सामग्रीमा जानुहोस्

मिरपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिरपुर
মিরপুর (কুষ্টিয়া)
उपजिल्ला
मिरपुर is located in बङ्गलादेश
मिरपुर
मिरपुर
बाङ्लादेशको नक्शामा मिरपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°५६′उ॰ ८९°०′पू॰ / २३.९३३°N ८९.०००°E / 23.933; 89.000निर्देशाङ्कहरू: २३°५६′उ॰ ८९°०′पू॰ / २३.९३३°N ८९.०००°E / 23.933; 89.000
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाकुष्टिया जिल्ला
क्षेत्रफल
 • जम्मा३१७.३५ किमी (१२२.५३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २००१[])
 • जम्मा३३०,११५
 • घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटमिरपुर उपजिल्लाको आधिकारिक नक्शा

मिरपुर (बङ्गाली: মিরপুর (কুষ্টিয়া)) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[]

मिरपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४५' देखि २४°००' उत्तर अक्षांश र ८८°५०' देखि ८९°०६' पूर्वी देशान्तरणमा अवस्थित छ। मिरपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१७.३५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भेडामाराईश्वरदी उपजिल्लाले उत्तर, आलमडाङ्गाकुष्टिया सदर उपजिल्लाले दक्षिण, कुष्टिया सदर उपजिल्लाले पूर्व, दौलतपुर, गाङ्नीआलमडाङ्गा उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, कुमार, गडाई नदी, सागरखाली आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८८७५३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९५७५७ छ भने महिलाको जनसङ्ख्या ९२९९६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६६८५८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २१८०८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६, इसाई धर्मवलम्बीको जनसङ्ख्या ८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६३ रहेको छ।[] यस उपजिल्लामा कोल र बुनो जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा २८० मस्जिद, १८ मन्दिर र १ चिहान रहेको छ। आल मोशारबफ जामे मस्जिद, बहुबाडीया पुरातन जामे मस्जिद, खादिमपुर बाजार मस्जिद, पोडादहेर बाबुपाडा सिङ्हबाबुदेर मन्दिर, सदारपुर मन्दिर, मिरपुर पौर मन्दिर, आबदुल रहमानको चिहान आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.०४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२१% ले पोखरी, ०.४८% ले टुटी र ५.२७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २९.४७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, १० परिवार नियोजन केन्द्र र १ सामुदायिक स्वस्थ्य संस्था रहेको छ। सन् १८२३, १८३७, १८६४, १८६७, १९७१, १८८७, १९००, १९३०, १९३८, १९४८, १९५४, १९६१ र र सन् १९७१ मा आएको बाढी र आँधीले यस उपजिल्लाका थुप्रै मानिसहरूक‍ मृत्यु भएको थियो भने यसले प्राकृतिक प्रकोपले घर, भवन तथा बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।[]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, तोरी, उखु, खैनी, पानको पात, प्याज, लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, मेवा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, जुट, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३५ माछापालन केन्द्र, ५ कुखुरापालन केन्द्र, ९ दुग्ध सङ्कलन केन्द्र तथा ४ चल्ला उत्पादन केन्द्रहरू रहेको छ।


यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६६.५४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.९०%, वाणिज्यमा १३.२३%, सञ्चार र यातायातमा ३.३५%, उद्योगमा १.०८% निर्माण क्षेत्रमा ३.५५%, सुविधामा ४.७५%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.३६% र अन्यमा ६.३३% रहेका छन्।

प्रशासकीय मिरपुर थानाको स्थापना सन् १८८४ मा भएको थियो भने सन् १९८३ अगष्ट १ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १२ सङ्घ परिषद्, १२२ मौजा/महल्ला र १८७ गाउँहरू रहेका छन्।[]

यस जिल्लाको कुल साक्षरता दर ३७.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.२% छ भने महिलाको साक्षरता दर ३४.९%रहेको छ। यस उपजिल्लामा १२ क्याम्पस, ३३ माध्यमिक विद्यालय, १२४ प्राथमिक विद्यालय र ९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मिरपुर माहमुदा चौधरी डिग्री क्याम्पस (सन् १९८६), मिरपुर डिग्री क्याम्पस (सन् १९९९), आमलासदरपुर माध्यमिक विद्यालय (सन् १८९९), मिरपुर पाइलट उच्च विद्यालय (सन् १९१३), पोडादह उच्च विद्यालय (सन् १९२७), मिरपुर सरकारी कन्या पाइलट उच्च विद्यालय (सन् १९८३) आदि।


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার (২৭ জানুয়ারী, ২০১৫), "এক নজরে মিরপুর", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, মন্ত্রিপরিষদ বিভাগ, এটুআই, বিসিসি ও বেসিস। [स्थायी मृत कडी]
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "मिरपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "Bangladesh Population and Housing Census 2011: Zila Report – Kushtia", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]