लिपुलेक भञ्ज्याङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिपुलेक भञ्ज्याङ
लिपुलेक भञ्ज्याङ is located in उत्तराखण्ड
लिपुलेक भञ्ज्याङ
लिपुलेक भञ्ज्याङ is located in तिब्बत
लिपुलेक भञ्ज्याङ
उन्नतांश५,२०० मी (१७,०६० फिट)
स्थाननेपाल-भारत-चीन सीमा
शृङ्खलाहिमालय
निर्देशाङ्कहरू३०°१४′०३″N ८१°०१′४४″E / ३०.२३४०८०°N ८१.०२८८०५°E / 30.234080; 81.028805निर्देशाङ्कहरू: ३०°१४′०३″N ८१°०१′४४″E / ३०.२३४०८०°N ८१.०२८८०५°E / 30.234080; 81.028805

लिपुलेक (उचाइ ५,२०० मिटर (१७,१०० फिट)) नेपाल र तिब्बत, चीनको सिमानामा रहेको भञ्ज्याङ हो।[१] यो नेपालको भूमि भए तापनि यसको नियन्त्रण भारतले गरिरहेको छ ।[२][३] प्राचीन समयदेखि व्यापारी र भक्तजनहरू तिब्बत यात्राको लागि यो बाटो हुँदै यात्रा गर्छन् । मानसरोवर जाने भक्तजनले यो मार्ग प्रयोग गर्छन् । नेपालको सहमतिबेगर सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला यस भञ्ज्याङलाई व्यापार वृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी भएको थियो ।[४]

विवाद[सम्पादन गर्नुहोस्]

लिपुलेक नेपालको भूभाग हो । कीर्तिनिधि विष्ट नेपालका प्रधानमन्त्री छँदा नेपालको उत्तरी सीमाहरूमा रहेका भारतीय सुरक्षा फौजका पोस्ट हटाइदिएका थिए । तिनैमध्येको एक टुकडीलाई भारतले लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणमा रहेको तिल्सी उपत्यकामा राखेको छ । त्यही ठाउँमा उत्पत्ति हुने एउटा सानो खोलालाई महाकालीको मुहान, त्यहीँ बनाएको एउटा मन्दिरलाई काली माताको मन्दिर र त्यस क्षेत्रलाई कालीमाताको नाम दिएर भारतीय पक्षले नेपालको सीमा त्यहीँसम्म हो भनेर देखाइरहेको छ । यसलाई नेपाली पक्षले आफ्नो भूमिमाथिको अतिक्रमण भनेको छ ।[५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]