शाजाहानपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाजाहानपुर
শাজাহানপুর
शाजाहानपुर is located in बङ्गलादेश
शाजाहानपुर
शाजाहानपुर
बङ्गलादेशको नक्शामा शाजाहानपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°४६′उ॰ ८९°२४′पू॰ / २४.७६७°N ८९.४००°E / 24.767; 89.400निर्देशाङ्कहरू: २४°४६′उ॰ ८९°२४′पू॰ / २४.७६७°N ८९.४००°E / 24.767; 89.400
देश बङ्गलादेश
विभागराजशाही विभाग[१]
जिल्लाबगुडा जिल्ला[२]
क्षेत्रफल
 • जम्मा२२१.६९ किमी (८५.५९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[३])
 • जम्मा२८९,८०४
 • घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटshajahanpur.bogra.gov.bd

शाजाहानपुर (बङ्गाली: শাজাহানপুর উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको उपजिल्लाहरू मध्ये सबैभन्दा नयाँ उपजिल्ला हो जुन सन् २००३ मा स्थापना भएको थियो।[४]

भूगोल[सम्पादन गर्नुहोस्]

शाजाहानपुर उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४१' देखि २५°५०' उत्तर अक्षांश र ८९°१६' देखि ८९°२९' पूर्वी देशान्तरणमा अवस्थित छ। शाजाहानपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २१५.६४ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई बगुडा सदर उपजिल्लाले उत्तर, शेरपुरधुनट उपजिल्लाले दक्षिण, गाबतलीधुनट उपजिल्लाले पूर्व र काहालुनन्दिग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ। भदाई र बाङ्गली नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने १ अप्रिल १९७१ मा दिन यस उपजिल्लामा बङ्गलादेशीक‍ मुक्तिका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीचको प्रत्यक्ष गोली हानाहानमा दुवै पक्षबाट लडाकुहरू मारिएका थिए। एक प्रत्यक्ष गोली हानाहानमा पाकिस्तानी सेनाले आत्मासर्पण गरेपछि बङ्गलादेशी लडाकुले हातहतियार कब्जा गरेका थिए। २३ अप्रिलका दिन पाकिस्तानी सेना बगुडा सहरमा प्रवेश गरी थुप्रै सर्वसाधारणको सामूहिक हत्या गरेका थिए भने कयौं घरटहराहरूमा आगजनी समेत गरेका थिए। ११ नोभेम्बरका दिन पाकिस्तानी सेनाले २१ स्थानीय मानिसहरूको अपहरण गरेका थिए भने पछि ११ जनालाई बिबिर पुकुर भन्ने स्थानमा सामूहिक हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २३४३६५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२०५१० छ भने महिलाको जनसङ्ख्या ११३८५५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२४३७३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ९९१५ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३४, इसाई धर्मवलम्बीको जनसङ्ख्या १९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २४ रहेको छ। यस उपजिल्लामा ३७१ मस्जिद, ४५ मन्दिर, १ चिहान रहेका छन्। गोहली जामे मस्जिद, जामे मस्जिद, बौद्ध मठ आदि यस उपजिल्लाका प्रख्यात धार्मिक स्थलहरू हुन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा ५७.३५% कृषि योग्य जमिन छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा, लिची, अम्बा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले जुट, छालाका सामग्री, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, सखरखण्ड, तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३ प्रजनन केन्द्र, ६५ कुखुरा पालन केन्द्र, ६२ दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५५.४८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५२% मजदुरी, व्यापार र उद्योगमा १.३७%, वाणिज्यमा १३.०१%, सञ्चार र यातायातमा २.५०%, निर्माण क्षेत्रमा २.५०%, सुविधा १०.९८%, धार्मिक सेवा ०.१७% र अन्य ७.०९% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय शाजाहानपुर उपजिल्लाको स्थापना २१ जनवरी २००३ मा भएको थियो।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४८.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.९३% छ भने महिलाको साक्षरता दर ४५.१०% रहेको छ। यस उपजिल्लामा १ बिएड क्याम्पस, १ कृषिको क्याम्पस, ३ प्राविधिक शिक्षण संस्था, ५ क्याम्पस, ३१ माध्यमिक विद्यालय, १२१ प्राथमिक विद्यालय र ६२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सैनिक सामुदायिक विद्यालय तथा क्याम्पस (सन् १९७९), सैनपक सिमाना उच्च विद्यालय तथा क्याम्पस (सन् १९८६), रानिरहाट प्राबिधिक क्याम्पस (सन् २०००), खोटा पाडा सदिक फजिल मदरसा (सन् १९०५), दोमनपुर अमिया फजिल मदरसा (सन् १९०८), जोर नुरल उलिम मदरसा (सन् १९१०), बाहीग्राम एडियु फजिल मदरसा (सन् १९२१) आदि। [५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बगुडा जिल्ला: जानकारी" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०१४ मिति
  2. "सन् २०११ को राष्ट्रिय जनगणना" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে শাহজাহানপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  4. जुसिमुद्दिन, एकेएम (सन् २०१२), "शाजाहानपुर उपजिल्ला", in इसलाम, सिराजुल; जामाल, अहमद, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  5. "शिक्षण संस्थाको सूची", राष्ट्रिय शिक्षा विभाग, अन्तिम पहुँच जुलाई १५, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]