स्विगी
व्यवसायको प्रकार | निजी |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी |
संस्थापित | २०१४ |
मुख्यालयहरू | बेङ्गलोर, भारत |
सेवा क्षेत्र | भारतका ३००+ सहरहरू |
उद्योग | अनलाइन खाना आपूर्ति |
उत्पादहरू | उपभोक्त सेवा |
सेवाहरू | रेष्टुरेन्ट खोज, अनलाइन माग, ठाउँ आरक्ष |
कर्मचारीहरू | २,१८,००० |
युआरएल | www |
अलेक्सा क्रम | १,६७० |
विज्ञापन | Yes |
दर्ता | वैकल्पिक |
वर्तमान स्थिति | चालू |
Native client(s) on | एन्ड्रोइड, आइओएस, वेबसाइट |
स्विगी भारतको सबैभन्दा ठूलो मूल्यवान अनलाइन मार्फत खाना मगाउँने तथा आपूर्ति गर्ने एक वितरण मञ्च हो।[१] सन् २०१४ मा स्थापित, स्विगी भारतको बेङ्गलोरमा आधारित छ र मार्च २०१९ सम्ममा यसले १०० भन्दा भारतीय सहरहरू सेवा सञ्चालन गर्दछ।[२][२][३][४][५][६] सन् २०१९ को सुरूमा, ब्राण्डको नाम स्विगी स्टोर्स अन्तर्गत यसले सामान्य उत्पादन वितरणमा विस्तार भएको थियो। [७]
सेप्टेम्बर २०१९ मा, स्विगीले तत्काल सामान आपूर्ति र वितरण गर्नका लागि स्विगी गोको सुरू गरेको थियो। [७]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २०१३ मा दुई संस्थापकहरू, श्रीहर्ष्या मजेटि र नन्दन रेड्डीले भारत भित्र कुरियर सेवा र सामान ओसारपसार सेवा सुविधाका लागि "बुण्डल" नामक ई-वाणिज्य वेबसाइटको सृजना गरेका थिए।[८] बण्डललाई चाँडैनै बन्द गरिएको थियो, र कम्पनी खाद्य वितरण बजारमा पुनर्स्थापित भएको थियो।[८][९] ओला क्याब्सद्वारा अधिग्रहण गरिएको फुडपाण्डा, जोमाटोद्वारा अधिग्रहण गरिएको टाइनी उल र पछि बन्द भएको ओला क्याफे जस्ता कम्पनीहरूले सङ्घर्ष गरिरहेकाले त्यस समयमा खाद्यान्न वितरण क्षेत्रमा उथलपुथल भइरहेको थियो।[९] मिन्ट्रासँग सम्बन्धित राहुल जैमिनीसँग, माजेटी र रेड्डीले सम्पर्क गरेका थिए र उनीहरूले सन् २०१४ मा स्विगी र यसको अभिभावक नियन्त्रक कम्पनी बण्डल प्रविधिको स्थापना गरेका थिए। [९] कम्पनीले समर्पित आपूर्ति सञ्जालको निर्माण गरेको थियो जून चाँडैलै तिब्र रूपमा वृद्धि भएको थियो।[९]
लगानी तथा अधिग्रहणहरू
[सम्पादन गर्नुहोस्]सन् २०१५ सम्ममा कम्पनीले बाह्य लगानीलाई आकर्षित गर्न थालेको थियो। पहिलो पटक यसमा एसेल र सेफको २० लाख अमेरिकी डलरको लगानी रहेको थियो साथै नर्वेष्ट भेञ्चर पार्टनरहरूको पनि यसमा अतिरिक्त लगानी रहेको थियो।[९] अर्को वर्ष, स्विगीले नयाँ र अवस्थित लगानीकर्ताहरूबाट १ करोड ५० लाख अमेरिकी मिलियन डलर उठाएको थियो जसमा बेसेमर कोष र सद्भाव साझेदारहरू पनि समावेश थिए। [९] सन् २०१७ मा, नास्पर्सले स्विगीमा ८ करोड अमेरिकी डलर कोषको नेतृत्व गरेको थियो। स्विगीले सन् २१८ मा चीनमा आधारित मिथ्वान र नास्पर्सबाट १० करोड अमेरिकी डलर प्राप्त गरेको थियो[९] र पछि उक्त लगानीका कारण कम्पनीको मूल्याङ्कन १ अर्ब अमेरिकी डलरमा पुर्याएको थियो।[९]
स्विगीले बेङ्गलोरमा आधारित एसियाली खाना कम्पनी फोर्टि एट इष्टको अधिग्रहण गरेको थियो[१०][११] पछि स्विगीले मुम्बईमा आधारित एक सङ्घर्षी खाना आपूर्तिकर्ता कम्पनी स्विट्सीको अधिग्रहण गरेको थियो।[१२] सन् २०१९ मा, कम्पनीले मुम्बईमा स्थित खाना ब्राण्ड फिङ्गरलिक्समा ३१ करोड भारूको लगानी गरेको थियो।[१३]
साझेदारीहरू
[सम्पादन गर्नुहोस्]स्विगी आपूर्ति सेवाहरू प्रदान गर्नका लागि बर्गर किङसँग साझेदारी गरेको थियो।[१४] यसले ग्राहकको समीक्षालाई सहज पार्न गुगल स्थानीय सहयोगीसँग साझेदारी गरेको थियो[१५] र यसले ग्राहकहरूलाई खाना कार्ड मार्फत भुक्तान गर्न सक्षम पार्न सोडेक्सोको जारी गरेको थियो।[१६] स्विगी साझेदार रेष्टुरेण्ट लागि वित्तिय कार्यक्रमलाई सजिलो पार्न इण्डिफाई प्रविधिको साथ सेवा सञ्चालन गरेको छ।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ निशान्त शर्मा (२३ डिसेम्बर २०१८), "Online Food Delivery: Swiggy Vs Zomato: Who Has A Better Chance To Win India's Hunger Games?", ब्लुमबर्ग, अन्तिम पहुँच अगस्ट १३, २०१९।
- ↑ २.० २.१ दिप्ती चौधरी (१५ मार्च २०१९), "Can Swiggy take more orders?", फर्च्युन, अन्तिम पहुँच अगस्ट १३, २०१९।
- ↑ "Swiggy gets battle ready; raises $210 mn from Naspers, DST Global", बिजनेस स्ट्यान्डर्ड, २२ जुन २०१८, अन्तिम पहुँच अगस्ट १३, २०१९।
- ↑ माधव चञ्चानी (१७ मार्च २०१९), "Online food delivery wars are moving from India to Bharat", द टाइम्स खफ इण्डिया, अन्तिम पहुँच अगस्ट १३, २०१९।
- ↑ जोन रूसेल (फेब्रुअरी २०१९), "India’s Swiggy goes beyond food to offer product delivery from local stores", टेक क्रञ्च, अन्तिम पहुँच अगस्ट १३, २०१९।
- ↑ अभिनव सिंह (२७ अप्रिल २०१९), "How food aggregator apps like Swiggy, Zomato are trying innovative business methods", द विक, अन्तिम पहुँच अगस्ट १३, २०१९।
- ↑ ७.० ७.१ https://www.livemint.com/companies/news/swiggy-launches-instant-pick-up-and-drop-service-swiggy-go-1567582575602.html
- ↑ ८.० ८.१ "How Swiggy Became India’s Fastest Unicorn", लाइभ मिन्ट, २७ जुन २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१९।
- ↑ ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ ९.६ ९.७ "Swiggy Timeline: From a Bootstrapped Venture to India's Fastest Growing Unicorn (Infographic)", इन्टरपिनेटर, २३ डिसेम्बर २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१९।
- ↑ "Swiggy acquihires 48East team, adds to senior leadership", १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमि टाइम्सद्वारा।
- ↑ "Swiggy Acqui-hires Gourmet Asian Food Startup 48East", १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९।
- ↑ "Swiggy acquires on-demand delivery firm Scootsy for Rs 50 crore - ETtech", इटिटेक, अन्तिम पहुँच ३१ अगस्ट २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१९ मिति
- ↑ "Swiggy takes a bite of Fingerlix, invests Rs 31 crore in food brand - ETtech", इटिटेक डटकम, अन्तिम पहुँच ३१ अगस्ट २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१९ मिति
- ↑ "Online ordering app Swiggy ties up with Burger King", २० नोभेम्बर २०१५, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमिक टाइम्सद्वारा।
- ↑ "Swiggy, Google Local Guides Offer Recommendations, Benefits, and More", एनडिटिभी ग्याजेट्स ३६०, अन्तिम पहुँच ३१ अगस्ट २०१९।
- ↑ "Swiggy customers can now pay through Sodexo meal cards", १८ डिसेम्बर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमिक टाइम्सद्वारा।
- ↑ "Swiggy partners with Indifi Tech to launch financing program for restaurant partners", १२ अक्टोबर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमिक टाइम्सद्वारा।