लगायतका विकासका कामहरू गरेका थिए। त्यसैगरी राज कचहरीको स्थापना, दशै‌मा बलि दिने पशुप‌क्षीको व्यवस्था आदि काम पनि यिनको पालामा भएको थियो। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सुवेदी, डा. राजाराम, प्राचीन नेपाल, पृ: ५१। 
  2. "जिल्ला वस्तुगत विवरण, लमजुङ", नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग, २०७४, अन्तिम पहुँच ५ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २ सेप्टेम्बर २०१८ मिति
  3. सुवेदी, डा. राजाराम, प्राचीन नेपाल, पृ: ५१।