सामग्रीमा जानुहोस्

बङ्गलादेशका राष्ट्रपतिहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गलादेशका राष्ट्रपतिहरूको पूर्ण सूचीमा (बङ्गाली: বাংলাদেশের রাষ্ট্রপতিদের তালিকা), (उच्चारण:बाङ्लादेशेर राष्ट्रोपोतिदेर तालिका) सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता घोषणापछि बङ्गलादेशका राष्ट्रपतिको रूपमा शपथ लिएका व्यक्तिहरू समावेश छन्।[]

राष्ट्रपतिको सिलमोहर (बायाँ) र राष्ट्रपतिद्वारा प्रयोग गरिने झण्डा (दायाँ)
  • माथिल्लो बायाँ: शेख मुजिबुर रहमान, बङ्गलादेशका प्रथम राष्ट्रपति। उनी १७ अप्रिल १९७१ देखि १२ जनवरी १९७२ सम्म र २५ जनवरी १९७५ देखि १५ अगस्ट १९७५ सम्म राष्ट्रपति थिए।
  • माथिल्लो दायाँ: जियाउर रहमान,

बङ्गलादेशका जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने प्रथम राष्ट्रपति। उनी २१ अप्रिल १९७७ देखि ३० मे १९८१ सम्म देशको राष्ट्रपति थिए।

  • तल्लो बायाँ: हुसेन मुहम्मद एरशाद, उनी बङ्गलादेशका जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने अन्तिम राष्ट्रपति थिए। उनी ११ डिसेम्बर १९८३ देखि ६ डिसेम्बर १९९० सम्म राष्ट्रपति थिए जसको शासनकाललाई तानाशाही भनिन्थ्यो।
  • तल्लो दायाँ: अब्दुल हमिद, सबैभन्दा लामो समयसम्म राष्ट्रपतिको पदमा रहने राष्ट्रपति। उनी १४ मार्च २०१३ देखि २४ अप्रिल २०२३ सम्म राष्ट्रपति थिए।

बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमान पछि राष्ट्रपतिको पद सम्हालेका आउँदा राष्ट्रपतिहरूका लागि विश्वव्यापी रूपमा स्वीकृत प्राप्त गरेका तथा पछ्याइएका कुनै सङ्ख्या प्रणाली लागु गरिएको छैन। विभिन्न स्रोतहरूले विभिन्न तरीकाले राष्ट्रपतिहरू कतिपटक राष्ट्रपति बने भन्ने सङ्ख्या गणना गर्न सक्छन्। उदाहरणका लागि ए.क्यु.एम बदरुद्दोजा चौधुरीले एकपटक मात्र राष्ट्रपति पद सम्हालेका थिए तर सरकारी प्रकाशनहरूले उनलाई ४ पटक राष्ट्रपतिको रूपमा उल्लेख गरेका थिए। सन् २०१८ मा बिडिनिउज २४ मा प्रकाशित सूची देशको निर्वाचन समितिले दिएको बयानसँग मेल खान्छ जसमा आब्दुल हामिदलाई २०औँ राष्ट्रपति बनाइएको थियो भन्ने कुरा उल्लेख गरिएको छ भने उनी सन् २०१३ मा पहिलो पटक निर्वाचित भए पनि राष्ट्रपतिको आफ्नै आधिकारिक वेबसाइटमा २०१६ मा प्रकाशित सूचीको सङ्ख्याको विपरित छ। सन् २०१८ मा बङ्गलादेश उच्च आयोग, सिङ्गापुरले उनलाई २२औँ राष्ट्रपतिको रूपमा सूचीकृत गरेको थियो। बङ्गलादेशको डेली स्टार रेकर्ड गरेको पत्रिकाले विगतका राष्ट्रपतिहरू सम्बन्धी अन्य प्रतिवेदनहरू दुबै सूचीसँग मेल खाँदैन।

राजनीतिक दल

      अवामी लिग
      बङ्गलादेश जातीयतावादी दल
      जातीय पार्टी
      निर्दलीय

राष्ट्रपतिहरूको तालिका

[सम्पादन गर्नुहोस्]

अस्थायी बङ्गलादेश सरकार (सन् १०७१-१९७२)

[सम्पादन गर्नुहोस्]
दल चित्र ना
(जन्म-मृत्यु)
निर्वाचन शासनकाल दल
पदभार ग्रहण पद परित्याग शासनकाल
शेख मुजिबुर रहमान
(सन् १९२०-१९७५)[]
१७ अप्रिल १९७१ १२ जनवरी १९७२ २७० दिन बङ्गलादेश अवामी लिग
सैयद नजरुल इस्लाम
(सन् १९२५-१९७५)[]
१७ अप्रिल १९७१ १२ जनवरी १९७२ २७० दिन बङ्गलादेश अवामी लिग

बङ्गलादेश (सन् १९७२-हाल)

[सम्पादन गर्नुहोस्]
दल चित्र नाम
(जन्म-मृत्यु)
निर्वाचन शासनकाल राजनीतिक दल
पदभार ग्रहण पद परित्याग शासनकाल
आबु साइद चौधुरी
(सन् १९२१–१९८७)
१२ जनवरी १९७२ २४ डिसेम्बर १९७३ १ वर्ष, ३४६ दिन बङ्गलादेश अवामी लिग
मोहम्मदउल्लाह
(सन् १९२१–१९९९)
२४ डिसेम्बर १९७३ २७ जनवरी १९७४ १ वर्ष, ३२ दिन बङ्गलादेश अवामी लिग
सन् १९७४ २७ जनवरी १९७४ २५ जनवरी १९७५
(१) शेख मुजिबुर रहमान
(सन् १९२०-१९७५)
२५ जनवरी १९७५ १५ अगस्ट १९७५
(हत्या)
२०२ दिन कृषक श्रमिक अवामी लिग
खन्दोकार मोस्ताक अहमद
(१९१८–१९९६)
१५ अगस्ट १९७५ ६ नोभेम्बर १९७५
(पदच्युत)
८३ दिन बङ्गलादेश अवामी लिग
आबु सादात मोहम्मद सायेम
(सन् १९१६–१९९७)[]
६ नोभेम्बर १९७५ २१ अप्रिल १९७७ १ वर्ष, १६६ दिन बङ्गलादेश अवामी लिग
जियाउर रहमान
(१९३६–१९८१)[]
सन् १९७७
१९७८[]
२१ अप्रिल १९७७ ३० मे १९८१
(हत्या)
४ वर्ष, ३९ दिन बङ्गलादेश सशस्त्र सैनिक/
बङ्गलादेश जातीयतावादी दल
अब्दुस सात्तार)
(सन् १९०६–१९८५)
३० मे १९८१ २० नोभेम्बर १९८१ २९८ दिन बङ्गलादेश जातीयतावादी दल
१९८१[] २० नोभेम्बर १९८१ २४ मार्च १९८२
(पदच्युत)
पद रिक्त (२४ – २७ मार्च १९८२)[]
आफम आहसानउद्दिन चौधुरी
(सन् १९१५–२००१)
२७ मार्च १९८२ १० डिसेम्बर १९८३ १ वर्ष, २५८ दिन स्वतन्त्र
हुसेन मुहम्मद एरशाद
(सन् १९३०–२०१९)[]
सन् १९८५
१९८६[]
११ डिसेम्बर १९८३ ६ डिसेम्बर १९९० ६ वर्ष, ३६० दिन बङ्गलादेश सशस्त्र सैनिक/
जातीय पार्टी
साहाबुद्दिन अहमद
(सन् १९३०-२०२२)
६ डिसेम्बर १९९० १० अक्टोबर १९९१ ३०८ दिन स्वतन्त्र
१० अब्दुर रहमान विश्वास
(सन् १९२६–२०१७)
सन् १९९१ १० अक्टोबर १९९१ ९ अक्टोबर १९९६ ४ वर्ष, ३६५ दिन बङ्गलादेश जातीयतावादी दल
११ साहाबुद्दिन अशमद
(सन् १९३०-२०२२)
१९९६ ९ अक्टोबर १९९६ १४ नोभेम्बर २००१ ५ वर्ष, ३६ दिन स्वतन्त्र
१२ एक्युएम बदरुद्दोजा चौधुरी
(जन्म १९३२)
सन् २००१ १४ नोभेम्बर २००१ २१ जुन २००२ २१९ दिन बङ्गलादेश जातीयतावादी दल
जमिरउद्दिन सरकार
(जन्म १९३१)
२१ जुन २००२ ६ सेप्टेम्बर २००२ ७७ दिन बङ्गलादेश जातीयतावादी दल
१३ इयाजउद्दिन अहमद
(सन् १९३१–२०१२)
सन् २००२ ६ सेप्टेम्बर २००२ १२ फेब्रुअरी २००९ ६ वर्ष, १५९ दिन स्वतन्त्र
१४ जिल्लुर रहमान
(सन् १९२९–२०१३)
सन् २००९ १२ फेब्रुअरी २००९ २० मार्च २०१३
(पदमा रहँदा मृत्यु भएको)
४ वर्ष, ३६ दिन बङ्गलादेश अवामी लिग
१५ अब्दुल हमिद
(जन्म; १९४४)[]
१४ मार्च २०१३ २४ अप्रिल २०१३ १० वर्ष, ४१ दिन बङ्गलादेश अवामी लिग
सन् २०१३ २४ अप्रिल २०१३ २४ अप्रिल २०१८
सन् २०१८ २४ अप्रिल २०१८ २४ अप्रिल २०२३
१६ मोहम्मद साहाबुद्दिन
(जन्म: १९४९)
सन् २०२३ २४ अप्रिल २०२३ हाल १ वर्ष, २३३ दिन बङ्गलादेश अवामी लिग
  1. सन् १९७२ जनवरीसम्म उनी पाकिस्तानको कारागारमा बन्द थिए।
  2. शेख मुजिबुर रहमानको सट्टामा
  3. उनी प्रमुख सैनिक कानुन प्रशासक पनि थिए (२४ अगस्ट १९७५ – ४ नोभेम्बर १९७५ , ७ नोभेम्बर १९७५ – २९ नोभेम्बर १९७६)।
  4. उनी प्रमुख सैनिक कानुन प्रशासक पनि थिए (२९ नोभेम्बर १९७६ – ६ अप्रिल १९७९)।
  5. ५.० ५.१ ५.२ उद्दरण त्रुटी: अवैध <ref>चिनो; प्रत्यक्ष निर्वाचन नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. यस अवधिमा बङ्गलादेशका सेनाप्रमुख हुसेन मुहम्मद एरशादले सैन्य कानुन प्रशासक र राष्ट्रप्रमुखको रूपमा सेवा गरेका थिए।
  7. सन् १९८४ मार्च ३० सम्म मुख्य सैन्य कानुन प्रशासकको रूपमा काम गरेको
  8. सन् २०१३ मार्च २० सम्म कामचलाउ राष्ट्रपतीको रूपमा सेवारत

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "সাবেক রাষ্ট্রপতিগণ", রাষ্ট্রপতির কার্যালয়-বঙ্গভবন, ४ सेप्टेम्बर २०१८, मूलबाट ३० जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०२१