बेअर ग्रिल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेअर ग्रिल्स
अक्टोबर २०१२ मा, ग्रिल्स
जन्मएड्वर्ड माइकल ग्रिल्स
(1974-06-07) ७ जुन १९७४ (उमेर ४९)
 बेलायत लन्डन
शिक्षाएटोन महाविद्यालय
मातृ शिक्षाप्रतिष्ठान
  • बिस्टोल विश्वविद्यालय
  • ब्रिकबेक विश्वविद्यालय
पेशा
  • प्रमुख बालचारी
  • सहासकर्मी
  • लेखक
  • प्रेरक वक्ता
  • दूरदर्शन प्रस्तोता
जीवनसाथी
शराह कानिङ्ग्स नाइट
(
वि २०००)
सन्तान
मातापिता
  • माइकल ग्रिल्स
  • सराह फोर्ड
वेबसाइटbeargrylls.com

एडवर्ड माइकल ग्रिल्स बेलायती उच्चारण (जन्म ७ जुन १९७४), बेअर ग्रिल्सको रूपमा परिचित, एक बेलायती पूर्व विशेष वायुसेवाका सेवाकर्ता, जीवितता प्रशिक्षक, र मानार्थ लप्टन-कर्णेल हुन्, र आफ्नो सैनिक जीवनको बाहिर, एक साहसकर्मी, लेखक, दूरदर्शन प्रस्तोता र व्यापारी हुन्।[१] उनी व्यापक रूपमा आफ्नो दूरदर्शन शृङ्खला म्यान भर्सेस वाइल्ड (नेपाली: मान्छे विरुद्ध वन) (सन् २००६–२०११) को लागि परिचित छन्। ग्रिल्स बेलायत र अमेरिकामा वन्यजन्तुको जीवितता दूरदर्शन श्रृङखलाहरूमा संलग्न थिए। [२] जुलाई २००९ मा, ग्रिल्सलाई ३५ वर्षको उमेरमा बेलायत र बेलायतद्वारा शासित क्षेत्रहरूमा सबैभन्दा कम उमेरको प्रमुख बालचरमा नियुक्त गरिएको थियो भने सन् २०१५ पछि उनले पुन: उक्त पद दोस्रो पटक नियुक्त भएका थिए।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

ग्रिल्सको जन्म लन्डन, इङ्ल्यान्डमा ७ जुन १९७४ मा भएको थियो। उनका परिवारको क्रिकेट खेल प्रति रूचि थियो। उनको हजुरबुबा नेभिल फोर्ड र उनका हजुरबुबाका बुबा अगस्टस फोर्ड प्रथम दर्जाका क्रिकेट खेलाडी थिए।[३] उनी उत्तर आयरल्यान्डको दोनख्दुईमा ४ वर्ष सम्म हुर्किएका थिए भने पछि उनका परिवार बेमब्रिजमा बसाइँसराइ गरेका थिए।[४][५]

उनी रूढीवादी राजनीतिज्ञ सर माइकल ग्रिल्स र उनकी श्रीमती लेडी सराह "साली"का छोरा हुन्।[६] ग्रिल्सको दिदी लारा फावसेट हुन् जसले उसलाई उनी एक हप्ताको हुँदा उनको नाम बेअर राखिदिएकी थिइन्। [७]

सानै उमेरदेखि उसले आफ्नो बुबासँगै चढ्न र यात्रा गर्न सिकेका थिए।[८] किशोरावस्थामा उसले आकाशबाट प्यारासुटको सहायताबाट हाम फाल्न सिकेका थिए र उनले कराँतेमा दोस्रो दर्जाको कालो पेटी जित्न सफल भएका थिए।[९] उनी स्पेनी, फ्रान्सेली र अङ्ग्रेजी गरी ३ वटा भाषाहरू बोल्दछन्।[१०] ग्रिल्सले सन् २००० मा शारा क्यानिङ्ग्स नाइटसँग विवाह गरेका थिए।[११] उनीहरूका तीन जना छोराहरू छन्।[१२][१३][१४] उनी इसाई धर्मावलम्बी हुन् रउनले धर्मलाई आफ्नो जीवनको "मेरुदण्ड"को रूपमा वर्णन गरेका थिए।[१५]

शिक्षा[सम्पादन गर्नुहोस्]

ग्रिल्सले इटन हाउस, लडग्रोभ विद्यालय र इटन उच्च विद्यालयमा अध्ययन गरेका थिए जहाँ उनले विद्यालयको पहिलो पर्वतारोहण क्लब सुरु गर्न मद्दत गरेका थिए।[१६] उनले इङ्ल्यान्डको पश्चिम विश्वविद्यालय, ब्रिस्टलबाट स्पेनी र जर्मनेली भाषाहरूको अध्ययन गरेका थिए[१७] र लन्डनको ब्रिक्बेक विश्वविद्यालयबाट उनले स्नातक हासिल गरेका थिए भने उनले सन् २००२ मा स्नातकोत्तर हासिल गरेका थिए।[१८][१९][२०]

सैन्य सेवा[सम्पादन गर्नुहोस्]

विद्यालय छोडेपछि ग्रिल्सले सिक्किम र पश्चिम बङ्गालको हिमाली क्षेत्रहरूमा पैदल यात्रा गरेका थिए।[२१] सन् १९९४ देखि १९९७ सम्म, उनले बेलायती आरक्ष सेनाको रूपमा रहेका थिए जहाँ उनले मरुभूमि, जाडोसँग सङ्घर्ष आरोहण, प्यारासुट, र विस्फोटक क्षेत्रमा प्रशिक्षित सेनाको रूपमा सेवा गरेका थिए।[२२] बेलायती आरक्ष सेनाको रूपमा उनी केन्यामा दुर्घटनाको शिकार हुन पुगेका थिए।[२३] फलस्वरूप, उनको ३ वटा हड्डी भाँचिएको थियो। सन् २००४ मा, ग्रिल्सलाई शाही नौसेना आरक्षमा लप्टन सेनापति पदद्वारा सम्मान गरिएको थियो [२४] भने सन् २०१३ मा, उनलाई लप्टन कर्णेल पद प्रदान गरिएको थियो।[२५]

अभियानहरू[सम्पादन गर्नुहोस्]

सगरमाथा[सम्पादन गर्नुहोस्]

१६ मे १९९८ मा, ग्रिल्सले प्यारासुटबाट खसेर भएको दुर्घटनाको १८ महिना पश्चात्, उनले सगरमाथाको सफल आरोहण गर्दै आफ्नो बाल्यकालको सपना पुरा गरेका थिए।[२६] २३ वर्षको उमेरमा, उनले यो उपलब्धि हासिल गर्ने सबैभन्दा कम उमेर व्यक्तिहरू मध्ये एक थिए। उनी भन्दा अघि सन् १९९५ मा, जेम्स अलेनले २२ वर्षको उमेरमम सगरमाथा थढेका थिए जसले अस्ट्रेलिया र बेलायतको दोहोर नागरिकता लिएका थिए।[२७] सगरमाथा थढ्ने बेलायतीहरू मध्ये उनी नै सबैभन्दा कम उमेरको हो भन्ने बारेमा विवाद रहेको छ। यस किर्तिमानलाई ज्याक मेयर र त्यसपछि रोब गउन्टलेट १९ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी भङ्ग गरेका थिए।[२४] सन् १९९७ मा, ग्रिल्स आमा दब्लम हिमाल चढ्ने सबैभन्दा कान्छो बेलायती नागरिक बनेका थिए जसलाई एक पटक एडमन्ड हिलारीले "चढ्न नसकिने" भनेर वर्णन गरेका थिए।[२८]

उत्तरी आन्ध्र महासागरको भ्रमण[सम्पादन गर्नुहोस्]

उनको बाल्यकालको साथी, सहपाठी, र सगरमाथा आरोहण गर्ने साथी मिक क्रोस्थवेटका साथ तीन वर्ष पछि उसले पाँचजनाको टोलीको नेतृत्व गर्दै हावाले भरिएको डुङ्गामा सवार हुँदै आन्ध्र महासागरको भ्रमणमा गएका थिए। ग्रिल्स र उनका टोलीले आफ्नो एघार मिटर लामो डुङ्गामा विश्वको सबैभन्दा जोखिमपूर्ण यात्रामा निस्किएका थिए र अन्ततः उनी र उनका टोलीले उत्तरी आन्ध्र महासागर पार गर्न सफल भएका थिए।[२९]

उचाईमा भोजको आयोजना[सम्पादन गर्नुहोस्]

सन् २००४ मा, उनले फुलुङ्गा यात्री र पर्वतारोही डेभिड हेम्पलम्यान आडम्स र लप्टन एलान भिलका साथ ग्रिल्सले उच्च खुला आकाशमा औपचारिक भोजको आयोजनाका लागि एक विश्व कीर्तिमानी बनाएका थिए। उनीहरू ७,६०० मिटर (२५,००० फिट) मा फुलुङ्गा यानमा पूर्ण पोशाक र अक्सिजन मास्कको साथ सवार थिए।[३०] कार्यक्रमको लागि प्रशिक्षण दिन उनले २०० भन्दा बढी पटक प्यारासुटबाट हाम फालेका थिए।[३१] यो घटना ड्युक अफ एडिनबर्ग पुरस्कार र प्रिन्स कोषको सहयोगमा रहेको थियो।[३२]

हिमालयमा पाराग्लाइडिङ[सम्पादन गर्नुहोस्]

सन् २००७ मा, ग्रिल्सले हिमालयमा सगरमाथा नजिकै एक किर्तिमानी कायम गर्नका लागि प्याराग्लाइडिङ गरेका थिए। उनले सगरमाथाबाट दक्षिणमा ४,४०० मिटर (१४,५०० फिट), ८ माइल (१३ किलोमिटर) उडान भरेका थिए। ग्रिल्सले उनको आरोहणको समयमा शिखरमा तल हरेको र −६० डिग्री सेल्सियस (−७६° डिग्री फर्हेनहाइट) को तापक्रमको सामना गरेको बताएका थिए।[३३] उनले कम अक्सिजनको स्तर भएको उचाईमा पुगेका थिए जहाँ उनी ९,००० मिटर (२९,५०० फिट) सम्म पुगेका थिए। उनी पहिलाको भन्दा लगभग ३,००० मिटर (१०,००० फिट) माथि पुगेका थिए भने उनले पहिलाको किर्तिमानलाई ६,१०२ मिटर (२०,०१९ फिट) लाई उछिनेका थिए। यसलाई पछि डिस्कभरी च्यानलका साथ संसार भरि प्रसारण गरिएको थियो भने च्यानल ४ सँगै यसलाई बेलायतका प्रसारण गरिएको थियो।[३४]

ग्रिल्सले सुरुमा सगरमाथा पार गर्ने योजना बनाएका थिए तर उनको अनुमति सगरमाथाको दक्षिणी क्षेत्रमा मात्र उडान गर्ने रहेको थियो। उनले चिनियाँ हवाई क्षेत्रको उल्लङ्घन हुने जोखिमका साथ सगरमाथा पार नगरिकन फर्किएका थिए।

सन् २००८ को कुमेरू यात्रा[सम्पादन गर्नुहोस्]

सन् २००८ मा, ग्रिल्सले बालबालिकाहरूको परोपकारी संस्था ग्लोबल एन्जलसका लागि रकम जुटाउन र वैकल्पिक उर्जाको प्रयोगलाई बढावा दिएका लागि चार समूहको नेतृत्वमा कुमेरू महादेशको सबैभन्दा विकट र आरोहण नगरिएको हिमालको सफल आरोहण गर्ने अभियानमा निस्किएका थिए। यो अभियानमा टोलीले हावद्वारा भरिएको डुङ्गा र जेटस्कीको सहायताबाट कुमेरूको तटको अन्वेषण गर्न उद्देश्य लिएका थिए। तथापि, ग्रिल्सलाई अभियानको क्रममा ठोकिएको चोटपटक लागेको थियो भने उक्त अभियान अपुरो हुन पुगेको थियो। उनको काँधमा चोट लागेको थियो र उनलाई अस्पताल लगिएको थियो।[३५]

सबैभन्दा लामो भित्री स्वतन्त्र छलाङ[सम्पादन गर्नुहोस्]

ग्रिल्सले अल होजसन र स्कट्सम्यान फ्रेडी म्याकडोनाल्डसँग मिलेर सन् २००८ मा सबैभन्दा लामो निरन्तर भित्री स्वतन्त्र छलाङ लागि विश्व कीर्तिमानको गिनिज पुस्तकका सूचीकृत भएका थिए। अघिल्लो किर्तिमान अमेरिकी टोलीको नाममा थियो जसले १ घण्टा ३६ मिनेटमा कार्य सम्पन्न गरेका थिए। उनीहरूले केही सेकेन्डमा उनीहरूको किर्तिमान पार गरेका थिए। उक्त प्रयास ग्लोबल एन्जलस नामक परोपकारी संस्थाको समर्थनमा रहेको थियो।[३६][३७][३८]

उत्तर पश्चिमी यात्रा अभियान[सम्पादन गर्नुहोस्]

अगस्ट २०१० मा, ग्रिल्सले पाँचको टोलीको नेतृत्वमा विशेष डुङ्गाको साथ उत्तरध्रुवीय महासागर देखि प्रशान्त महासागरको मार्ग, उत्तर पश्चिमी मार्गको यात्रामा निस्किएका थिए र उनले २५०० माइलको यात्रा तय गरेका थिए। यस अभियानको उद्देश्य भूमण्डलीय उष्मीकरण प्रभावको बारेमा सचेतना जगाउने र बालबालिकाहरूको एक परोपकारी संस्था ग्लोबल एन्जलसका लागि पैसा जुटाउनका लागि रहेको थियो।[३९]

कार्यकाल[सम्पादन गर्नुहोस्]

पुस्तक[सम्पादन गर्नुहोस्]

ग्रिल्सको पहिलो पुस्तक, फेसिङ अप (युके) / द किड हु क्लाइम्ड एभरेष्ट (अमेरिका) ले सगरमाथाको शिखरमा चढेको आफ्नो अभियान र उपलब्धिहरूको बयान गरेको छ। उनको दोस्रो पुस्तक फेसिङ द फ्रोजन ओसन हो। उसको तेस्रो पुस्तक बोर्न सर्भाइभर: बेअर ग्रिल्स, सोही नामको दूरदर्शन शृङ्खलासँगै लेखिएको थियो। उनले बाहिरी क्रियाकलापहरूको लागि सहयोगी पुस्तक ग्रिल्स आउटडोर एडभेन्चर्स पनि लेखेका थिए।[४०] सन् २०१२ मा, ग्रिल्सले आफ्नो आत्मकथा, मड, स्वेट एन्ड टियर्स: द अटोबायोग्राफी जारी गरेका थिए र सन् २०१२ को अन्तमा अ सर्भाइभल गाइड फर लाइफ जीवन रक्षाका लागि निर्देशन (अनुवादित नाम) र २०१३ मा ट्रु ग्रिट द्वारा जारी गरेका थिए।[४१]

ग्रिल्सले बालबालिका साहसिक पुस्तकहरूको मिशन सर्भाइभलको शृङ्खला पनि लेखेका छन्[४२] जसमा मिशन सर्भाइभल: गोल्ड अफ द गड्स, मिशन सर्भाइभल: वे अफ द उल्फ, मिशन सर्भाइभल: स्यान्ड्स अफ द स्कार्पियन, मिसन सर्भाइधल: ट्र्याक अफ द टाइगर र मिशन सर्भाइभल: क्लज अफ क्रोर्कोडायल समावेश छ (माथि उल्लेखनीय सबै शीर्षक अङ्ग्रेजी भाषाका पुस्तकहरू हुन्)। [४३]

उनले आफ्नो चरित्र विल जेगर वरिपरि आधारित दुईवटा उपन्यासहरू लेखेका छन् जसमा सन् २०१५ मा सार्वजनिक गरिएको घोस्ट फ्लाइट र सन् २०१६ मा सार्वजनिक गरिएको बर्निङ एन्जल्स समावेश छ।[४४] सन् २०१९ मा, ग्रिल्सले सोल फ्युल शीर्षकको इसाई भक्ति पुस्तक प्रकाशित गरेका थिए।[४५]

दूरदर्शन[सम्पादन गर्नुहोस्]

उनी अस्ट्रेलियाली अत्तर कम्पनी रेक्सोनाको विज्ञापनमा देखिएका थिए जसमा उनको सगरमाथाको सफल आरोहणको दृश्य झल्काइएको थियो। ग्रिल्सलाई बेलायतको रक्षा मन्त्रालयले सेनाको लागूऔषध विरुद्धको दूरदर्शन अभियानको नेतृत्व गर्न पनि प्रयोग गरिएको थियो।[४६] उनलाई हरोड्सको लागि पहिलो ठूलो विज्ञापन अभियानमा चित्रित गरिएको थियो। ग्रिल्स धेरै कार्यक्रमहरूमा पाहुना बनिसकेका छन् जसमा फ्राइडे नाइट विथ जोनाथन रस , दि ओप्राह विन्फ्रे शो , लेट नाइट विथ कोनन ओब्रायन , द टुनाइट शो विद जे लेनो, अट्याक द शो, लेट शो विथ डेभिड लेटरम्यानको, जिमी किमेल लाइभ! र ह्यारी हिल्स टिभी बर्प समावेश छ। सन् २०१३ मा, ग्रिल्स एयर न्यूजील्यान्डको सावधानी श्रव्य दृश्यमा देखा परेका थिए। [४७]

ग्रिल्सले सन् २००५ मा चार भागको दूरदर्शन कार्यक्रममा चित्रित भएका थिए जसलाई एस्केप टु द लिजन नामकरण गरिएको थियो। यसमा बेअर ग्रिल्स र अन्य एघार जना "भर्ती" थिए जसमा उनीहरूले सहारा मरुभूमिमा फ्रान्सेली विदेशी सेनाको आधारभूत मरुभूमि तालिममा प्रशिक्षण लिएका थिए। कार्यक्रम पहिलो पटक बेलायती च्यानल, च्यानल ४ र अमेरिकाको सैन्य च्यानल, मिलिटरीमा प्रसारित भएको थियो।[४८]

बोर्न सर्भाइभर/म्यान भर्सेस वाइल्ड[सम्पादन गर्नुहोस्]

अलास्कामा बेअर ग्रिल्स

ग्रिल्सले बेलायती च्यानलका लागि बोर्न सर्भाइभर: बेअर ग्रिल्स शीर्षकको साथ दूरदर्शन शृङ्खलाको आयोजना गरेका थिए जसलाई अस्ट्रेलिया, न्यूजील्यान्ड, क्यानडा, भारत, र संयुक्त राज्य अमेरिकामा म्यान भर्सेस वाइल्डको (मान्छे विरुद्ध वन = अनुवादित नाम) रूपमा प्रसारित गरिएको थियो भने यसलाई युरोप, एसियामा र अफ्रिकामा डिस्कवरी च्यानलमा अल्टिमेट सर्भाइभलको रूपमा प्रसारण गरिएको थियो।[४९][५०]

शृङ्खलाहरूमा ग्रिल्सलाई मानव वस्ती नभएको स्थानहरूमा छोडिन्छ र उनले दर्शकहरूलाई कसरी बाँच्न सकिन्छ भनेर देखाउँछन्। मान भर्सेस वाइल्ड सन् २०९६ मा, पहिलो पटक प्रसारित भएको थियो। यो सन् २०११ सम्म पाँच संस्करण सम्म चलेको थियो।[५१]

कार्यक्रममा ग्रिल्सलाई हेलिकप्टर, फुलुङ्गा, र विमानहरूबाट प्यारासुटको मद्दतबाट कुनै घना वन वा मरुभूमिमा वा अत्यन्तै कठिन क्षेत्रमा छोडिन्छ र उनले बाटोमा जे भोट्छन् सोही खाँदै बच्ने प्रयास गर्छन् र आफूलाई पानीको अभावबाट पनि जोगाउने प्रयास गर्छन्। उनले जीवित रहनका लागि मरेको जनावर, किरा, फटयाङ्ग्रो खाने गर्छन् र कुनै कुनै शृङ्खलामा मरुभूमिमा आफ्नै पिसाब पिएर पनि पानीको तिर्खा मेटाएका छन्। उनले जनावरसँग कुस्ती खेल्दै मार्ने प्रयास गरेको र उक्त जनावरको मासु पोलेर खाएको देखाइएको छ। उनले कुनै पनि शृङ्खलामा हात्तीको गोबर पनि पिएको देखाइएको छ।

कार्यक्रमको परामर्शदाताले ग्रिल्स वास्तवमै केही रात एउटा होटलमा बसेका थिए जसमा हवाईको एउटा घटना थियो जसमा ग्रिल्स एकदमै सुनसान टापुमा फसेका थिए र त्यसका लागि निश्चित दृश्यहरू मात्र प्रदर्शन गरिएको थियो खुलासा गरेका थिए।[५१] गिल्सले पछि भ्रमित महसुस गरेको हुन सक्ने भन्दै दर्शकसँग माफी मागेका थिए।[५१]

मार्च २०१२ मा, डिस्कभरी च्यानलले ग्रिल्सलाई एक अनुबन्धित विवादका कारण यसको अनुबन्धबाट हटाएको थियो। तथापि, उनले पछि उनीहरूसँग काम गरेका थिए।[५२][५३]

अगस्ट २०१९ मा, बेअर ग्रिल्स भारतीय प्रधानमन्त्री, नरेन्द्र मोदीसँग भारतको जिम कार्बेट राष्ट्रिय निकुञ्ज , उत्तराखण्डमा एक विशेष श्रङ्खलामा देखा परेका थिए। [५४][५५] शृङ्खला डिस्कभरी, निगमको सञ्जालमा विश्वभरका १८० भन्दा बढी देशहरूमा प्रदर्शन गरिएको थियो र पछि उनी रजनीकान्तसँग पनि देखा परेका थिए।[५६]

वर्स्ट केस सिनारियो[सम्पादन गर्नुहोस्]

सन् २०१० मा, ग्रिल्सले अमेरिकाको डिस्कभरीमा प्रसारित गरिएको वर्स्ट केस सिनारियो (अङ्ग्रेजी शीर्षक) शीर्षकको नयाँ परियोजना ल्याएका थिए।[५७] यो सोही नामको लोकप्रिय पुस्तकहरूमा आधारित थियो। यसको बाह्र शृङ्खलाहरू कार्यक्रम रद्द गर्नु अघि निर्माण गरिएको थियो। [५८]

बेअर्स वाइल्ड विकेन्ड (बेअरको जङ्गली सप्ताहन्त)[सम्पादन गर्नुहोस्]

सन् २०११ मा उनले बेलायतमा च्यानल ४ का लागि बेअर्स वाइल्ड विकेन्ड शीर्षक अन्तर्गत दुई विशेष शृङ्खलाहरू बनाएका थिए जुन उक्त वर्ष क्रिसमसको बिदामा प्रसारित गरिएको थियो।[५९] प्रत्येक विशेष शृङ्खलामा चित्रित ग्रिल्सले जोनाथन रस वा मिरन्डा हार्टलाई छोटो दुई दिन अभियानमा लिएर हिँडेका थिए। यी शृङ्खलाहरू अमेरिकामा बेअर ग्रिल्स वाइल्ड एड्भेन्चर शीर्षक अन्तर्गत प्रदर्शित गरिएको थियोे। स्टिफन फ्राईको साथ तेस्रो शृङ्खला, यस पटक दक्षिण तिरोलको डोलोमाइट हिमालहरूमा सन् २०१३ मा, प्रदर्शन गरिएको थियो। [६०]

सन् २०१४ मा, दुई थप शृङ्खलाहरू बेलायती वन्य सप्ताहन्तको (अनुवादित शीर्षक) शीर्षक अन्तर्गत प्रसारण गरिएको थियो।[६१] यी मध्ये पहिलो सन् २०११ म्यान भर्सेस वाइल्डको विशेष शृङ्खलामा जेक गेलनहलको साथ र दोस्रो रनिङ वाइल्ड विथ वेअर ग्रिल्सको शृङ्खलामा बेन स्टिलरको प्रसारण गरिएको थियो।[६२]

गेट आउट अलाइभ[सम्पादन गर्नुहोस्]

बेअर ग्रिल्सले गेट आउट अलाइभ (अनुवादित शीर्षक = जीवित निस्कनुहोस्) नामक वास्तविक दूरदर्शन प्रतिस्पर्धा शृङ्खलाको आयोजना गरेका थिए जसलाई न्युजिल्यान्डमा छायाङ्कन गरिएको थियो भने यसलाई ८ जुलाई २०१३ मा, एनबिसीमा प्रसारण गरिएको थियो।[६३][६४]

स्केप फ्रम हेल[सम्पादन गर्नुहोस्]

बेअर ग्रिल्स:स्पेक फ्रम हेल (नेपाली: नर्कबाट बाहिर निस्कनुहोस् )मा उनले असाधारण परिस्थितिमा फसेका मानिसको बचावटको तरिकाका साथै मान्छेको साँचो जीवन कथाहरू खुलासा गरेका थिए। ६ शृङ्खला समावेश यस कार्यक्रमलाई ४ अक्टोबर २०१३ मा, डिस्कभरी बेलायत र ११ नोभेम्बर २०१३ मा, डिस्कभरी अमेरिका मार्फत प्रसारण गरिएको थियो।[६५]

टापु[सम्पादन गर्नुहोस्]

द आइल्यान्ड विथ बेअर ग्रिल्सलाई ५ मे २०१४ मा पहिलो पटक च्यानल ४ मा देखाइएको थियो। कार्यक्रमको अमेरिकी संस्करण पनि बनेको थियो जसलाई २५ मे २०१५ मा, एनबिसीमा प्रसारण गरिएको थियो। [६६]

रनिङ वाइल्ड विथ बेअर ग्रिल्स[सम्पादन गर्नुहोस्]

१८ जुलाई २०१४ मा प्रस्तुत गरिएको एनबीसीको यस साहसिक दूरदर्शन शृङ्खलामा, ग्रिल्सले मरूभूमिमा दुई दिनको यात्रामा व्यक्तित्वहरूलाई लगेका थिए।[६७][६८] पहिलो संस्करणमा भाग लिने व्यक्तित्वहरू ज्याकक एफ्रोन , बेन स्टिलर , तामरोन हल , डिओन स्यान्डर्स , चानिङ टाटम , र टम अर्नोल्ड हुन् भने यसको दोस्रो संस्करणमा भाग व्यक्तित्वहरू केट विन्स्लेट , केट हडसन , ड्रयु ब्रिस , जेसी टाइलर फर्ग्युसन , एड हेल्म्स , मिशेल रोद्रिगेज , जेम्स मार्सडेन ,माइकल बि जोर्डन , र राष्ट्रपति बराक ओबामा हुन्।[६९]

बेअर ग्रिल्स: मिशन सर्भाइभ[सम्पादन गर्नुहोस्]

बेअर ग्रिल्सको नाम अङ्कीत एक चक्कु

सन् २०१५ मा, उनले छ भागको शृङ्खला बेअर ग्रिल्स: मिशन सर्वाइभ प्रस्तुत गर्न सुरु गरेका थिए जसमा बाह्र-दिनको अभियानमा आठ व्यक्तित्वहरू समावेश थिए।[७०] शृङ्खला २० फेब्रुअरी २०१५ मा प्रसारित भएको थियो। सन् २०१६ यसको दोस्रो संस्करण प्रस्तुत भएको थियो।[७१]

बेअर ग्रिल्स सर्भाइभल स्कुल[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा उनले बेअर ग्रिल्स सर्भाइभल स्कुल नामक शृङ्खला प्रस्तुत गरेका थिए। यसको छायाङ्कन अगस्ट २०१५बाट सुरु भएको थियो भने यसको प्रसारण १० जनवरी २०१६बाट सुरु भएको थियो। [७२][७३] यसको दोस्रो संस्करण ७ जनवरी २०१७ मा, प्रसारण हुने तालिका रहेको थियो।

बचावट खेल[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा, चीनको ड्र्यागन दूरदर्शनले बचावट खेल (चिनियाँ: 跟着 贝尔 去 冒险) शीर्षकमा ग्रिल्स अगुवाईमा साहसिक शृङ्खलालाई प्रसारण गर्न आदेश दिएको थियो।[७४] यस शृङ्खलामा ग्रिल्सका साथ आठ चिनियाँ हस्तियहरू थिए जसलाई १६ अक्टोबर २०१५ मा, जारी गरिएको थियो।[७५]

बेअर्स मिशन[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा, आइटिभीले अमेरिकी संस्करण समानको एक फरक कार्यक्रम बेअर्स मिशन विथ... प्रसारण गर्न सुरु गरेको थियो। यस कार्यक्रम ग्रिल्सको साथ एक बेलायती हस्तीमा केन्द्रित थियो। यसलाई सन् २०१८ मा, प्रसारण गरिएको थियो [७६]

प्रेरक भनाई[सम्पादन गर्नुहोस्]

दूरदर्शन क्षेत्र बाहिर, ग्रिल्सले एक प्रेरणादायक वक्ताको रूपमा काम गर्दछन् छन् उनले , गिर्जाघर, विद्यालय र अन्य सङ्गठनहरूलाई विश्वव्यापी रूपमा भाषण दिने गरेका छन्।[२६][५३]

प्रमुख बालचरको रूपमा[सम्पादन गर्नुहोस्]

१७ मे २००९ मा, बालचर सङ्घले सन् २००९ मा पिटर डुनकनको ५ वर्षे कार्यकाल समाप्त भएपछि ग्रिल्सलाई प्रमुख बालचर नियुक्त गरिने घोषण गरिएको थियो।[७७] उनलाई ११ जुलाई २००९ म आधिकारिक रूपमा प्रमुख बालचरको रूपमा नियुक्त गरिएको थियो। रोबर्ट बाडेन-पावेलद्वारा निर्मित बालचर संस्थाको उनी सबैभन्दा कम उमेरका पदाधिकारी पनि हुन् भने उनी उक्त पदमा नियुक्त हुने दशौँ व्यक्ति हुन्।[७८][७९]

९ अप्रिल २०१८ मा, बालचर सङ्घले ग्रिल्स सन् २०१८ सम्म प्रमुख बालचरको रूपमा सेवा गर्ने घोषण गरेको थियो। [८०]"यस सबैभन्दा ठूलो युवा आन्दोलनले मलाई बेलायतको प्रमुख बालचर भूमिकामा निरन्तरता दिन आग्रह गरेको मलाई गर्व छ"। भन्ने अभिव्यक्ति दिएका थिए। ५ जुन २०१५ मा, द टेलीग्राफसँगको एक अन्तर्वार्तामा उनले बेलायतको कान्छो प्रमुख बालचर भएको चुनौतीको प्रशंसा गरेका थिए।[८१]

बि मिलिटरी फिट[सम्पादन गर्नुहोस्]

बेअर ग्रिल्स कोष र एनएम पूँजीले संयुक्त रूपमा सेप्टेम्बर २०१८ मा ब्रिटिश मिलिटर फिट नामक कम्पनी खरीद गरेको थियो र विद्यमान छोटो रूपमा बिएमएफ कायम राख्न "बि मिलिट्री फिट विथ बियर ग्रिल्स" को रूपमा पुनर्गठित गरेको थियो। कम्पनीले १४० भन्दा सार्वजनिक स्थल र बेलायतका बाहिरी ठाउँहरूमा समूहगत स्वास्थ कक्षा सञ्चालन गर्दछ। कक्षाहरू मान्यता प्राप्त स्वास्थ्य प्रशिक्षकहरूको साथ बेलायती सशस्त्र बलका पूर्व वा सेवारत सदस्यहरूको नेतृत्वमा सञ्चालित छ। यो युरोपको सबैभन्दा ठूलो बाहिरी सुगठन कम्पनी हो।[८२][८३][८४][८५]

परोपकार र राजनीति[सम्पादन गर्नुहोस्]

ग्रिल्स प्रिन्स ट्रस्टकाका राजदूत हुन्, जसले बेलायतका युवाहरूलाई प्रशिक्षण, वित्तीय र व्यावहारिक सहयोग प्रदान गर्दछ। विश्वव्यापी रूपमा बालबालिकाहरूलाई सहयोग पुर्‍याउने बेलायतको परोपकारी संस्था ग्लोबल एन्जलसका दाता पनि हुन्।[१४]

सन् २००७ मा, सगरमाथा माथि पाराग्लाइडिङ गरे बापत उनले उक्त संस्थालाई दान गरेका थिए। ग्रिल्सले ७,६०० मिटर (२५,००० फिट) माथि द डुक अफ एडिनबर्ग पुरस्कार योजनाको सहयोगमा उचाईमा भोजको आयोजना गरेका थिए र उनले पुरस्कारको ५०औँ वार्षिकोत्सवको पनि आयोजना गर्न मद्दत गरेका थिए। उनको जेट स्किमा बेलायतको सफल भ्रमण गर्दै शाही राष्ट्रिय लाइफबोट संस्थाको लागि रकम जुटाएका थिए।[८६]

ग्रिल्सको सगरमाथा आरोहण बेलायतमा आधारित परोपकारी संस्था सशस्त्र बलको संस्थाको सहयोगमा रहेको थियो, जसले बेलायती सशस्त्र पूर्व सेना र सेनाका सदस्य र उनीहरूका परिवार र आश्रितहरूका लागि सहयोग पुर्‍याउँदछ।[८७][८८] उनको सन् २००३ को कुमेरू अभियान फेसिङ द फ्रिजन ओशन पुस्तक र प्रिन्स ट्रस्टको सहयोगमा रहेको थियो। उनको सन् २००५ को एन्जल झरना माथि पाराग्लाइडिङ च्यारिटि होप र होम्स अफ चिल्ड्रेन नामक परोपकारी संस्थाको सहयोगमा रहेको थियो। [८९]

अगस्ट २०१० मा, ग्रिल्सले पाँचको टोलीको नेतृत्वमा विशेष डुङ्गाको साथ उत्तरध्रुवीय महासागर देखि प्रशान्त महासागरको मार्ग, उत्तर पश्चिमी मार्गको यात्रामा निस्किएका थिए र उनले २५०० माइलको यात्रा तय गरेका थिए।[९०] यस अभियानको उद्देश्य भूमण्डलीय उष्मीकरण प्रभावको बारेमा सचेतना जगाउने र बालबालिकाहरूको एक परोपकारी संस्था ग्लोबल एन्जलसका लागि पैसा जुटाउनका लागि रहेको थियो। ग्रिल्स फेब्रुअरी २०११ क्रिस्टचर्च भूकम्पको बेला न्यूजील्यान्डमा थिए। उक्त घटना पछि, उनले न्युजील्यान्डको एक विज्ञापनमा देखा परेका थिए जसले सहरलाई पुनर्निर्माणका लागि सहयोग पुर्‍याउन र चन्दा सङ्कलन गर्न प्रोत्साहित गरेको थियो। ग्रिलहरू केयर फर चिल्ड्रेनका नामब परोपकारी संस्थाका राजदूत पनि हुन् भने यस संस्थाले एसियाली सरकारहरूसँग साझेदारी गरी पिछडिएका बच्चाहरूको लागि स्थानीय परिवारमा आधारित हेरचाहको माध्यमबाट संस्थागत हेरचाहको सकारात्मक विकल्प सृजना गर्न मद्दत गर्दछ।[९१] जनवरी २०२० मा उनले आयरल्यान्डेली नागरिकतामा आफ्नो अधिकार लिएको र आयरल्यान्डेली राहदानी प्राप्त गरेको घोषण गरेका थिए। ग्रिल्सलाई युवा जनसेवा, सञ्चार माध्यम र परोपकारिताका लागि सन् २०१९ मा बेलायती साम्राज्यको कार्यकारीको रूपमा नियुक्त गरिएको थियो। [९२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Tjark Lorenzen (२०१९-०४-१४)। "„Du gegen die Wildnis" Staffel 1: Alle Informationen zur Bear Grylls-Serie"netzwelt.de। netzwelt GmbH। सङ्ग्रह मिति २०१९-०४-२२ 
  2. ""El último superviviente" hace las paces con Discovery y vuelve con "Ultimate Survivors""vertele.com। ५ मे २०१३। सङ्ग्रह मिति १३ अप्रिल २०१४ 
  3. "Edward Michael Grylls in the England & Wales, Civil Registration Birth Index, १९१६-२००७"एन्सेस्ट्री डटकम। एन्सेस्ट्री पहुँचमिति=१६ जुन २०१९। 
  4. "Sunday Life reclaims the celebs with Ulster ties"द बेलफास्ट टेलिग्राफ पहुँचमिति=३१ अगस्ट २०१०। १ नोभेम्बर २००९। 
  5. "My Life In Travel: Bear Grylls", इन्डिपेन्डेन्स डटको डटयुके, १७ अप्रिल २००४.
  6. "Obituary: Sir Michael Grylls", टेलिग्राफ डटको डटयुके, १३ फेब्रुअरी २००१
  7. दुदमान, जाने (१२ जनवरी २०११)। "Leading questions: Bear Grylls, chief Scout"द गार्जियन। लन्डन। 
  8. स्नापे, जोएल (१३ मे २०१५)। "Bear Grylls: 'I'm ४०, and fitter than I've ever been'"डेली टेलिग्राफ (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २५ मे २०१८ 
  9. "बेअरलाई तपाईको प्रश्न सोध्नुहोस्" वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०१ मिति, बेअर ग्रिल्स डटकम; पहुँचमिति ३ अगस्ट २०१५।
  10. "Beauty is not enough for the Church – CatholicHerald.co.uk"क्याथोलिक चेरल्ड (अङ्ग्रेजी पहुँचमिति=५ फेब्रुअरी २०१७ भाषा)। 
  11. "Out of the Wild: Bear Grylls survives the urban jungle"मेन्सभोग। सङ्ग्रह मिति १४ जुलाई २००८ 
  12. "Three Videos Featuring Bear Grylls"अल्फा अमेरिका। सङ्ग्रह मिति ३ अगस्ट २०१५ 
  13. Bear Grylls Welcomes Son Huckleberry Celebrity Baby Blog, १५ जनवरी २००९
  14. १४.० १४.१ "जीवनी"बेअर ग्रिल्स डटकम। सङ्ग्रह मिति ७ फेब्रुअरी २०१२ 
  15. "व्यक्तिको पृष्ठ"द पिरेज। सङ्ग्रह मिति १४ जुलाई २००८ 
  16. काटे मिखाली (११ नोभेम्बर २००१)। "Life support"गार्जियन पहुँचमिति=१७ अक्टोबर २०१२। लन्डन। 
  17. तिराना घ्राम (७ जुलाई २०१६)। "Did you know these celebrities studied in Bristol?"द युनिभर्सिटी पेपर। लन्डन। 
  18. "History of Birkbeck: 1900s"। ब्रिकबेक पहुँचमिति=३ डिसेम्बर २००७। 
  19. "Notable alumni"। ब्रिकबेक। सङ्ग्रह मिति ३ डिसेम्बर २००७ 
  20. पेस्तोन, रोबर्ट र लिन्दा ला प्लान्ते (७ मे २०१३)। "You may have a first-class degree – but Lord Winston doesn't want you"द डेली टेलिग्राफ। लन्डन। 
  21. "बेअर ग्रिल्स"। एचएमफोर्स। सङ्ग्रह मिति ३० जनवरी २०१२ 
  22. बेअर ग्रिल्स विशेष वायु सेवामा
  23. केली, जोन (१७ जुन २०१३)। "Five survivors of spectacular falls"बिबिसी समाचार (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति १८ जुलाई २०१७ 
  24. २४.० २४.१ "Bear Grylls (Edward Michael Grylls): A lifetime of adventure" (PDF)बालचार सङ्घ 
  25. "Royals' Bear Force as Adventurer Joins Cadets at Lympstone and Dartmouth"। शाही सेना। १४ नोभेम्बर २०१३। 
  26. २६.० २६.१ ब्लुन्डेल, जोना (७ अप्रिल २००३)। "A Boys Own adventure"द डेली टेलिग्राफ। लन्डन। 
  27. Summit Magazine No. ४०, Winter २००५, पृष्ठ १२
  28. लामबर्ट, जोन (२००६)। "Portraits of the Himalayas"। ट्रुबबाडोर प्रकाशन। पृष्ठ ५१। 
  29. "Bear completes Arctic journey"। बिबिसी। १५ अगस्ट २००३। 
  30. "Bios: Bear Grylls"डिस्कभरी च्यानल 
  31. "Navigating the Backwoods with Bear Grylls"रियल वर्ल्ड सर्भाइभर (अङ्ग्रेजी भाषा)। २८ जुलाई २०१४। सङ्ग्रह मिति २५ मे २०१८ 
  32. "Dining with altitude"प्रेस सङ्घ। लन्डन। ३० जुन २००५ – द गार्जियन-को माध्यमबाट। 
  33. Grylls, Bear, "Flying Into A Dream", टेलिग्राफ; १९ मे २००७।
  34. Martin, Nicole, "Explorer hits heights with Himalayan record", टेलिग्राफ डटको डटयुके, १६ मे २००७।
  35. "Diary: From Bear" वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-२५ मिति, कुमेरू यात्रा, ६ डिसेम्बर २००८।
  36. "बेअर ग्रिल्स"। लन्डन स्पिकर ब्युरो। सङ्ग्रह मिति ९ सेप्टेम्बर २०१५ 
  37. पियो टिभी, सिट (२ मार्च २०१४)। "Things Bear Grylls Did That You Didn'T Know"। पियो टिभी। 
  38. टारा जोन (१ सेप्टेम्बर २०१५)। "Bear Grylls: Everything You Need to Know"टाइम डटकम पहुँचमिति=९ सेप्टेम्बर २०१५ 
  39. शिल्ड्स, रचेल (११ अप्रिल २०१०)। "Ice cold and waterlogged with the born survivor"द इन्डिपेन्डेन्ट। लन्डन। सङ्ग्रह मिति १० अगस्ट २०१० 
  40. ग्रिल्स, बेअर (२००८)। "Bear Grylls great outdoor adventures"। लन्डन: च्यानल ४ पुस्तक। 
  41. ग्रिल्स, Bear (२०१२)। "Mud, sweat, and tears: the autobiograph"। न्युयोर्क: विलियम मारो। पृष्ठ ४०८। 
  42. ग्रिल्स, बेअर (२०१९)। "Soul Fuel"। Grand Rapids, MI: Zondervan। 
  43. "A Survival Guide for Life: How to Achieve Your Goal, Thrive in Adversity, and Grow in Character"। न्युयोर्क: विलियम मारो। २०१२। पृष्ठ २८५। 
  44. बेअर ग्रिल्स (२०१५)। "Ghost Flight"। ओरिएन। 
  45. बेअर ग्रिल्स (२०१६)। "Burning Angels"। ओरिएन। 
  46. "Military Channel: TV Listings: Escape to the Legion"। द मिलिटरी च्यानल। २००७। सङ्ग्रह मिति १९ मे २००७ 
  47. "Escape to the Legion" च्यानल ४
  48. श्रव्य दृश्य द गार्जिएन वेबसाइट
  49. Barrett, Annie (२४ जुन २००९)। "'Man vs. Wild' returns with Bear giving himself an enema"Entertainment Weekly पहुँचमिति=२१ नोभेम्बर २०१९ 
  50. "Man vs. Wild/Guano Enema(Discovery Channel Video)"। Dsc.discovery.com। २२ डिसेम्बर २०१०। 
  51. ५१.० ५१.१ ५१.२ "Entertainment | Grylls apologises for 'fake' show"BBC News पहुँचमिति=२२ अप्रिल २०१३। १९ मार्च २००८। 
  52. BBC News, १४ मार्च २०१२, Bear Grylls sacked by Discovery Channel, bbc.co.uk; पहुँचमिति ११ नोभेम्बर २०१२।
  53. ५३.० ५३.१ Michael Roberts (७ अगस्ट २०१२)। "Gone with the Wind"Outside Magazine 
  54. "PM Modi to discuss wildlife issues in Discovery's 'Man vs Wild' episode"बिजनेस स्ट्यान्डर्ड। भारतीय प्रेस। २९ जुलाई २०१९। सङ्ग्रह मिति १० अगस्ट २०१९ 
  55. "म्यान भर्सेस वाइल्डमा मोदी, विश्वको १ सय ८० देशमा प्रसारण हुँदै"आहा खबर। सङ्ग्रह मिति २६ मे २०२० 
  56. "गोहीको नाम सुन्नेबित्तिकै रजनीकान्त भागेपछि..."नेपाली पत्र। सङ्ग्रह मिति २६ मे २०२० 
  57. "Outside Online मे २०१० Issue"। आउटसाइड अनलाइन। सङ्ग्रह मिति १७ अक्टोबर २०१२ 
  58. "TBS will bow 'Worst Case'.(reality show 'Worst-Case Scenario')(Brief Article)"। २० मार्च २००२। 
  59. "Bear's Wild Weekend...C४"ब्रोडकास्ट। २२ डिसेम्बर २०११। 
  60. जाडे ब्रेम्नर (४ डिसेम्बर २०१३)। "Stephen Fry to join Bear Grylls on a Wild Weekend"रादियो टाइक्स 
  61. "'Man Vs. Wild' Preview: Guest Adventurer Jake Gyllenhaal's Insurance Company Will Freak Out (Video)"द हलिउड रिपोर्टर (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ५ फेब्रुअरी २०१७ 
  62. "Bear's Wild Weekend With Ben Stiller – review: Action Man meets wilderness wannabe on the Isle of Skye"द गार्नजियन (अङ्ग्रेजी भाषा)। ११ डिसेम्बर २०१४। सङ्ग्रह मिति ५ फेब्रुअरी २०१७ 
  63. "Camp, American Ninja Warrior, Save Me, Get Out Alive: NBC Announces Premieres | canceled + renewed TV shows"। टिभी सेरिज फिनाले पहुँचमिति=८ मे २०१३। १६ अप्रिल २०१३। 
  64. रिक किसेल (१५ अप्रिल २०१३)। "NBC to Air 'Bear Grylls', 'American Ninja Warrior' on Mondays"भेराइटी। सङ्ग्रह मिति ८ मे २०१३ 
  65. अमान्डा (६ नोभेम्बर २०१३)। "Bear Grylls is Back on Discovery Channel in 'Bear Grylls: Escape From Hell'"द नम्बर 
  66. सारा बिबेल (२८ अप्रिल २०१५)। "NBC Reveals the Cast of New Reality Series 'The Island'"टिभी बाई द नम्बर 
  67. रिता शेरो (२७ जुलाई २०१४)। "Zac Efron, Channing Tatum and Ben Stiller are 'Running Wild With Bear Grylls' starting Monday on NBC"तुल्सा वर्ल्ड 
  68. डगलस कब (२८ जुलाई २०१४)। "Running Wild With Bear Grylls: ४८ Hours With Zac Efron"द गार्जियन लिबर्टी भ्वाइस 
  69. रनिङ वाइल्ड विथ बेअर ग्रिल्स, एनबिसी; पहुँचमिति १५ अगस्ट २०१५।
  70. जोन प्लुङ्केट (२७ जनवरी २०१५)। "Bear Grylls pushes celebrities to the limit in Mission Survive"द गार्नियन पहुँचमिति=१२ फेब्रुअरी २०१५ 
  71. "Bear Grylls' 'Mission Survive' returning for second series", आइटिभी; पहुँचमिति १५ अगस्ट २०१५।
  72. बेअर ग्रिल्स सर्भाइभल स्कुल वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१९ मिति, itv.com; पहुँचमिति १५ अगस्ट २०१५।
  73. Bear Grylls to front Citv adventure show, डिजिटल स्पाई डटको डटयुके; पहुँचमिति २१ अगस्ट २०१५।
  74. 国外। "贝爷的求生学校 第१季२०१८ 纪录片 国外 播放源:"播放 (चिनियाँ भाषा)। सङ्ग्रह मिति २६ मे २०२० 
  75. 里尔斯। "贝尔·格里尔斯"बायक डटकम (चिनियाँ भाषा)। सङ्ग्रह मिति २६ मे २०२० 
  76. "Bear's Mission Series and Episode Guides | TV from RadioTimes"रेडियो टाइक्स (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति १६ जनवरी २०१८ 
  77. Pugh, Oliver, "Grylls puts on his woggle and scouts out a new challenge" Independent.co.uk, १८ मे २००९.
  78. Quinn, Ben, "Survivalist Bear Grylls named as new Chief Scout" Guardian.co.uk, १७ मे २००९.
  79. "Bear Grylls announced as new Chief Scout", Scouts.org.uk, १७ मे २००९.
  80. "Bear Grylls to stay on as Chief Scout until २०१८"बालचर सङ्घ। ९ अप्रिल २०१५। 
  81. "Bear Grylls on the merits of being Chief Scout"द टेलिग्राफ बेलायत। ५ जुन २०१५। सङ्ग्रह मिति १३ जुन २०१५ 
  82. "BMF teams up with Bear Grylls and rebrands as 'Be Military Fit'"लिजर अपरचुनेटिस। २७ सेप्टेम्बर २०१८। सङ्ग्रह मिति २ अक्टोबर २०१८ 
  83. "British Military Fitness becomes Be Military Fit with Bear Grylls"बि मिलिटर फिट डटकम। सङ्ग्रह मिति २ अक्टोबर २०१८ 
  84. मार्क हुकहाम, निकोलस हेलेन र (३० सेप्टेम्बर २०१८)। "Bear Grylls gets military fitness firm in shape by shedding British connection"द सन्डे टाइम्स। सङ्ग्रह मिति २ अक्टोबर २०१८ 
  85. "BMF teams up with Bear Grylls and rebrands as 'Be Military Fit'"स्वास्थ्य व्यवस्थापन। २७ सेप्टेम्बर २०१८। सङ्ग्रह मिति ४ अक्टोबर २०१८ 
  86. मर्री नोर्टन (२० अक्टोबर २००५)। "Fancy An Adventure"। वेट चाट्स। सङ्ग्रह मिति १९ मे २००७ 
  87. "द आइल्यान्ड विथ बेअर ग्रिल्स"न्युजिल्यान्ड दूरदर्शन। सङ्ग्रह मिति ३ डिसेम्बर २०१५ 
  88. "Bear Grylls - Global Angels Global Angels"। ग्लोबल एन्जल्स पहुँचमिति=९ सेप्टेम्बर २०१५। 
  89. "Patrons & Ambassadors - Who We Are - Care For Children - Family प्रथम in Asia"केयर लर चिल्ड्रेन। सङ्ग्रह मिति ७ डिसेम्बर २०१६ 
  90. "The celebrities that support Brexit (and the ones backing Remain)"द इन्डिपेन्डेन्ट पहुँचमिति=२७ नोभेम्बर २०१८ (अङ्ग्रेजी भाषा)। 
  91. डिर्ड्रे फालभेरी (९ जनवरी २०२०)। "Bear Grylls's Dublin surprise: He's Irish, and he has the passport to prove it"द आइरिस टाइम्स। सङ्ग्रह मिति १० जनवरी २०२० 
  92. "The London Gazette" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ८ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बालचर सङ्घ
पूर्वाधिकारी
पिटर डुनकन
संयुक्त अधिराज्य र संयुक्त अधिराज्यद्वारा शासित क्षेत्रहरूको प्रमुख बालचर
सन् २००९–हाल
बहालवाला