स्विगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्विगी
व्यवसायको प्रकारनिजी
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापित२०१४; १० वर्ष अघि (२०१४)
मुख्यालयहरूबेङ्गलोर, भारत
सेवा क्षेत्रभारतका ३००+ सहरहरू
उद्योगअनलाइन खाना आपूर्ति
उत्पादहरूउपभोक्त सेवा
सेवाहरूरेष्टुरेन्ट खोज, अनलाइन माग, ठाउँ आरक्ष
कर्मचारीहरू२,१८,०००
युआरएलwww.swiggy.com
अलेक्सा क्रमवृद्धि१,६७०
विज्ञापनYes
दर्तावैकल्पिक
वर्तमान स्थितिचालू
Native client(s) onएन्ड्रोइड, आइओएस, वेबसाइट

स्विगी भारतको सबैभन्दा ठूलो मूल्यवान अनलाइन मार्फत खाना मगाउँने तथा आपूर्ति गर्ने एक वितरण मञ्च हो।[१] सन् २०१४ मा स्थापित, स्विगी भारतको बेङ्गलोरमा आधारित छ र मार्च २०१९ सम्ममा यसले १०० भन्दा भारतीय सहरहरू सेवा सञ्चालन गर्दछ।[२][२][३][४][५][६] सन् २०१९ को सुरूमा, ब्राण्डको नाम स्विगी स्टोर्स अन्तर्गत यसले सामान्य उत्पादन वितरणमा विस्तार भएको थियो। [७]

सेप्टेम्बर २०१९ मा, स्विगीले तत्काल सामान आपूर्ति र वितरण गर्नका लागि स्विगी गोको सुरू गरेको थियो। [७]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा दुई संस्थापकहरू, श्रीहर्ष्या मजेटि र नन्दन रेड्डीले भारत भित्र कुरियर सेवा र सामान ओसारपसार सेवा सुविधाका लागि "बुण्डल" नामक ई-वाणिज्य वेबसाइटको सृजना गरेका थिए।[८] बण्डललाई चाँडैनै बन्द गरिएको थियो, र कम्पनी खाद्य वितरण बजारमा पुनर्स्थापित भएको थियो।[८][९] ओला क्याब्सद्वारा अधिग्रहण गरिएको फुडपाण्डा, जोमाटोद्वारा अधिग्रहण गरिएको टाइनी उल र पछि बन्द भएको ओला क्याफे जस्ता कम्पनीहरूले सङ्घर्ष गरिरहेकाले त्यस समयमा खाद्यान्न वितरण क्षेत्रमा उथलपुथल भइरहेको थियो।[९] मिन्ट्रासँग सम्बन्धित राहुल जैमिनीसँग, माजेटी र रेड्डीले सम्पर्क गरेका थिए र उनीहरूले सन् २०१४ मा स्विगी र यसको अभिभावक नियन्त्रक कम्पनी बण्डल प्रविधिको स्थापना गरेका थिए। [९] कम्पनीले समर्पित आपूर्ति सञ्जालको निर्माण गरेको थियो जून चाँडैलै तिब्र रूपमा वृद्धि भएको थियो।[९]

लगानी तथा अधिग्रहणहरू[सम्पादन गर्नुहोस्]

सन् २०१५ सम्ममा कम्पनीले बाह्य लगानीलाई आकर्षित गर्न थालेको थियो। पहिलो पटक यसमा एसेल र सेफको २० लाख अमेरिकी डलरको लगानी रहेको थियो साथै नर्वेष्ट भेञ्चर पार्टनरहरूको पनि यसमा अतिरिक्त लगानी रहेको थियो।[९] अर्को वर्ष, स्विगीले नयाँ र अवस्थित लगानीकर्ताहरूबाट १ करोड ५० लाख अमेरिकी मिलियन डलर उठाएको थियो जसमा बेसेमर कोष र सद्भाव साझेदारहरू पनि समावेश थिए। [९] सन् २०१७ मा, नास्पर्सले स्विगीमा ८ करोड अमेरिकी डलर कोषको नेतृत्व गरेको थियो। स्विगीले सन् २१८ मा चीनमा आधारित मिथ्वान र नास्पर्सबाट १० करोड अमेरिकी डलर प्राप्त गरेको थियो[९] र पछि उक्त लगानीका कारण कम्पनीको मूल्याङ्कन १ अर्ब अमेरिकी डलरमा पुर्‍याएको थियो।[९]

स्विगीले बेङ्गलोरमा आधारित एसियाली खाना कम्पनी फोर्टि एट इष्टको अधिग्रहण गरेको थियो[१०][११] पछि स्विगीले मुम्बईमा आधारित एक सङ्घर्षी खाना आपूर्तिकर्ता कम्पनी स्विट्सीको अधिग्रहण गरेको थियो।[१२] सन् २०१९ मा, कम्पनीले मुम्बईमा स्थित खाना ब्राण्ड फिङ्गरलिक्समा ३१ करोड भारूको लगानी गरेको थियो।[१३]

साझेदारीहरू[सम्पादन गर्नुहोस्]

स्विगी आपूर्ति सेवाहरू प्रदान गर्नका लागि बर्गर किङसँग साझेदारी गरेको थियो।[१४] यसले ग्राहकको समीक्षालाई सहज पार्न गुगल स्थानीय सहयोगीसँग साझेदारी गरेको थियो[१५] र यसले ग्राहकहरूलाई खाना कार्ड मार्फत भुक्तान गर्न सक्षम पार्न सोडेक्सोको जारी गरेको थियो।[१६] स्विगी साझेदार रेष्टुरेण्ट लागि वित्तिय कार्यक्रमलाई सजिलो पार्न इण्डिफाई प्रविधिको साथ सेवा सञ्चालन गरेको छ।[१७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. निशान्त शर्मा (२३ डिसेम्बर २०१८), "Online Food Delivery: Swiggy Vs Zomato: Who Has A Better Chance To Win India's Hunger Games?", ब्लुमबर्ग, अन्तिम पहुँच अगस्ट १३, २०१९ 
  2. २.० २.१ दिप्ती चौधरी (१५ मार्च २०१९), "Can Swiggy take more orders?", फर्च्युन, अन्तिम पहुँच अगस्ट १३, २०१९ 
  3. "Swiggy gets battle ready; raises $210 mn from Naspers, DST Global", बिजनेस स्ट्यान्डर्ड, २२ जुन २०१८, अन्तिम पहुँच अगस्ट १३, २०१९ 
  4. माधव चञ्चानी (१७ मार्च २०१९), "Online food delivery wars are moving from India to Bharat", द टाइम्स खफ इण्डिया, अन्तिम पहुँच अगस्ट १३, २०१९ 
  5. जोन रूसेल (फेब्रुअरी २०१९), "India’s Swiggy goes beyond food to offer product delivery from local stores", टेक क्रञ्च, अन्तिम पहुँच अगस्ट १३, २०१९ 
  6. अभिनव सिंह (२७ अप्रिल २०१९), "How food aggregator apps like Swiggy, Zomato are trying innovative business methods", द विक, अन्तिम पहुँच अगस्ट १३, २०१९ 
  7. ७.० ७.१ https://www.livemint.com/companies/news/swiggy-launches-instant-pick-up-and-drop-service-swiggy-go-1567582575602.html
  8. ८.० ८.१ "How Swiggy Became India’s Fastest Unicorn", लाइभ मिन्ट, २७ जुन २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१९ 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ ९.६ ९.७ "Swiggy Timeline: From a Bootstrapped Venture to India's Fastest Growing Unicorn (Infographic)", इन्टरपिनेटर, २३ डिसेम्बर २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१९ 
  10. "Swiggy acquihires 48East team, adds to senior leadership", १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमि टाइम्सद्वारा। 
  11. "Swiggy Acqui-hires Gourmet Asian Food Startup 48East", १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ 
  12. "Swiggy acquires on-demand delivery firm Scootsy for Rs 50 crore - ETtech", इटिटेक, अन्तिम पहुँच ३१ अगस्ट २०१९ 
  13. "Swiggy takes a bite of Fingerlix, invests Rs 31 crore in food brand - ETtech", इटिटेक डटकम, अन्तिम पहुँच ३१ अगस्ट २०१९ 
  14. "Online ordering app Swiggy ties up with Burger King", २० नोभेम्बर २०१५, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमिक टाइम्सद्वारा। 
  15. "Swiggy, Google Local Guides Offer Recommendations, Benefits, and More", एनडिटिभी ग्याजेट्स ३६०, अन्तिम पहुँच ३१ अगस्ट २०१९ 
  16. "Swiggy customers can now pay through Sodexo meal cards", १८ डिसेम्बर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमिक टाइम्सद्वारा। 
  17. "Swiggy partners with Indifi Tech to launch financing program for restaurant partners", १२ अक्टोबर २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१९ – द इकोनोमिक टाइम्सद्वारा।