विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सेथ राेलिन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेथ राेलिन्स[सम्पादन गर्नुहोस्]

कोल्बी डेनियल लोपेज (जन्म मे २८ १९८६) एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडीअभिनेता हुन्। अहिले उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी सेथ रोलिन्स नामले कुस्ती खेल्छन्। उनी डिन एम्ब्राेजरोमन रेन्जसँगै द सिल्डकाे रूपमा डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए। उनी डिन एम्ब्रोज (२), रोमन रेन्ज (१) र जेसन जोडनको (१) साथमा ४ पटक ट्याग टिम विजेता पनि भएका थिए। हाल रोलिन्स डब्ल्युडब्ल्युई 'र'मा कार्यरत छन्। लोपेजले डब्ल्युडब्ल्युईमा आउनुभन्दा अगाडी टाइलर ब्लकको नामले कुस्ती खेल्ने गरेका थिए। उनले रिङ अफ अनरमा आफ्नो कार्यकाल आधिकारिक रूपमा सुरु गरेका थिए जहाँ उनी आरअोएच विश्व विजेता एक पटक र आरअोएच विश्व ट्याग टिम विजेता जिम्मी ज्याकफसँग दुई पटक बनेका थिए त्यसै गरि उनी सन् २००९ सरभाइबल अफ द फिटेस्टका पनि विजेता बनेका थिए। उनले आरअोएच रेस्लिङ लगायत फुल इम्प्याक्ट प्रोमा पनि कुस्ती खेलेका छन् जहाँ उनी एक पटक एफआइपी विश्व ह्याभिवेट विजेता बनेका थिए। लोपेजले प्रो रेस्लिङ गोरिल्लामा पनि कुस्ती खेलेका थिए जहाँ उनी एक पटक जिम्मी ज्याकफसँग पिडब्ल्युजी विश्व ट्याग टिम विजेता बनेका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १००१, अक्षर: ५०६.५, स्पेस: १६२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१९ जनवरी ०१, १०:४९:१४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित—२६ जनवरी २०१९ ०८:२२ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२२, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:३७, १६ जनवरी २०१९ (युटिसी(UTC))
  •  असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:४९, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले  असमर्थन - Nirjal stha (कुरा गर्ने) १६:३५, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))