दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानजोनाथन भनदियार
प्रशिक्षकरे जेनिङ्ग्स
टिम जानकारी
१९९५
आधिकारिक वेबसाइट:http://www.cricket.co.za/

दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने गर्दछ । यो दक्षिण अफ्रिका क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । दक्षिण अफ्रिकाले सन् १९९५ देखि अन्डर-१९ टेस्ट म्याच खेल्दै आएको छ । अन्डर-१९बाट खेल सुरूवात गरेका खेलाडीहरू वाएन पार्नेल, निल म्याकेन्जी, एबी डि भिलियर्स, मार्क बाउचर, मखाया एनटिनीले टिमको प्रतिनिधित्व अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीबाट गरिसकेका छन् । यस टिमले सन् २०१५ अगस्ट सम्म ५५ म्याच खेलिसकेको छ । यस टिमको जित प्रतिशत ७१.०७% रहेको छ ।[१][२]

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया
१९९८  दक्षिण अफ्रिका ३औँ
२०००  श्रीलङ्का ९औँ
२००२  न्युजिल्यान्ड उप-विजेता
२००४  बङ्गलादेश ७औँ
२००६  श्रीलङ्का ११औँ
२००८  मलेसिया उप-विजेता
२०१०  न्युजिल्यान्ड ५औँ
२०१२  अस्ट्रेलिया ३औँ
२०१४  संयुक्त अरब इमिरेट्स विजेता
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]