बाडाइग्राम उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाडाइग्राम
বড়াইগ্রাম
बाडाइग्राम is located in बङ्गलादेश
बाडाइग्राम
बाडाइग्राम
बाङ्लादेशको नक्शामा बाडाइग्राम उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१८.५′उ॰ ८९°१०.२′पू॰ / २४.३०८३°N ८९.१७००°E / 24.3083; 89.1700निर्देशाङ्कहरू: २४°१८.५′उ॰ ८९°१०.२′पू॰ / २४.३०८३°N ८९.१७००°E / 24.3083; 89.1700
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानाटोर जिल्ला
क्षेत्रफल
 • जम्मा२९९.६१ किमी (११५.६८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा२३०,४८०
 • घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबाडाइग्राम उपजिल्लाको आधिकारिक नक्शा

बाडाइग्राम (बङ्गाली: বড়াইগ্রাম) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

बाडाइग्राम बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१०' देखि २४°२१' उत्तर अक्षांश र ८९°१७' देखि ८८°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। बाडाइग्राम उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९९.६१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई गुरुदासपुरनाटोर सदर उपजिल्लाले उत्तर, आटघरियाईश्वरदी उपजिल्लाले दक्षिण, चाटमोहर उपजिल्लाले पूर्व, लालपुरबागतीपाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। बडाल, नन्दकुजा, खालसादाङ्गा र मारा बडाल नदि उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ३ मार्च १९७१ का दिन पाकिस्तानी सेनाले बानपाडा आप्रवासी किल्लामा आक्रमण गरी ८५ जना सर्वसाधारण मानिसहरूको सामूहिक हत्या गरेका थिए।[३]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २४४८२१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२५३९९ छ भने महिलाको जनसङ्ख्या ११९४२२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२८२०५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०२९६ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ६२९०, इसाई धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १७ रहेको छ।[४] यस उपजिल्लामा पहाडी, मुण्डा, उराँव, महतो आदि जनजातिका मानिस बसोबास गर्छन्।[५]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, उखु, गहुँ, तोरी आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, केरा, मेवा तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुपै मात्रामा माछापालन केन्द्र दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।


यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८३.७०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.०२% मजदुरी, उद्योग ०.८६%, वाणिज्यमा ९.३१%, सञ्चार र यातायातमा ३.५८%, निर्माण क्षेत्रमा ०.७२%, सुविधा ४.४०%, धार्मिक सेवा ०.१३%, वैदेशिक रोजगारी ०.३२% र अन्य ४.०९% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय बाडाइग्राम थानाको स्थापना सन् १८६९ भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल बडाइग्राम उपजिल्लामा ७ सङ्घ परिषद्, १५२ मौजा/महल्ला र १७९ गाउँहरू रहेका छन्।[६]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४१.६१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.७४% छ भने महिलाको साक्षरता दर ३८.३५% रहेको छ। यस उपजिल्लामा १८ क्याम्पस, ४५ माध्यमिक विद्यालय, ५ शिक्षण विद्यालय तथा क्याम्पस, ८१ प्राथमिक विद्यालय र ४३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बाडाइग्राम डिग्री क्याम्पस (सन् १९७०), बनपाडा डिग्री क्याम्पस (सन् १९८५), राजापुर डिग्री क्याम्पस (सन् १९९५), मुखरापुर मोहिला डिग्री क्याम्पस (सन् १९९६), बानपाडा कृषि तथा प्राविधिक शिक्षण संस्था (सन् २०००), बाडाइग्राम पाइलट उच्च विद्यालय (सन् १९५४), राजापुर उच्च विद्यालय (सन् १९५४), सेण्ट लुइस उच्च विद्यालय (सन् १९५९), सेण्ट जोसेफ उच्च विद्यालय (सन् १९६३), अहमदपुर एमएच उच्च विद्यालय (सन् १९८५), दशग्राम शदिक्षा अलिया मदरसा (सन् १९४५),धनिदह फजिल मदरसा (सन् १९५७), आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে বড়াইগ্রাম", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "बाडाइग्राम उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "बाडाइग्राम जिल्ला"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-१० मिति
  4. [१][dead link]
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]