युफोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाक टेलिकम मोबाइल लिमिटेड
युफोन
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगदूरसञ्चार
विधासहायक कम्पनी
स्थापित२९ जनवरी २००१
स्थापनाकर्तापाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
केन्द्रीय कार्यालययुफोन टावर, ,
सेवा क्षेत्र
२,३३६ सहरहरूमा
मुख्य व्यक्ति
राशिद खान, कार्यकारी अधिकृत
उत्पादनहरू'प्रि पे, पोष्ट पे, युपैसा[१]
राजश्ववृद्धि २५ बिलियन पारू (२०१२).[२]
परिचालन आय
२५ बिलियन पारू (२०१२)
२.५ बिलियन पारू (२०१२)
मालिकएटिसलात[१]
मूल सङ्गठनपाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
वेबसाइटयुफोन.कम

पाक दूरसञ्चार मोबाइल लिमिटेड वा युफोन (उर्दु: یوفون) एक पाकिस्तानी जिएसएम सेवा प्रदायक हो। यो पाकिस्तानी बजारमा प्रवेश गर्न तेस्रो मोबाइल सञ्चालक थियो। यो २९ जनवरी २००१ मा पाकिस्तानको इस्लामाबादमा युफोनको ब्रान्ड नामले यसको सञ्चालन सुरु गरिएको थियोे।

पाक टेलिकम मोबाइल लिमिटेड, पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको एक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। पीटीसीएल वा पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको निजीकरण पछि युफोन सन् २००६ मा एटिसलातको एक भाग बनेको थियोे।

युफोन सबैभन्दा सानो जीएसएम मोबाइल सेवा प्रदायक हो र यसका अरूका तुलनामा सबैभन्दा थोरै, २१ मिलियन[३] प्रयोगकर्ताहरू रहेका छन् । सबै चार मोबाइल सञ्चालकहरू भन्दा कम यसले १३ % बजार साझेदारी गरेको छ।

युफोनले रसिद खानलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको थियोे। जुन २००८ देखि २०१४ सम्म मोबिलिङ्क (हाल जज्) को प्रमुख कार्यकारी अधिकृत थिए।

यूफोनले १०,००० ठाउँहरूमा र पाकिस्तानका सबै प्रमुख राजमार्गहरूमा सेवा पुर्‍याएको छ। यूफोनले अन्तर्राष्ट्रिय रोमिङको लागि १६० भन्दा बढी देशहरूमा २८८ भन्दा बढी इजाजत प्राप्त सञ्चालकहरू सँग उपलब्ध गराएको छ। युफोनले पाकिस्तानको सबैभन्दा छिटो बढ्दो ३ जी नेटवर्क पनि प्रदान गर्छ, र ब्ल्याकबेरी रोमिङ १२२ देशहरूमा २०० भन्दा बढी प्रत्यक्ष सञ्चालकहरूसँग उपलब्ध छ। युफोनले सन् २०१४ मा पाकिस्तानको एक प्रमुख सहर गुजराणवालामा ३ जी सेवा सञ्चालनमा ल्याएको थियो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

इस्लामाबादमा युफोनको मुख्यालय

कम्पनीले २९ जनवरी २००१ मा इस्लामाबाद शहरबाट युफोनको ब्रान्ड नाममा आफ्नो सेवा सञ्चालन गरेको थियोे । युफोन सन् २००६ मा संयुक्त अरब इमिरेट्सको दूरसञ्चार निगम समूह (एटिसलात) को एक प्रमुख भाग बनेको थियोे ।

रेडियो आवृत्ति सारांश[सम्पादन गर्नुहोस्]

आवृत्ति प्रोटोकुल ब्याण्ड क्लास च्यानल चौडाइ
९०० मेगाहर्ज जिएसएम/जिपिआरएस/एज २ जी ७.६ मेगाहर्ज
१८०० मेगाहर्ज जिएसएम/जिपिआरएस/एज २ जी ६ मेगाहर्ज
९०० मेगाहर्ज युएमटिएस/एचएसडिपिय/एचएसपिए+ ३ जी ५ मेगाहर्ज
२१०० मेगाहर्ज युएमटिएस/एचएसडिपीए/एचएसपीए+ ३ जी ५ मेगाहर्ज

युफोनले २०१४ को सुरुमा आयोजित एनजीएमएस लिलाममा २१०० मेगाहर्ज स्पेक्ट्रमको ५ मेगाहर्ज ब्लकमा बोली दिएको थियो । तथापि बढ्दो माग र ब्यान्ड चौडाइको कमीका कारण डिसेम्बर २०१६ मा, युफोनले आफ्नो ९०० मेगाहर्ज २ जी सञ्जालको भाग ३ जी (एचएसपीए) मा नै झार्ने निर्णय गरेको थियोे । हनल नेटवर्कमा बढ्दो चापको सामना गर्न दुई आवृत्तिहरूमा ३ जी सेवा प्रदान गर्दै आईरहेको छ । युफोनले मात्र ९०० मेगाहर्ज स्पेक्ट्रमकोसाथ कराची, लाहोर, रावलपिंडी / इस्लामाबाद, अबोटाबाद, शेइखपुरा र सियालकोट लगायतका शहरहरूमा पुन सेवा सञ्चालन गरेको छ ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

युफोनले सन् २०१२ मा पाकिस्तान विज्ञापनदाता समाज द्वारा आयोजित, पिएएस अवार्ड्स कार्यक्रममा सर्वश्रेष्ठ दूरसञ्चार सेवा प्रदायकको पुरस्कार जितेको थियोे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ http://pakistannn.com/2017/04/19/ufone-call-packages/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-३० मिति
  2. "यूफोन राजस्वमा ६% वृद्धि", द न्युज ट्राइब डटकम  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-१४ मिति
  3. "पाकिस्तानमा १३६.५ मिलियन मोबाइल प्रयोगकर्ता पुगेका छन्", प्रोपाकिस्तानि डट पिके 
  4. "गुजराणवालामा ३ जी", सिम्स पिके, अन्तिम पहुँच १३ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट