गोल नेपाल डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोल नेपाल डटकम
गोल नेपाल डटकमको गृहपृष्ठ
साइटको प्रकार
फुटबल श्रव्य दृश्य र समाचर समष्टि
उपलब्ध भाषाअङ्ग्रेजी, नेपाली
संस्थापितसन् २००९[१][२]
मुख्यालयहरू
काठमाडौँ, नेपाल
सेवा क्षेत्रविश्वव्यापी
मालिकस्वतन्त्र
सर्जकविक्रम थापा[३]
संस्थापक (हरू)विक्रम थापा
युआरएलगोलनेपाल.कम
अलेक्सा क्रमNegative increase २,८३,०४३ [४]
व्यवसायिकहो
दर्ता६४.२५१.१०.२३५

गोल नेपाल डटकम नेपालको सबैभन्दा ठूलो स्वतन्त्र फुटबल वेबसाइट हो।[५] यसले नेपालका विभिन्न पत्रकारहरूसँग सहकार्य गर्दछ। यो नेपालीअङ्ग्रेजी गरी दुईवटा भाषामा उपलब्ध छ। गोल नेपालले पाठकहरूलाई समाचार, प्रत्यक्ष गोलन्तर, खेल पूर्वावलोकन, र सम्पादकीय प्रदान गर्दछ। गोल नेपाल धेरै मञ्चहरूमा उपलब्ध छ।[६][७] यसबाहेक, यसले सामाजिक जागरूकतामा सक्रिय भूमिका खेलेको छ।[८][९][१०][११]

गोल नेपाल भन्दा अघि यो, स्कोरेज नेपाल डटकम डट एनपीको रूपमा स्थापीत गरिएको थियो। र सन् २०१३ मा वेबसाइट विभिन्न डिडिओएस आक्रमण भएपछि यो लोकप्रिय हुँदाहुँदै पनि यस वेबसाइटलाई बन्द गरिएको थियो।[१२] डिसेम्बर २०१८ को तथ्याङ्कअनुसार, गोल नेपाल डटकमको सिमिलर वेबको विश्वव्यापी वरियता १,०७,६२१ रहेको थियो भने नेपालमा १,४७१ रहेको थियो र वेबसाइटमा उछाल दर ३३.५४% रहेको थियो।[१३]

इतिहास[सम्पादन गर्नुहोस्]

विशेषता[सम्पादन गर्नुहोस्]

खेलको प्रत्यक्ष प्रसारण[सम्पादन गर्नुहोस्]

गोल नेपाल डटकमले शीर्ष घरेलू नेपाली लिग जस्तै जस्तै शहिद स्मारक ए-डिभिजन लिग, र एनसेल कपका लागि प्रत्यक्ष टिप्पणी, प्रतिवेदन, प्रतिक्रिया र खेलाडी मूल्याङ्कन प्रदान गर्दछ। साथ यसले एएफसी प्रेसिडेन्ट कप जस्ता साना विदेशी प्रतियोगिता र धेरै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि यसले प्रत्यक्ष टिप्पणी, प्रतिवेदन, प्रतिक्रिया र खेलाडी मूल्याङ्कन प्रदान गर्दछ।[१४]

गोल नेपाल डटकम नेपालीमा[सम्पादन गर्नुहोस्]

सन् २०१० मा गोपाल नेपाल, नेपाली भाषामा शुरु गरिएको थियो, जसले विशेष गरी नेपाली भाषामा फुटबल समाचारहरू प्रदान गर्दथ्यो। यद्यपि, अज्ञात कारणहरूले गर्दा उक्त सेवा बन्द भएको थियो। यो सेवा सन् २०१२ सुचारू भएको थिएन्। त्यसपछि वेबसाइट कार्यकारी बिक्रम थापा गोपाल नेपाल डटकमको नेपाली संस्करणलाई उपलब्ध बनाएका थिए।[१५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "गोल नेपाल डटकमको उत्कृष्ट प्रदर्शनी", गोल नेपाल डटकम, अन्तिम पहुँच २१ जून २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  2. "गोल नेपाल डटकम", रङ्गशाला, अन्तिम पहुँच २० जुलाई २०१४ 
  3. "गोल नेपाल डटकमको उत्कृष्ट सेवा क्षेत्र", रङ्गशाला, अन्तिम पहुँच २० जुलाई २०१६ 
  4. "गोल नेपाल डटकम वेबसाइट जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-३१ मिति
  5. "निर्धारित उद्यमीहरू खेलकुद बढाउँदै छन्", रङ्गशाला, अन्तिम पहुँच २० जुलाई २०१४ 
  6. "गोल नेपाल डटकमको अनुसार नेपाली फुटबल समर्थकहरूका लागि एसएमएस सेवाको शुरुवात गरिएको छ", इस्प्यारो एसएमएस, अन्तिम पहुँच २१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२९ मिति
  7. "पहिलो नेपाली फुटबल वेबसाइट आधिकारिक अनुप्रयोग; अब गोल हुन्छ हात-हातमा!", टेक्सस नेपाल, अन्तिम पहुँच २१ जुलाई २०१४ 
  8. "गोल नेपाल डटकमको विभिन्न सेवा र सहयोग", टेक्सस नेपाल, अन्तिम पहुँच २० जुलाई २०२४ 
  9. "नेपाली फुटबलको लागि कोष", टेक्सस नेपाल, अन्तिम पहुँच २१ जुलाई २०१४ 
  10. "विक्रम थापाले ग्यालजेन पुरस्कारको प्रायोजन गरेका छन्", माइ रिपब्लिका, अन्तिम पहुँच २१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-२० मिति
  11. "विमल लिम्बू अस्पतालबाट निस्किएका छन्; चिकित्सकहरूले उनलाई फुटबल खेल्न रोकेका छन्", गोल नेपाल डटकम, अन्तिम पहुँच २३ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  12. "स्कोरेज नेपाल डटकम डट एनपी - वेबसाइटलाई स्थाई रूपमा बन्द गरिएको छ वा वेबसाइटका मालिकले यसको डोमेनलाई स्थाई रूपमै मेटाइदिएका छन्", माइ आइपी डट एमएस, अन्तिम पहुँच १३ जुन २११४ 
  13. "गोल नेपाल डटकम - वेबसाइटको बारेमा अधिक जानकारी", सिमिलर वेब, अन्तिम पहुँच डिसेम्बर २०१८ 
  14. "वेबसाइटको वारेमा अधिक जानकारी", गोल नेपाल डटकम, अन्तिम पहुँच १३ जून २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  15. "गोल नेपाल डटकम पुन नेपाली भाषामा उपलब्ध भएको छ", गोल नेपाल डटकम, अन्तिम पहुँच १३ जून २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]