एयरटेल बङ्गलादेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबि आजीयाटा लिमिटेड
व्यवसाय प्रकार
रोबिको स्वतन्त्र उत्पादन
उद्योगदूरसञ्चार
भवितव्यतारोबिमा समायोजित
पूर्ववर्तीएयरटेल बङ्गलादेश लिमिटेड; वारिद टेलिकम लिमिटेड
स्थापित१० मे २००७
केन्द्रीय कार्यालयढाका बङ्गलादेश
मुख्य व्यक्ति
महताब उद्दिन अहमद (प्राकाअ)
उत्पादनहरूमोबाइल टेलिफोन, एज, जिएसएम, जिपिआरएस, युएमटिएस, एचएसडिपिए, एचएसयुपिए, एचएसपिए, एचएसपिए+, एफडिडि-एलटिइ, एलटिइ-ए
मूल सङ्गठनआजीयाटा (६८.७%), भारती एयरटेल (२५%), एनटिटि डोकोमो (६.३%)
वेबसाइटबीडी.एयरटेल.कम

एयरटेल (बङ्गाली: এয়ারটেল) बङ्गलादेशमा रोबी आजीयाटाको एक स्वतन्त्र उत्पादन ब्रान्ड हो जसले रोबी आजीयाटा लिमिटेड बङ्गलादेशमा 'एयरटेल' ब्रान्डको इजाजतपत्र पाएको थियो । यो जीएसएम आधारित मोबाइल दूरसञ्चार पनि हो । यो रोबिमा नोभेम्बर २०१६ मा समायोजित भएको थियो । यो १० मे २००७ मा स्थापना भएको थियो भने यसको मुख्यालय बङ्गलादेशको राजधानी ढाकामा अवस्थित छ । यसका दुबै प्रिपेड र पोस्टपेड सेवाहरू उपलब्ध रहेका छन् ।

यो बङ्गलादेशको सबैभन्दा ठूलो मित्र नेटवर्क हो जुन अगस्ट २०१८ का अनुसार यसका लगभग १३.४ मिलियन सक्रिय ग्राहकहरू रहेका छन् । कम्पनीले ५०० भन्दा बढि थानाहरूका जनसङ्ख्यालाई ४ जी नेटवर्कको साथ ९०% सम्मको व्यापक नेटवर्क कभरेज प्रदान गरेको छ । यसले हाल रोबिका नाममा सेवा दिइरहेको छ

विकासक्रम[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्सको एक प्रमुख टेलिकम, वारिद टेलीकमले, यस कम्पनीलाई भारतको भारती एयरटेल लिमिटेडमा ३०० मिलियन अमेरिकी डलरमा ७०% भाग बेच्दिएको थियो । भारतीय एयरटेलको प्रस्तावमा कम्पनीको नयाँ शेयरहरू सिर्जना गर्न वारीदमा ३०० मिलियन डलर लगानी गरेको थियो । बङ्गलादेश दूरसञ्चार विनियामक आयोगले ४ जनवरी २०१० मा यस सम्झौता स्वीकृत गर्यो । भारती एयरटेल लिमिटेड र यसको बोर्डको प्रबन्धन नियन्त्रणले २० डिसेम्बर २०१० देखि कम्पनीको सेवाहरूलाई आफ्नो एयरटेलमा पुनः सञ्चालन गरेको थियो ।

मार्च २०१३ मा, वारिद टेलिकमले बाँकी रहेको ३०% शेयरलाई भारती एयरटेलको सिंगापुर-आधारित भारती एयरटेल होल्डिङ्स पिटिइ लिमिटेडको ८५ करोड अमेरिकी डलरमा बेच्दिएको थियो ।

८ सेप्टेम्बर २०१३ मा, एयरटेल बङ्गलादेश ५ मेगाहर्ज ३ जी स्पेक्ट्रम प्राप्त गरेको थियो ।

जनवरी २०१६ मा एयरटेल बङ्गलादेश र रोबि ले आ-आफ्नो सेवालाई एउटैमा समायोजन गर्ने घोषण गरेका थिए र यो समायोजन पछि त्यसलाई रोबिको नाम दिने भनिएको थियो र जसले त्यसबेलाका छुट्टाछुट्टै प्रदायकका ३२ मिलियन प्रयोगकर्ताहरूलाई सेवा दिएको थियो । यो समायोजित रोबिलाई ६८.७% मलेसियाको इन्टरनेट कम्पनी आजीयाटा को स्वामित्वमा रहेको छ भने, भारतको भारती एयरटेलको २५% रहेकोे छ भने बाँकी ६.३% चाहि जापानको एनटिटि डोकोमोको स्वामित्व रहेको छ ।[१][२] नोभेम्बर २०१६ मा समायोजन सफल<ref>

यो समायोजन नोभेम्बर २०१६ मा पुर्ण भएको थियो र बङ्गलादेशमा दोस्रो सबैभन्दा ठूलो टेलिकम कम्पनी बन्न सफल भएको थियो ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट