मेन्डी रोज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेन्डी रोज
सन् २०१८ अप्रिलमा मेन्डी रोज
वास्तविक नामअमाण्डा सेकेमेनो
जन्म (1991-07-18) जुलाई १८, १९९१ (उमेर ३२)
वेस्टरेस्टर कन्ट्री, अमेरिका
निवासस्थानफ्लोरिडा, अमेरिका
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नाममेन्डी रोज
उचाई५ फिट ४ इन्च (१६३ सेमी)
तौल१२० पाउन्ड (८ स्टोन ८ पाउन्ड; ५४ किग्रा)
उत्पत्तिन्यु योर्क
प्रशिक्षकबुकर टी[१]
बिली गन
लिटा
सारा डल रे
पदार्पण२५ अगस्ट २०१५[२]

अमान्डा सेकोमेनो[३] (जन्म:१८ जुलाई १९९१) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी मेन्डी रोज नामले कुस्ती खेल्ने गर्छिन्। सन् २०१५ मा मेन्डीले डब्ल्युडब्ल्युई टफ इनफ प्रतियोगितामा उपविजेता बन्दै डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सोही वर्ष उनी डब्ल्युडब्ल्युईको वास्तविक टेलिभिजन कार्यक्रम टोटल डिभासमा सामेल भएकी थिइन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

अमान्डा सेकोमेनो न्यु योर्कको वेस्टचेस्टर कन्ट्रीमा जन्मिएकी हुन्।[४] उनी उनको बुबाआमाको ४ सन्तानमध्ये सबैभन्दा कान्छी सन्तान हुन्। उनको पुर्खाहरू आयरल्यान्डइटालीका थिए। उनी सानो छँदा उनलाई सबैजनाले ह्यामबर्गर भन्ने गर्थे। उनले योर्क टाउन महाविद्यालयमा पठनपाठन गरेकी थिइन् जहाँ उनले एउटा नृत्य प्रतियोगितामा समेत भाग लिएकी थिइन्।[५] उनले पछि लोना कलेजबाट स्नातकोत्तर गरेकी थिइन्। उनले सन् २०१३ मा विश्व बडिबिल्डिङ फिट्नेस एन्ड फेसन कार्यक्रममा भाग लिएकी थिइन् भने उनले सन् २०१४ मा विश्व व्युटी फिट्नेस एन्ड फेसन बिकिनी विजेता बन्न सफल भएकी थिइन्।

व्यवसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

टफ इनफ र एनएक्सटी (सन् २०१५–२०१७)[सम्पादन गर्नुहोस्]

सेकोमेनोले डब्ल्युडब्ल्युई टफ इनफ प्रतिस्पर्धाको छैटौँ संस्करणमा भाग लिएकी थिइन् जुन २०१५ जुन महिनाबाट प्रसारण गरिएको थियो।[६][७][८] २८ जुलाईमा भएको एक प्रतियोगिता अन्तरगत एक शृङ्खलामा उनी खेलबाट निस्कासन हुने खतरामा परेकी थिइन् तर उनलाई त्यस प्रतियोगिताका निर्णयक द मिजले बचाएका थिए।[९] उक्त प्रतियोगिताको अन्तिम तिर उनले आफ्नो नाम मेन्डी रोज राखेकी थिइन्। प्रतिस्पर्धाको अन्तिम तिर उनी अलिसा फक्ससँग हार्न पुगेकी थिइन्।[१०][११]

सन् २०१६ मा मेन्डी रोज

डब्ल्युडब्ल्युई टफ इनफ प्रतियोगिताको।समाप्तिसँगै रोजले डब्ल्युडब्ल्युईसँग ५ वर्षिए आवद्ध पत्रमा हस्ताक्षर गरेको कुरा सञ्चार माध्यमहरूले सार्वजनिक गरेका थिए।[१२][१३] ३० जनवरी २०१६ फ्लोरिडामा आयोजित डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा रोजले ६ महिला ट्याग टिम खेलमा पर्दापण गरेकी थिइन्।[१४] एनएक्सटीको एक शृङ्खलामा रोजले ६ महिला ट्याग टिम खेल पनि खेलेकी थिइन् जहाँ उनी डेरिया र अलेक्स ब्लिससँग साझेदारी गर्दै कारमेला, लिभ मोर्गेन र निकी क्रसको टोलीलाई हराउन सफल भएका थिए।[१५] २८ सेप्टेम्बरमा आयोजना गरिएको एनएक्सटीको एक शृङ्खलाका रोजले एम्बर मुनसँग खेल जारी गरिएको थियो तर उक्त खेलमा रोज मुनसँग हार्न पुगेकी थिइन्।[१६]

एभसोलुसन र सोनिया डभिलसँगको मित्रता (सन् २०१७–हाल)[सम्पादन गर्नुहोस्]

२० नोभेम्बर २०१७ डब्ल्युडब्ल्युई को एक शृङ्खलामा रोजले सोनिया डभिल र पेजको साथ देखा परेकी थिइन् र उनीहरूको जोडीले सोही दिन सासा बेङ्क्स, बेइली, मिकी जेम्स र तात्कालिक महिला बिजेता अलेक्सा ब्लिसलाई नेपथ्यमा आक्रमण गरेका थिए।[१७] त्यस दिनको अर्को हप्ता उनीहरूको आफ्नो टोलीको नाम एभ्सोलुसन राखेका थिए। रोजले उनको पहिलो खेल १९ डिसेम्बर २०१७ मा आयोजित ट्रब्युट टु द ट्रुपस कार्यक्रममा खेलेकी थिइन् जहाँ रोज, पेज र डभिलले जेम्स, बेइली र बेङ्क्सको जोडीलाई हराउन सफल भएका थिए। [१८]

रेसलमेनिया ३४ मा मेन्डी रोज (बायाँ) र सोनिया डभिल (दायाँ)

२८ जनवरी २०१८ मा रोजले डब्ल्युडब्ल्युईको इतिहासमा पहिलोपटक हुन लागेको ३० महिला रोयल रम्बल खेलमा भाग जनाएकी थिइन्।[१९][२०][२१] उक्त खेलमा उनी चौँथो स्थानमा रिङमा आएकी थिइन् तर उक्त खेलमा निस्कासन हुने उनी पहिलो महिला बनेकी थिइन् जब उनलाई लिटाले निस्कासन गरिन्।[२२] मा आएपछि उनले मिक्स म्याच च्यालेञ्जमा अलिसा फक्स चोटका कारण खेल खेल्न नसक्ने भएपछि उनी गोल्डस्टसँग साथी बनेकी थिइन्।[२३] मिक्स म्याच च्यालेञ्ज अन्तरगत रोज र गोल्डस्टको टोली नेयोमी र जिम्मी उस्सोसँग विरुद्धको खेलमा हार बेहोर्दै खेलबाट बाहिरिएका थिए।[२४] फेब्रुअरी महिनामा उनीले पहिलोपटक हुन लागेको महिला इलिमिनेसन चेम्बरमा भाग लिएकी थिइन् तर उनलाई अलेक्सा ब्लिसले हराएकी थिइन्।[२५][२६] अप्रिल महिनामा रोजकी साथी पेज घाँटीको चोटका कारण कुस्ती खेलबाट अवकाश लिँदै डब्ल्युडब्ल्युई स्म्याकडाउनकी सामान्य प्रबन्धक बनेकी थिइन्।[२७][२८][२९][३०][३१][३२] रोजले उनको कार्यकाल अन्तरगत पहिलो रेसलमेनिया ३४ मा महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् भने उक्त खेल नेयोमीले जितेकी थिइन्।[३३][३४][३५]

सन् २०१८ मा गरिएको सुपरस्टार सेक अफमा दुवै मेन्डी रोज र सोनिया डभिल स्म्याकडाउनमा सरेका थिए तर त्यहाँकी सामान्य प्रबन्धक उनहरूको साथी पेज भएता पनि पेजले उनीहरूलाई अरु खेलाडीलाई जस्तै व्यवहार गरेकी थिइन्।[२६][३६] स्म्याकडाउनमा रोज र डभिलले ग्रिष्म ऋतु भरि विभिन्न महिला ट्याग टिम खेल र एकल खेलहरूमा भाग लिएका थिए।[३७][३८][३९][४०][४१][४२] डब्ल्युडब्ल्युईले आयोजना गरेको सबै महिलाहरूको पहिलो पे-पर-भ्युको महिला ब्याटल रोयलमा दुवै डभिल र रोजले भाग लिएका थिए तर खेलको अन्तरगत रोजले आफ्नै साथी डभिललाई खेलबाट निस्कासन गराएकी थिइन्।[४३] रोजले डभिललाई ब्याटलरोयल खेलबाट निस्कासन गरेता पनि पछि उनीहरूले पुन एक टोलीको रूपमा काम गरेका थिए र आउँदै परम्परागत पाँच पाँच महिला इलेमिनेसन चेम्बरमा दुवै रोज र डभिलले स्म्याकडाउनको प्रतिनिधित्व गर्दै उक्त खेलमा भाग लिएको थिए।[४४] रोज र डभिल दुवै खेलमा सामेल भएका थिए तर उक्त खेलमा डब्ल्युडब्ल्युई र स्म्याकडाउनको प्रतिस्पर्धामा स्म्याकडाउनले सँग हार बेहोरेका थिए। [४५]

सरभाइभर सिरिज पछि पनि रोज र डभिलले एक जोडीको रुपमै काम गर्न सुरु गरेका थिए र सन् २०१८ को समाप्तिमा भने तात्कालिक समयमा रोज र नेयोमीको बीच द्वन्द्वको सुरुवात भएको थियो।[४६] नेयोमी र रोजको द्वन्द्व चलिरहेको बेला रोजले नेयोमीलाई उनको श्रीमानलाई उनीहरू सम्बन्ध अन्त्य गर्ने भन्दै नोयोमीलाई तनाव दिएकी थिइन्।[४७] त्यसपछि नोयोमीको खेल फरकफरक पटक रोज र डभिलको विरुद्धमा भएको थियो र उक्त खेलमा एक अर्काको हस्तक्षेपका कारण दुवैले नोयोमीलाई हराएका थिए। उनीहरूको द्वन्द्व रोयल रम्बल सम्म पनि जारी थियो र २७ जनवरी २०१९ मा आयोजना गरिएका ३० महिलाको रोयल रम्बल खेलमा दुवैले एक अर्कालाई खेलबाट निस्कासन गराएका थिए भने खेलमा रोज २५ मिनेट ५० सेकेण्ड सम्म रहेकि थिइन्।[४८] फेब्रुअरी २०१९ मा नेयोमी र रोजको द्वन्द्व चलिरहेको थियो भने अर्का तिर रोज र डभिलले पहिलो डब्ल्युडब्ल्युई महिला ट्याग टिम उपाधिका लागि उनीहरूले आफ्नो नाम दर्ता गर्न सफल भए जब उनीहरूले एक ट्रिपल थ्रेट खेलमा द आइकोनिक्स (बिली केपिटन रोइस) र कार्मेला र नेयोमीको टोलीलाई हराए।[४९][५०][५१][५२] रोज र डभिलले डब्ल्युडब्ल्युईको इतिहासमै पहिलोपटक हुन लागेको डब्ल्युडब्ल्युई महिला ट्याग टिम च्याम्पियनसिपमा भाग लिएका थिए जुन इलिमेनिसन चेम्बरको भित्र खेलाइएको थियो।[५३] उक्त खेलमा रोज र डभिल अन्तिम सम्म पुग्न सफल भएतापनि उनीहरूलाई बेइली र सासा बेङ्क्सको टोली हराउँदै पहिलो महिला ट्याग टिम विजेता बनेका थिए।[५४][५५] इलिमिनेसन चेम्बरको दुई दिन पछिको स्म्याकडाउनको एक शृङ्खलामा रोजले तात्कालिक स्म्याकडाउन महिला विजेता आस्कालाई हराउन सफल भएकी थिइन्।[५६]

अन्य सञ्चार माध्यम[सम्पादन गर्नुहोस्]

रोज हाल सम्म विभिन्न शारीरिक चलचित्र, कार्यक्रम र सभाहरूमा देखा परेकी छन्।[५७]

रोज डब्ल्युडब्ल्युईले निर्माण गरेको एक वास्तविक टेलिभिजन कार्यक्रम टोलल डिभाजको पाँचौँ संस्करणमा एक मुख्य पात्रको रूपमा देखा परेकी थिइन् जुन जनवरी २०१६ मा प्रसारण गरिएको थियो।[५८][५९][६०]

रोजले डब्ल्युडब्ल्युई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रूपमा पर्दापण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी छिन्।[६१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सेकोमेनो हाल ओर्लाण्डो फ्लोरिडामा बसोबास गर्दै आएकी छिन्।[६२] उनी प्राय योग र शारीरिक व्याम कार्यक्रममा पनि भाग लिने गरेकी छिन्।[६३][६४]

सन् २०१८ अप्रिल देखि उनी उनको‍ साथी टिनो सबब्याटलीसँग प्रेम सम्बन्धमा रहेको खुलासा भएको थियो।

चलचित्र[सम्पादन गर्नुहोस्]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका कैफियत
सन् २०१५ डब्ल्युडब्ल्युई टफ इनफ उनी आफै सहभागी; उप-विजेता (संस्करण ६)
सन् २०१६ टोटल डिभास मुख्य भूमिका (संस्करण ५): १० शृङ्खला

च्याम्पियनसिप र उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

फिट्नेस मोडल[सम्पादन गर्नुहोस्]

  • वर्ल्ड बडिबिल्डिङ फिटेनेस एण्ड फेसन
    • २०१४ डब्ल्यूबिएफएफ बोष्टन – (प्रथम)
    • २०१४ डब्ल्यूबिएफएफ डिभा बेकिनी प्रो रेस्लिङ च्याम्पियनसिप – (प्रथम)

व्यवसायीक कुस्ती[सम्पादन गर्नुहोस्]

  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • सन् २०१८ - उत्कृष्ट १०० महिला कुस्ती खेलाडीमा शीर्ष ६९ मा पर्न सफल[६५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "डब्ल्युडब्ल्युई टफ इनफका प्रतिस्पर्धीहरू", डब्ल्युडब्ल्युई टफ इनफ, अन्तिम पहुँच अक्टोबर ६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ६, २०१५ मिति
  2. "अमाण्डा सेकेमेनो", इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच अक्टोबर ६, २०१५ 
  3. "दुई जनाले डब्ल्युडब्ल्युई मा पर्दापण गरे", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच फेब्रुअरी १५, २०१८ 
  4. "अमाण्डा सेकेमेनो", द इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच अक्टोबर २, २०१५ 
  5. ब्यारन, सेक्सटन (अक्टोबर १४, २०१६), "मेन्डी रोज, एनएक्सटीकी सुनौली देवती"", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अक्टोबर १८, २०१६ 
  6. "अमाण्डा सेकेमेनो | टफ इनफ", डब्ल्युडब्ल्युई टफ इनफ, अन्तिम पहुँच जुलाई ६, २०१५ 
  7. "डब्ल्युडब्ल्युई फ इनफलाई भेट्नुहोस्'s 13 अन्तिम चरणमा पुगेका खेलाडीहरू | टफ इनफ", डब्ल्युडब्ल्युई टफ इनफ, अन्तिम पहुँच जुलाई ६, २०१५ 
  8. "अमाण्डा सेकेमेनो डब्ल्युडब्ल्युई टफ इनफको अन्तिम चरणमा", पिआर वेव डटकम, अन्तिम पहुँच जुलाई ६, २०१५ 
  9. "द मिज निर्णयकको रूपमा: डब्ल्युडब्ल्युई टफ इनफ जलाई २८, २०१५", डब्ल्युडब्ल्युई टफ इनफ, जुलाई २८, २०१५, अन्तिम पहुँच अक्टोबर ६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ७, २०१५ मिति
  10. रिचार्ड, ट्रिन्फो (अगस्ट २५, २०१५), "डब्ल्युडब्ल्युई टफ इनफको अन्तिम नतिजा: को हुन त दुई नयाँ डब्ल्युडब्ल्युई खेलाडीहरू?", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट ५, २०१६ 
  11. "डब्ल्युडब्ल्युई टफ इनफका विजेताहरू", डब्ल्युडब्ल्युई टफ इनफ, अगस्ट २५, २०१५, अन्तिम पहुँच अगस्ट २५, २०१५ 
  12. "डब्ल्युडब्ल्युईले टफ इनफबाट केही खेलाडीहरूलाई मुख्य कनर्यसूचीमा ल्याउने घोषणा गरेको छ", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच फेब्रुअरी १५, २०१८ 
  13. "द 'टोटल डिभास' मेन्डी रोज", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अप्रिल १६, २०१६ 
  14. किगर, जोन (जनवरी ३०, २०१६), "1डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच जनवरी ३१, २०१६ 
  15. रिचार्ड, ट्रिन्फो (अगस्ट १७, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: ६ महिला ट्याग टिम खेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  16. रिचार्ड, ट्रिन्फो (सेप्टेम्बर २८, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: अस्का विरुद्ध लिभ मोर्गेन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१६ 
  17. रिचार्ड, ट्रिन्फो (नोभेम्बर २०, २०१७), "डब्ल्युडब्ल्युई प्रतिवेदन: अन्तरमहादेशीय उपाधिका लागि खेल जारी", पिडब्ल्यू इन्साइडर 
  18. रिचार्ड, ट्रिन्फो (नोभेम्बर २७, २०१७), "डब्ल्युडब्ल्युई प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  19. स्ट्रुड, केरी (जनवरी २८, २०१८), "रोयल रम्बलको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  20. क्युरिएर, जोसेफ (जनवरी ३१, २०१८), "मेन्डी रोजले अलिसा फक्सलाई मिश्रति ट्याग टिम खेलबाट विस्थापित गरिन्", रेस्लिङ अब्जर्भर न्युजलेटर, अन्तिम पहुँच मे ११, २०१८ 
  21. पावेल, जोन (फेब्रुअरी ७, २०१८), "२०५ लाइभ / मिश्रति म्याच च्यालेञ्ज", स्ल्याम! स्पोर्ट्स, क्यानडेली अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच मे ११, २०१८ 
  22. जोनसन, माइक (फेब्रुअरी २५, २०१८), "डब्ल्युडब्ल्युई इलिमिनेसन चेम्बरको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  23. ट्रिन्फो, रिचार्ड (अप्रिल ९, २०१८), "डब्ल्युडब्ल्युई प्रतिवेदन: एनएक्सटीका केही प्रतिभाहरू", पिडब्ल्यू इन्साइडर 
  24. कारापोला, स्टुअर्ट (अप्रिल ८, २०१८), "रेसलमेनिया किक अफ सोको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  25. ट्रिन्फो, रिचार्ड (अप्रिल १७, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: एजे स्टाइल्स र डेनियल ब्रायन", पिडब्ल्यू इन्साइडर 
  26. २६.० २६.१ ट्रिन्फो, रिचार्ड (१ मे २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: ट्याग टिम खेलहरू", पिडब्ल्यू इन्साइडर 
  27. ट्रिन्फो, रिचार्ड (मे २९, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: मनि इन द बेङ्कका अन्तिम प्रतिस्पर्धाीको को हुन्।", पिडब्ल्यू इन्साइडर 
  28. ट्रिन्फो, रिचार्ड (जुन ५, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: अस्काको खेल", पिडब्ल्यू इन्साइडर 
  29. ट्रिन्फो, रिचार्ड (१२ जुन २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: हार्डी विरुद्ध नाकामुरा", पिडब्ल्यू इन्साइडर 
  30. ट्रिन्फो, रिचार्ड (अगस्ट १४, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द मिज र डेनियल ब्रायन", पिडब्ल्यू इन्साइडर 
  31. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ११, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द न्यू डे", पिडब्ल्यू इन्साइडर 
  32. ट्रिन्फो, रिचार्ड (अक्टोबर २३, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: डब्ल्युडब्ल्युई वर्ल्ड कप", पिडब्ल्यू इन्साइडर 
  33. जोनसन, माइक (अक्टोबर २८, २०१८), "निकि बेला विरुद्ध रोण्डा राउजी", पिडब्ल्यू इन्साइडर 
  34. ट्रिन्फो, रिचार्ड (नोभेम्बर ६, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: सरभाइभर सिरिजका लागि टोली गठन", पिडब्ल्यू इन्साइडर 
  35. जोनसन, माइक (नोभेम्बर १८, २०१८), "लेज्नर विरुद्ध डेनियल ब्रायन, सार्लेट विरुद्ध रोण्डा राउजी, विरुद्ध स्म्याकडाउन: िरभाइभर सिरिज २०१८ को पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच नोभेम्बर १८, २०१८ 
  36. ट्रिन्फो, रिचार्ड (अप्रिल १७, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: स्टाइल र डेनियल ब्रायन बीचको खेल", पिडब्ल्यू इन्साइडर 
  37. ट्रिन्फो, रिचार्ड (मे २९, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: मनि इन द बेङ्कका अन्तिम प्रतिस्पर्धाीको हुन्?", पिडब्ल्यू इन्साइडर 
  38. ट्रिन्फो, रिचार्ड (जुन ५, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  39. ट्रिन्फो, रिचार्ड (१२ जुन २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: हार्डि विरुद्ध सिनसुके नाकामुरा", पिडब्ल्यू इन्साइडर 
  40. ट्रिन्फो, रिचार्ड (अगस्ट १४, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  41. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ११, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  42. ट्रिन्फो, रिचार्ड (अक्टोबर २३, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: डब्ल्युडब्ल्युई विश्व कप", पिडब्ल्यू इन्साइडर 
  43. जोनसन, माइक (अक्टोबर २८, २०१८), "निकि बेला विरुद्ध रोण्डा राउजी, इभोलुसन पे-पर-भ्युको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  44. ट्रिन्फो, रिचार्ड (नोभेम्बर ६, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: सरभाइभर सिरजका लागि दुवै रोष्टरमा टोली गठन", पिडब्ल्यू इन्साइडर 
  45. जोनसन, माइक (नोभेम्बर १८, २०१८), "सरभाइभर सिरिज २०१८ को पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच नोभेम्बर १८, २०१८ 
  46. ट्रिन्फो, रिचार्ड (डिसेम्बर ४, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  47. ट्रिन्फो, रिचार्ड (नोभेम्बर २७, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द उस्सो विरुद्ध द बार", पिडब्ल्यू इन्साइडर 
  48. जोन, पल (डिसेम्बर ८, २०१८), "डब्ल्युडब्ल्युई २०५ लाइभका खेलहरू", पिडब्ल्यू इन्साइडर 
  49. ट्रिन्फो, रिचार्ड (जनवरी १, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  50. ट्रिन्फो, रिचार्ड (जनवरी ८, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: डेनियल ब्रायन र आर त्रुथ", पिडब्ल्यू इन्साइडर 
  51. ट्रिन्फो, रिचार्ड (जनवरी १५, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: अल्मस विरुद्ध मेष्टेरियो", पिडब्ल्यू इन्साइडर 
  52. ट्रिन्फो, रिचार्ड (जनवरी २२, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: सियान अल्मस र मेष्टेरियो बीचको खेल", पिडब्ल्यू इन्साइडर डटकम 
  53. जोनसन, माइक (जनवरी २७, २०१९), "डब्ल्युडब्ल्युई रोयल रम्बलको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  54. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी ५, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: के नाकामुरा र रुसेभले सँगै काम गर्छन् त?", पिडब्ल्यू इन्साइडर 
  55. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी १२, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: डब्ल्युडब्ल्युई च्याम्पियनसिप खेलका अन्तिम प्रतिस्पर्धी को हुन्।", पिडब्ल्यू इन्साइडर 
  56. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी १७, २०१९), "स्मयाकडाउन ट्याग टिम उपाधि: डब्ल्युडब्ल्युई इलिमिनेसन चेम्बर", पिडब्ल्यू इन्साइडर 
  57. जोनसन, माइक (अक्टोबर २८, २०१५), "डब्ल्युडब्ल्युई टफ इनफमा भर्ना भएका केही प्रतिस्पर्धीहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अक्टोबर २९, २०१५ 
  58. जोनसन, माइक (सेप्टेम्बर ९, २०१५), "डब्ल्युडब्ल्युईमा नयाँ आगमनहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अक्टोबर १२, २०१५ 
  59. जोनसन, माइक (अक्टोबर ६, २०१५), "टोटल डिभास शृङ्खलामा नयाँ अनुहारहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अक्टोबर ६, २०१५ 
  60. "'टोटल बेलाज' र टोटल डिभासको नयाँ शृङ्खला", डब्ल्युडब्ल्युई, अप्रिल २६, २०१६, अन्तिम पहुँच अगस्ट ५, २०१६ 
  61. कोल, केट्लिन (१९ डिसेम्बर २०१८), "डब्ल्युडब्ल्युई २के१९", रोयल र्‍याम्बल, अन्तिम पहुँच २३ अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण १६ अप्रिल २०१९ मिति
  62. "डब्ल्युडब्ल्युई टफ इनफ", डब्ल्युडब्ल्युई, सेप्टेम्बर २९, २०१५, अन्तिम पहुँच अगस्ट ५, २०१६ 
  63. "मेन्डी रेज", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच फेब्रुअरी २७, २०१६ 
  64. "क्यारेक्टर बायो: अमाण्डा सेकेमेनो", युएसए नेटवर्क, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१५ 
  65. "द पिडब्ल्यूआई- विश्वको १०० उत्कृष्ट महिला कुस्ती खेलाडी", नोभेम्बर १, २०१८।  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ३, २०१८ मिति

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]