दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
स्वरूप
(दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमबाट अनुप्रेषित)
टीम विवरण | |
---|---|
कप्तान | जोनाथन भनदियार |
प्रशिक्षक | रे जेनिङ्ग्स |
टिम जानकारी | |
१९९५ | |
आधिकारिक वेबसाइट: | http://www.cricket.co.za/ |
दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने गर्दछ । यो दक्षिण अफ्रिका क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । दक्षिण अफ्रिकाले सन् १९९५ देखि अन्डर-१९ टेस्ट म्याच खेल्दै आएको छ । अन्डर-१९बाट खेल सुरूवात गरेका खेलाडीहरू वाएन पार्नेल, निल म्याकेन्जी, एबी डि भिलियर्स, मार्क बाउचर, मखाया एनटिनीले टिमको प्रतिनिधित्व अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीबाट गरिसकेका छन् । यस टिमले सन् २०१५ अगस्ट सम्म ५५ म्याच खेलिसकेको छ । यस टिमको जित प्रतिशत ७१.०७% रहेको छ ।[१][२]
अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन
[सम्पादन गर्नुहोस्]वर्ष | आयोजक | नतिजा |
---|---|---|
१९८८ | अस्ट्रेलिया | |
१९९८ | दक्षिण अफ्रिका | ३औँ |
२००० | श्रीलङ्का | ९औँ |
२००२ | न्युजिल्यान्ड | उप-विजेता |
२००४ | बङ्गलादेश | ७औँ |
२००६ | श्रीलङ्का | ११औँ |
२००८ | मलेसिया | उप-विजेता |
२०१० | न्युजिल्यान्ड | ५औँ |
२०१२ | अस्ट्रेलिया | ३औँ |
२०१४ | संयुक्त अरब इमिरेट्स | विजेता |
२०१६ | बङ्गलादेश |