रसबरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रसबरी
ओडिशाको पहला रसगोला (बायाँ) र बङ्गाली रोसोगोल्लाहरू पश्चिम बङ्गाल (दायाँ)
वैकल्पिक नामहरूरसगुल्ला, रसभरी
परिकारमिठाई
उत्पत्ति स्थानभारतीय उपमहाद्वीप
क्षेत्र वा राज्यओडिशापश्चिम बङ्गाल
खान उपयुक्ततातो, चिसो, वा कोठाको तापक्रम
मुख्य सामग्रीहरूछेना

रसबरी, रसगुल्ला तथा रसभरी[१][२] यो भारतीय उपमहाद्वीपको बङ्गाल तथा ओडिशा क्षेत्रको एक लोकप्रिय मिठाई हो। यो मिठाई छेना र सूजीको आटाको गोलो आकारको पकौडाबाट बनेको हुन्छ भने यसलाई चास्नीमा हालेर यसभित्र गुलियो रस भरिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो मिठाई पूर्वी भारतीय उपमहाद्वीपमा उत्पत्ति भएकोमा लगभग सार्वभौमिक रूपमा सहमति भएता पनि यसको उत्पत्तिको सही स्थान पश्चिम बङ्गाल, बङ्गलादेशओडिशा जस्ता स्थानहरू बीच विवादित छ। यो मिठाई जगन्नाथ मन्दिरमा प्रसादको रूपमा चढाउने गरिएको आकलन गरिन्छ।[१] ओडिशाका इतिहासकारहरूका अनुसार रसगुल्ला पुरीमा खिरा मोहनाको रूपमा उत्पत्ति भएको थियो, जुन पछि पहला रसगुल्लाको रूपमा विकसित भयो।[३]

स्पन्ज जस्तै सेतो रसगुल्ला हालको पश्चिम बङ्गालमा सन् १८६८ मा कोलकाताका नोबिन चन्द्र दास नामक मिठाई व्यवसायीले ल्याएको मानिन्छ।[४][५]

तयारी[सम्पादन गर्नुहोस्]

रसगुल्ला तयार गर्न छेनाको मिश्रणलाई सानो गोला आकारको बनाइन्छ। यी डल्लोहरू तयार भइसकेपछि चास्नीमा राखिन्छ। यसलाई प्रेसर कुकर वा ओभन प्रयोग गरेर पनि तयार गर्न सकिन्छ। स्वाद अनुसार वा थप स्वाद बढाउन यसमा गुलाबजलको एक थोपा प्रयोग गर्न सकिन्छ।[६][७][८]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "रसभरी कसको ? भारतका दुई राज्यबीच मच्चियो विवाद", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१४ 
  2. "पहिलोपटक रसभरी भित्र्याउने महाराजजीका नाती गोपाल, भन्छन् 'राणाहरुले त्यसबेला दरबारमा मात्र रसभरी बेच्न सक्ने निर्णय गरिदिएका थिए रे'", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१४ 
  3. Mitra Bishwabijoy (६ जुलाई २०१५), "Who invented the rasgulla?", Times of India, अन्तिम पहुँच २ अगस्ट २०१५ 
  4. Subodh Chandra, Sengupta, सम्पादक (१९७६), Samsad Bangla Charitabhidhan (1st संस्करण), Kolkata: Sahitya Samsad, पृ: २४०, अन्तिम पहुँच २३ फेब्रुअरी २०१८ 
  5. Ghosh, Bishwanath (१५ नोभेम्बर २०१४), "Kolkata Chromosome: Like KC for 'rossogolla'", mint (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ सेप्टेम्बर २०२० 
  6. Lois Sinaiko Webb (१ जनवरी २०००), Multicultural Cookbook of Life-cycle Celebrations, ABC-CLIO, पृ: 309–, आइएसबिएन 978-1-57356-290-4 
  7. Lois Sinaiko Webb (१ जनवरी २०००), Multicultural Cookbook of Life-cycle Celebrations, ABC-CLIO, पृ: 309–, आइएसबिएन 978-1-57356-290-4 
  8. Tarla Dalal (२००६), Low Calorie Sweets, Sanjay & Co, पृ: 42–, आइएसबिएन 978-81-89491-34-5