पाको आल्कासेर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाको आल्कासेर
सन् २०१५ मा आल्कासेर स्पेनबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम फ्रान्सिस्को आल्कासेर गर्सिया
जन्म मिति (1993-08-30) ३० अगस्ट १९९३ (उमेर ३०) [१]
जन्म स्थान तोरेन्तो, स्पेन
उचाइ १.७६ मी
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बिलारेआल
सङ्ख्या १७
युवा करियर
२०००–२००३ मोन्ते-सियोन
२००३–२००५ तोरेन्त
२००५–२००९ भालेन्सिया
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९–२०१२ भालेन्सिया बि ६४ (४२)
२०१०–२०१६ भालेन्सिया ९३ (३०)
२०१२–२०१३हेताफे (ऋणमा) २० (३)
२०१६–२०१९ बार्सेलोना ३७ (१०)
२०१८–२०१९बोरूसिया डर्टमन्ड (ऋणमा) १४ (१२)
२०१९-२०२० बोरूसिया डर्टमन्ड २३ (११)
२०२०–हाल बिलारेआल (२)
अन्तर्राष्ट्रिय करियर
२००९ स्पेन १६ वर्ष मुनी (०)
२००९–२०१० स्पेन १७ वर्ष मुनी ११ (१४)
२०११ स्पेन १८ वर्ष मुनी (५)
२०११–२०१२ स्पेन १९ वर्ष मुनी १६ (७)
२०१३ स्पेन २० वर्ष मुनी (३)
२०१३ स्पेन २१ वर्ष मुनी (०)
२०१४– स्पेन १५ (९)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० अक्टोबर २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५ अक्टोबर २०१८

पाको आल्कासेर (जन्म: ३० अगस्ट १९९३) एक स्पेनी व्यवसायिक फुटबल खेलाडी हुन् जसले स्पेनी क्लब बिलारेआल र स्पेनी राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिका खेलाडीको रूपमा खेल्छन्।[२]

आल्कासेरले सन् २००९ मा स्पेनमा आभारित भालेन्सिया बि नामक एक फुटबल क्लबबाट व्यवसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनको सन् २०१० मा पदोन्नति भई उनी भालेन्सिया फुटबल क्लबमा सरुवा भएका थिए। सन् २०१६ मा आल्कासेरले ला लिगा फुटबल लिग अन्तर्गतको क्लब बार्सेलोनामा ३ करोड युरोमा आवद्ध भएका थिए जहाँ उनले उक्त क्लबका लागि कोपा देल रे उपाधि जिताउनका लागि ठूलो भूमिका निर्वाह गरेका थिए। सन् २०१९ मा उनी बोरूसियन डर्टमन्ड नामक एक जर्मनेली क्लबमा आवद्ध भएका थिए। आल्कासेरले स्पेन १९ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि युरोपेली च्याम्पियनसिप दुईपटक जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए भने उनको सन् २०१४ मा राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो।

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

भालेन्सिया[सम्पादन गर्नुहोस्]

स्पेनको तोरन्तोमा जन्मिएका आलकासेरले सन् २००९ मा स्पेनमा आभारित भालेन्सिया बि नामक एक फुटबल क्लबबाट व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनको सन् २०१० मा पदोन्नति भई उनी भालेन्सिया फुटबल क्लबमा सरुवा भएका थिए। उनी भालेन्सिया फुटबल क्लबको सन् २००९-१० संस्करण चलिरहँदा उक्त क्लबमा आवद्ध भएका थिए जतिबेला उनी मात्र १६ वर्षका थिए। उनले उक्त क्लबका लागि खेलेको १५ खेलमा ३ गोल गर्न सफल भएका थिए।[३] सन् २०१० नोभेम्बर ११ का दिन उनले उक्त क्लबका लागि पूर्ण एक खेल लग्रानियस विरुद्ध खेलेका थिए जहाँ भालेन्सियाले लग्रानियसलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। [४][५]

सन् २०११–१२ संस्करण[सम्पादन गर्नुहोस्]

सन् २०११ अगष्ट १२ का दिन एक मैत्रीपूर्ण खेलमा आलकासेरले भालेन्सियाको तर्फबाट रोमाको विरुद्ध तेस्रो र अन्तिम गोल गर्न सफल भएका थिए तर जब उनले उक्त खेलको समाप्ति पश्चात् मेस्त्रेता रङ्गशालाबाट आफ्नो बुबासँग बाहिरिएका थिए भने बाहिरिने क्रममा उनको बुबालाई हृदयघात भएको थियो।[६] हृदयघात भैसकेपछि तत्काल उनको बुबालाई प्राथमिक उपचार गरिएको थियो तर पछि उनको मृत्यु भएको थियो।[७] सन् २०१२ जनवरी १४ का दिन उनले स्पेनीको एक बहुप्रतिष्ठित फुटबल लिग ला लिगामा भालेन्सियाको तर्फबाट पर्दापण गरेका थिए जहाँ उनले उक्त खेलको अन्तिम २० मिनेट बाँकी रहँदा मैदान उत्रिएका थिए तर उक्त खेल रेआल सोसिदादले १-० गोल अन्तिमले जितेको थियो। [८][९]

२०१२–१३ संस्करण: हेताफेमा कर्जामा आवद्ध[सम्पादन गर्नुहोस्]

ला लिगाको सन् २०१२-१२ संस्करण चलिरहँदा उनी ला लिगाको एक फुटबल क्लब हेताफेमा कर्जामा आवद्ध भएका थिए।[१०] उनले उक्त क्लबका लागि पहिलो आधिकारिक खेल दिपोर्टिभ ला कोरुनाको विरुद्ध खेलेका थिए जुन खेल १-१ को बराबरीमा अन्त्य भएको थियो।[११][१२] उनले उक्त क्लबको तर्फबाट पहिलो आधिकारिक खेल सन् २०१३ जनवरी ७ का दिन खेलेका थिए। [१३]

सन् २०१३–१४ संस्करण[सम्पादन गर्नुहोस्]

ला लिगाको सन् २०१३-१४ संस्करण चलिरहँदा उनी पुनः भालेन्सिया फुटबल क्लबमा फिर्किएका थिए। [१४][१५] आलकासेरले सन् २०१३ अक्टोबर २ मा दिन उक्त क्लबका लागि युइएफए युरोपा लिगको एक खेलमा कुबान क्रोस्नोदारको विरुद्धमा गर्न सफल भएका थिए।[१६][१७][१८] सन् २०१४ अप्रिल १० का दिन उनले भालेन्सिया फुटबल क्लबका लागि पहिलो ह्याट्रिक गोल बाजेल फुटबल क्लबको विरुद्धमा गर्न सफल भएका थिए जुन उनको व्यावसायिक फुटबल कार्यकालको पहिलो ह्याट्रिक गोल बनेको थियो भने उनले गरेको गोलका कारण भालेन्सिया युरोपा लिगको सेमिफाइनलमा पुग्न सफल भएको थियो। [१९][२०][२१]

सन् २०१४–१५ संस्करण[सम्पादन गर्नुहोस्]

सन् २०१४ अगष्ट १७ का दिन आलकासेरले ओरेन्ज ट्रफीका लागि जारी गरिएको खेलमा मिलान फुटबल क्लब विरुद्ध पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल भालेन्सियाले २-१ को गोल अन्तरले जित्न सफल भएको थियो।[२२] उनलाई पछि ९ नम्बरको पोशाक हस्तान्तरण गरिएको थियो जुन पहिलो हेल्दर पोस्तिगाको पोशाक सङ्ख्या थियो।[२३] ९ डिसेम्बरका दिन आयोजित ग्रिनादा विरुद्धको खेलमा उनलाई रातो कार्ड दिइएको थियो जसकारण उनी खेलबाट बाहिरिएका थिए भने उक्त खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो[२४]

सन् २०१५–१६ संस्करण[सम्पादन गर्नुहोस्]

सन् २०१५ नोभेम्बर ७ का दिन आलकासेर र दानी पेरेजोले सेल्ता फुटबल क्लबको विरुद्ध दुईदुई गोल गर्न सफल भएका थिए भने उक्त खेल भालेन्सियाले ५-० गोल अन्तरले जित्न सफल भएको थियो।[२५][२६] उनले त्यस खेलको तीन महिनासम्म कुनै पनि गोल गरेका थिएनन् भने उनले सन् २०१६ अप्रिल २० का दिन उनले आइबार फुटबल क्लबको विरुद्ध ह्याट्रिक गोल गर्न सफल भएका थिए भने उकणत खेल भालेन्सियाले ४-० गोल अन्तरले जित्न सफल भएको थियो।[२७][२८]

एफसे बार्सेलोना[सम्पादन गर्नुहोस्]

सन् २०२६ अगष्ट ३० का दिन आल्कासेरले एक स्पेनी क्लब बार्सेलोनासँगको ५ वर्षीया आवदेध पत्रमा हस्ताक्षर गरेका थिए भने सोही दिन बार्सेलोनाका मुनिर एल हद्दादीली भालेन्सियामा सरुवा भएका थिए।[२९] आल्कासेरले पछि उक्त क्लबका लागि लियोनल मेसी, नेयमार र लुई स्वारेज पछिका चौँथो अग्रपङ्क्तिको रूपमा स्थापित भएका थिए।[३०][३१] सन् २०१६ सेप्टेम्बर १० का दिन आल्कासेरले एफसे बार्सेलोनाका लागि पहिलो आधिकारिक खेल अल्भसको विरुद्धमा खेलेका थिए भने उक्त खेलको ६६औँ मिनेटमा उनलाई स्वारेजलाई प्रतिस्थापन गरेका थिए।[३२][३३] सन् २०१६ डिसेम्बर २१ का दिन आल्कासेरले उक्त क्लबका लागि पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए भने त्यस खेल बार्सेलोनाले एरकुलसलाई ७-० गोल अन्तरले जित्न सफल भएको थियो।[३४][३५] युइएफए च्याम्पियन्स लिगको सन् २०१६-१७ संस्करणमा उनले बार्सेलोनाका लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए भने उक्त खेलमा बार्सेलोनाले स्पोर्तिङ सेपेलाई २-१ गोल अन्तरले जित्न सफल भएको थियो। [३६]

बोरूसिया डर्टमन्ड[सम्पादन गर्नुहोस्]

सन् २०१८ अगष्ट २८ का दिन आल्कासेरले बुन्डेसलिगा अन्तर्गतको बोरूसियन डर्टमन्ड नामक एक क्लबमा कर्जामा आवद्ध भएका थिए।[३७] सन् २०१८ सेप्टेम्बर १४ का दिन उनले क्लब क्लबका लागि पहिलो आधिकारिक खेल खेलेका थिए जहाँ उनी खेलको दोस्रो हाफमा म्याक्समिलियन फिलिपलाई प्रतिस्थापन गर्दै मैदान उत्रिएका थिए भने उक्त खेलमा उनीले उनको पहिलो गोल गर्न सफल भएका थिए जसकारण डर्टमन्डले फ्राङ्कफर्टलाई ३-१ गो अन्तरले पराजित गर्न सफल भएको थियो।[३८] उनले बुन्डेसलिगा अन्तर्गतका पछिका दुई खेलहरूमा ५ गोल गरेका थिए जहाँ उनले बायर लिभरकुसेन विरुद्धको खेलमा २ ग‍ोल र आउग्सबर्ग विरुद्धको खेलमा ३ गोल गर्न सफल भएका थिए।[३९] सन् २०१८-१९ संस्करणको बुन्डेसलिगामा आल्कासेरले सन् २०१८ डिसेम्बर १८ का दिन दश समग्रमा दश गोल गरेका थिए।[४०] सन् २०१९ फेब्रुअरी १ का दिन उनी उक्त क्लबसँग २ करोड ३० लाख युरोमा आवद्ध भएका थिए भने उनले उक्त क्लबका लागि ५ वर्षसम्मको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[४१] सन् २०१८-१९ बुन्डेसलिगाको समाप्तिसँगै उनले उक्त क्लबका लागि त्यो वर्षको संस्करणमा १८ लिग गोल गरेका थिए।[४२][४३][४४] आलेकासेले पछि बिलारेआल क्लबसँग आवद्ध हुनका लागि डर्टमन्ड छाडेका थिए। [४५]

बिलारेआल[सम्पादन गर्नुहोस्]

सन् २०२० जनवरी ३० का दिन आल्कासेर स्पेनीको एक फुटबल क्लब बिलारेआलमा साँढे ५ वर्षका लागि आवद्ध भएका थिए। आलकासेरले उक्त क्लबका लागि पहिलो आधिकारिक गोल ओसासुनीको विरुद्धमा गरेका थिए भने उक्त खेलमा बिलारेआलले ३-१ गोल अन्तरले जितेको थियो। [४६][४७]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा आलकासेर

आल्कासेरले सन् २००९ मा स्पेन १६ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीबाट अन्तर्राष्ट्रिय फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनले सन् २०१० मा आयोजित युइएफए युरोपेली च्याम्पियनसिपमा स्पेन १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीबाट अन्तर्राष्ट्रिय खेल खेन्ने मौका प्राप्त गरेका थिए जहाँ उनले भालेन्सियामा कार्यरत स्पेनका एक फुटबल खेलाडी जुआन बार्नेटका साथ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।[४८][४९] उक्त प्रतियोगितामा उनले सर्वाधिक ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा पुरस्कृत हुन सफल भएका थिए।[५०] सन् २०११ र सन् २०१२ मा स्पेन १९ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीले युरोपेली च्याम्पियनसिप जित्न सफल भएको थियो जहाँ उनी पनि स्पेन १९ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका थिए। [५१]

सन् २०१४ मा आलकासेरले स्पेन राष्ट्रिय फुटबल टोलीका पदोन्नति भएको थियो भने त्यसपछि उनले विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा स्पेन राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै सहभागीता जनाउन सुरु गरेका थिए।[५२] सन् २०१४ अगष्ट २९ का दिन तात्कालिक स्पेन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिसेन्ते देल बोस्केले उनलाई स्पेस राष्ट्रिय फुटबल टोलीमा समावेश गराएका थिए भने ४ सेप्टेम्बरमा स्पेन र फ्रान्स बीचको मैत्रीपूर्ण खेलमा डिएको कोस्टालाई प्रतिस्थापन गर्दै उनी उक्त खेलको अग्रपङ्क्तिको रूपमा मैदान उत्रिएका थिए तर उक्त खेल फ्रान्सले १-० गोल अन्तरले जितेको थियो। [५३] कोस्टालाई खेलका क्रममा चोट लागेपछि उनी उनको ठाउँमा आएका थिए भने सन् २०१६ को युएएफए युरो कप छनोट खेलमा उनले स्पेनको प्रतिनिधित्व गर्दै टोलीमा समावेश हुने मौका प्राप्त गरेका थिए जुन खेलमा उनले म्यासेडोनियाको विरुद्ध गोल गरेका थिए जसको फलस्वरूप स्पेनले म्यासेडोनियालाई ५-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। [५४][५५]

सन् २०१६ युएएफई युरो कपको छनोट खेलमा उनले खेलको पहिलो हाफमा मोरातालाई प्रतिस्थापन गर्दै मैदान उत्रिएका थिए जहाँ दुई गोल गर्न सफल भएका थिए जसको फलस्वरूप स्पेनले लक्जेम्बोर्गलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[५६] उनले उक्त प्रतियोगिताका लागि छनोट खेलका स्पेनको तर्फबाट कुल ५ गोल गर्न सफल भएका थिए जुन स्पेनी खेलाडीद्वारा गरिएको सर्वाधिक गोल थियो। ११ अक्टोबर २०१८ का दिन वेल्सको कार्डिफ सहर अन्तर्गतको मिलिनियम रङ्गशालामा आलकासेरले स्पेन राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै वेल्स विरुद्ध एक मैत्रीपूर्ण खेलमा समावेश भएका थिए जहाँ उनले उक्त खेलमा एक गोल गर्न सफल भएका थिए।[५७] ५ सेप्टेम्बर २०१९ मा सन् २०२० युइएफए युरो कपको छनोट खेलमा उनले स्पेनको प्रतिनिधित्व गर्दै रोमानिया विरुद्ध एक गोल गर्न सफल भएका थिए भने उक्त खेल स्पेनले २-१ गोल अन्तर जित्न सफल भएको थियो भने सन् २०१९ सेप्टेम्बर ९ का दिन आयोजित युरो कप छनोट खेलमा पनि उनले फारोई टापु विरुद्ध गोल गर्न सफल भएका थिए। [५८]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

अद्यावधिक ८ मार्च २०२०[५९]
क्लब संस्करण लिग कप महादेशिय अन्य जम्मा
दिभिजन उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू
भालेन्सिया बि २००९–१० सेगुन्दा दिभिजन बि १५ १५
२०१०–११ तेरसेरा दिभिजन २५ २७ २७ २८
२०११–१२ सेगुन्दा दिभिजन बि २४ १२ २४ १२
जम्मा ६४ ४२ ६६ ४३
भालेन्सिया सेएफ २०१०–११ ला लिगा
२०११–१२
२०१३–१४ २३ ११ ३७ १४
२०१४–१५ ३२ ११ २६ १४
२०१५–१६ ३४ १३ ४६ १५
२०१६–१७
जम्मा ९३ ३० ११ २० १२४ ४३
हेताफे (ऋण) २०१२–१३ ला लिगा २० २३
एफसे बार्सेलोना २०१६–१७ ला लिगा २० २७
२०१७–१८ १७ २३
जम्मा ३७ १० ५० १५
बोरूसिया डर्टमन्ड (ऋण) २०१८–१९ बुन्डेसलिगा १४ १२ १८ १३
बोरूसिया डर्टमन्ड १२ १४
२०१९–२० ११ १४
जम्मा ३७ २३ ४६ २६
बिलारेआल २०१९–२० ला लिगा
कार्यकाल जम्मा २५७ ११० २४ १२ ३२ ३१४ १३३

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक १८ नोभेम्बर २०१९[६०]
स्पेन
वर्ष उपस्थिति गोलहरू
२०१४
२०१५
२०१६
२०१७
२०१८
२०१९
जम्मा १९ १२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२०१७/१८ प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  2. "A octavos (4–1)" [To the round-of-16 (4–1)] (स्पेनीमा), भालेन्सिया सीएफ, ११ नोभेम्बर २०१०, अन्तिम पहुँच ३ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१४ मिति
  3. "A octavos (4–1)" [To the round-of-16 (4–1)] (स्पेनीमा), Valencia CF, ११ नोभेम्बर २०१०, अन्तिम पहुँच ३ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१४ मिति
  4. "P. Alcácer" (स्पेनीमा), Resultados Fútbol, अन्तिम पहुँच २६ नोभेम्बर २०१८ 
  5. Pulido, Víctor (२९ मे २०११), "Objetivo cumplido" [Mission accomplished] (स्पेनीमा), Deporte Valenciano, अन्तिम पहुँच २६ नोभेम्बर २०१८ 
  6. Picó, Diego (१३ अगस्ट २०११), "Fallece el padre de Paco Alcácer a las puertas de Mestalla" [Paco Alcácer's father dies at the gates of Mestalla], Marca (स्पेनीमा), अन्तिम पहुँच १८ अगस्ट २०११ 
  7. Picó, Diego (१८ अगस्ट २०११), "Alcácer vuelve a entrenarse como terapia para superar la pérdida" [Alcácer returns to training as therapy to ovecome loss], Marca (स्पेनीमा), अन्तिम पहुँच १८ अगस्ट २०११ 
  8. "Alcácer: Francisco Alcácer García – Matches 2011–12", BDFutbol, अन्तिम पहुँच २६ नोभेम्बर २०१८ 
  9. "Griezmann guides Sociedad to victory", ESPN Soccernet, १४ जनवरी २०१२, अन्तिम पहुँच २६ मार्च २०१२ 
  10. "Alcácer, cedido al Getafe con cláusula de partidos" [Alcácer, loaned to Getafe with match clause], Diario AS (स्पेनीमा), २८ अगस्ट २०१२, अन्तिम पहुँच २२ नोभेम्बर २०१७ 
  11. Piñeiro, Miguel (१ सेप्टेम्बर २०१२), "El Deportivo de La Coruña empata ante el Getafe en un partido vertiginoso" [Deportivo de La Coruña draw against Getafe in frantic match], La Voz de Galicia (स्पेनीमा), अन्तिम पहुँच २२ नोभेम्बर २०१७ 
  12. "Rayo build momentum", ESPN FC, ७ जनवरी २०१३, मूलबाट ४ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१३ 
  13. Hormigos, David (१२ अक्टोबर २०१८), "Paco Alcácer, el renacido: de suplente al mejor promedio goleador del mundo" [Paco Alcácer, the reborn: from reserve to the world's best scoring average] (स्पेनीमा), El Español, अन्तिम पहुँच २६ नोभेम्बर २०१८ 
  14. "Patient Valencia claim Kuban success", UEFA, ३ अक्टोबर २०१३, अन्तिम पहुँच १० अक्टोबर २०१३ 
  15. Aldunate, Ramiro (२५ जनवरी २०१४), "El 'Huracán Pizzi' se queda en temporal" ['Hurricane Pizzi' reduced to a storm], Marca (स्पेनीमा), अन्तिम पहुँच ३ फेब्रुअरी २०१४ 
  16. Aldunate, Ramiro (१ फेब्रुअरी २०१४), "El Barça se pega un tiro en el pie" [Barça shoot themselves in the foot], Marca (स्पेनीमा), अन्तिम पहुँच ३ फेब्रुअरी २०१४ 
  17. Ramírez, Delfín (१० अप्रिल २०१४), "Alcácer inspires historic Valencia comeback", UEFA, अन्तिम पहुँच ११ अप्रिल २०१४ 
  18. "Alcácer: "Sin los compañeros los goles no los podríamos marcar"" [Alcácer: "Without the teammates one could not score goals"], Marca (स्पेनीमा), ११ अप्रिल २०१४, अन्तिम पहुँच ११ अप्रिल २०१४ 
  19. "Paco Alcácer, el 'killer' del área" [Paco Alcácer, the killer of the box] (स्पेनीमा), Valencia CF, ११ अप्रिल २०१४, मूलबाट १७ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१४ 
  20. Castilla, Alonso (१२ अप्रिल २०१४), "Paco Alcácer, el niño que soñaba con el fútbol en una cuna llena de balones" [Paco Alcácer, the boy who dreamed about football in ball-filled cradle], El Confidencial (स्पेनीमा), अन्तिम पहुँच १७ अप्रिल २०१४ 
  21. "Eight-goal Soriano is Europa League top scorer", UEFA, १४ मे २०१४, अन्तिम पहुँच २३ मार्च २०१६ 
  22. "El Valencia se lleva el Naranja" [Valencia take Orange], Super Deporte (स्पेनीमा), १८ अप्रिल २०१४, अन्तिम पहुँच १८ अप्रिल २०१४ 
  23. Liceras, Ángel (७ डिसेम्बर २०१४), "Success ordena el despropósito" [Success the father of all disarrays], Marca (स्पेनीमा), अन्तिम पहुँच २३ मार्च २०१६ 
  24. "Paco Alcácer, renovado hasta 2020" [Paco Alcácer, renewed until 2020], Super Deporte (स्पेनीमा), २७ जनवरी २०१५, अन्तिम पहुँच २७ जनवरी २०१५ 
  25. "Valencia's Paco Alcácer and Dani Parejo on the double to beat Celta Vigo", The Guardian, ७ नोभेम्बर २०१५, अन्तिम पहुँच ७ नोभेम्बर २०१५ 
  26. Maston, Tom (२१ जनवरी २०१६), "Neville replaces Valencia captain Parejo after poor results", Goal, अन्तिम पहुँच २३ मार्च २०१६ 
  27. "Alcácer pone fin con tres goles a tres meses de sequía de cara a puerta" [Alcácer ends a three-month goal drought with three goals] (स्पेनीमा), Eurosport, २० अप्रिल २०१६, अन्तिम पहुँच २० अप्रिल २०१६ 
  28. "Alcácer, con 15 tantos, máximo goleador del equipo por tercer año consecutivo" [Alcácer, with 15 goals, top team scorer for third year in a row], Mundo Deportivo (स्पेनीमा), १४ मे २०१६, अन्तिम पहुँच १९ फेब्रुअरी २०१८ 
  29. "Paco Alcácer signs for FC Barcelona", FC Barcelona, ३० अगस्ट २०१६, अन्तिम पहुँच ३० अगस्ट २०१६ 
  30. Hayward, Ben (३० अगस्ट २०१६), "Is Paco Alcacer really better than Munir El Haddadi for Barcelona?", Goal, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१६ 
  31. "Difícil debut de Paco Alcácer con el FC Barcelona ante el Alavés" [Paco Alcácer's difficult debut for Barcelona against Alavés], Sport (Spanish newspaper) (स्पेनीमा), १० सेप्टेम्बर २०१६, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१६ 
  32. "Arda Turan hat trick fuels Barcelona; Sevilla score nine in Copa del Rey win", ESPN FC, २१ डिसेम्बर २०१६, अन्तिम पहुँच २२ डिसेम्बर २०१६ 
  33. Hayward, Ben (४ फेब्रुअरी २०१७), "Messi happy to be substituted as Alcacer & Vidal step up for rotated Barca", Goal, अन्तिम पहुँच ४ फेब्रुअरी २०१७ 
  34. "Barcelona 3–1 Alavés", BBC Sport, २७ मे २०१७, अन्तिम पहुँच २८ मे २०१७ 
  35. Bell, Arch (४ नोभेम्बर २०१७), "Alcacer's double does it for Barca", Marca, अन्तिम पहुँच ५ नोभेम्बर २०१७ 
  36. "Barcelona 2–0 Sporting Lisbon: Paco Alcacer strikes as Catalans march into knockout phase unbeaten – 5 talking points", Daily Mirror, ५ डिसेम्बर २०१७, अन्तिम पहुँच १२ जनवरी २०१८ 
  37. "Loan with option to buy: BVB commits Paco Alcácer", Borussia Dortmund, २८ अगस्ट २०१८, अन्तिम पहुँच २८ अगस्ट २०१८ 
  38. "Neuzugang Alcacer trifft, Götze sitzt wieder nur auf der Bank" [Debutant Alcacer scores, Götze sits again only on the bench] (जर्मनेलीमा), Welt, १४ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१८ 
  39. "Bundesliga round-up: Borussia Dortmund go top with comeback win over Bayer Leverkuse", Sky Sports, २९ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ६ अक्टोबर २०१८ 
  40. "Paco Alcacer scores hat trick as Dortmund beat Augsburg in thriller", ESPN, ६ अक्टोबर २०१८, मूलबाट ६ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१८ मिति
  41. "Dodi Lukebakio and Jean Zimmer on target as Fortuna Düsseldorf stun Borussia Dortmund", Bundesliga, १८ डिसेम्बर २०१८, अन्तिम पहुँच १९ डिसेम्बर २०१८ 
  42. "Borussia Dortmund activate buy clause for Paco Alcácer", FC Barcelona, १ फेब्रुअरी २०१९, अन्तिम पहुँच १ फेब्रुअरी २०१९ 
  43. "Paco Alcacer signs permanent deal with Borussia Dortmund", Deutsche Welle, २३ नोभेम्बर २०१८, अन्तिम पहुँच २३ नोभेम्बर २०१८ 
  44. "Paco Alcacer: Borussia Dortmund sign Barcelona striker for £22.7m", BBC Sport, २३ नोभेम्बर २०१८, अन्तिम पहुँच २९ नोभेम्बर २०१८ 
  45. "Paco Alcacer leaves Borussia Dortmund to join Villarreal", BBC Sport, ३० जनवरी २०२०, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 
  46. Franch, Víctor (३० जनवरी २०२०), "Oficial: el Villarreal ficha a Paco Alcácer por 25 millones de euros" [Official: Villarreal sign Paco Alcácer for 25 million euros], Marca (स्पेनीमा), अन्तिम पहुँच ३० जनवरी २०२० 
  47. Bernaola, Enrique (२ फेब्रुअरी २०२०), "El submarino de Alcácer asoma por Europa" [Alcácer's submarine nears Europe], Marca (स्पेनीमा), अन्तिम पहुँच २ फेब्रुअरी २०२० 
  48. Saffer, Paul (२०१०), "England end wait in style", UEFA, अन्तिम पहुँच २० मे २०१५ 
  49. "These are the players called up for the matches against France and Macedonia", Royal Spanish Football Federation, २९ अगस्ट २०१४, मूलबाट ३१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१४ मिति
  50. "France 1–0 Spain", BBC Sport, ४ सेप्टेम्बर २०१४, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१४ 
  51. Jenson, Pete (८ सेप्टेम्बर २०१४), "Spain 5–1 Macedonia: David Silva stars as reigning champions get their Euro 2016 qualifying campaign off to a winning start", Daily Mail, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४ 
  52. Hunter, Graham (९ अक्टोबर २०१४), "Slovakia's Stoch strikes late to end Spain run", UEFA, अन्तिम पहुँच ९ अक्टोबर २०१४ 
  53. "Champions Spain through after Luxembourg stroll", UEFA, ९ अक्टोबर २०१५, अन्तिम पहुँच १० अक्टोबर २०१५ 
  54. "Euro 2016 draw: Guide to the 24 finalists in France", BBC Sport, १२ अक्टोबर २०१५, अन्तिम पहुँच १२ अक्टोबर २०१५ 
  55. "Diego Costa and Juan Mata left out of Spain's provisional Euro 2016 squad", The Guardian, १७ मे २०१६, अन्तिम पहुँच १७ मे २०१६ 
  56. Garcia, Adriana (४ अक्टोबर २०१८), "Barcelona's Jordi Alba overlooked for Spain squad for 'sporting reasons' – Luis Enrique", ESPN, अन्तिम पहुँच ४ अक्टोबर २०१८ 
  57. "Paco Alcacer scores twice as dominant Spain demolish Wales in Cardiff", ESPN, ११ अक्टोबर २०१८, अन्तिम पहुँच ११ अक्टोबर २०१८ 
  58. "Raheem Sterling, Marcus Rashford score as England stun Spain in UEFA Nations League", ESPN, १५ अक्टोबर २०१८, अन्तिम पहुँच १५ अक्टोबर २०१८ 
  59. "Paco Alcácer", Soccerway, अन्तिम पहुँच १० मार्च २०१९ 
  60. "Paco Alcácer", European Football, अन्तिम पहुँच ९ अक्टोबर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]