चितवन–२ उपनिर्वाचन, २०८०
| ||||||||||
प्रतिनिधि सभाको चितवन निर्वाचन क्षेत्र नं. २ | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
| ||||||||||
बागमती प्रदेशमा चितवन २ | ||||||||||
|
वि.सं. २०८० वैशाख १० मा नेपालको चितवन निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन सम्पन्न भएको थियो।[१][२] राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछाने सांसद पद खारेज भएपछि उक्त रिक्त रहेको स्थानमा उप-निर्वाचन भएको थियो।[३] यस उपनिर्वाचनमा रवि लामिछाने ५४,१७५ मत सहित पुन: निर्वाचित भएका थिए जहाँ उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस जीतनारायण श्रेष्ठले ११,११४ मत प्राप्त गरेका थिए भने नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले १०,९३६ मत प्राप्त गरेका थिए।[४]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]वि.सं. २०७९ मा पहिलो पटक निर्वाचित लामिछाने वि.सं. २०७९ पौष ११ देखि माघ १३ सम्म उपप्रधान तथा गृहमन्त्री थिए। त्यसपछि सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्त गर्ने बेला उचित प्रक्रिया पालना नगरेकाले उनी कानुनी रूपमा नेपाली नागरिक नरहेको फैसला गरेपछि लामिछानेलाई सबै निर्वाचित पदबाट हटाइएको थियो।[५] पुनः नेपाली नागरिकता लिएका उनले उपनिर्वाचनमा उम्मेदवारी दिएका थिए।[६][७]
२०७९ चुनावी परिणाम
[सम्पादन गर्नुहोस्]उम्मेदवार | दल | मत | % | |
---|---|---|---|---|
रवि लामिछाने | राष्ट्रिय स्वतन्त्र पार्टी | ४९,३०० | ६१.०५ | |
उमेश श्रेष्ठ | नेपाली कांग्रेस | १४,९८८ | १८.५६ | |
कृष्णभक्त पोखरेल | नेकपा (एमाले) | १४,६५२ | १८.१४ | |
अन्य | १,८१३ | २.२५ | ||
जम्मा | ८०,७५३ | १०० | ||
बहुमत | ||||
राष्ट्रिय स्वतन्त्र पार्टी जीत | ||||
स्रोत: [८] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रेस विज्ञप्ति - २०७९.१०.२९ चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन सम्बन्धमा", Election Commission, Nepal (नेपालीमा), अन्तिम पहुँच १३ फेब्रुअरी २०२३।
- ↑ "By-election in Chitwan-2 scheduled for April 23", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३।
- ↑ "Supreme Court annuls Rabi Lamichhane’s status as lawmaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३।
- ↑ "चितवन २ : सानदार मतसहित रवि लामिछाने निर्वाचित" (नेपालीमा), अन्तिम पहुँच १२ वैशाख २०८०।
- ↑ "Court strips Lamichhane of all posts over citizenship", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३।
- ↑ "Rabi Lamichhane reacquires citizenship certificate", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३।
- ↑ "चितवन–२ को उपचुनावमा रवि उम्मेदवार हुन पाउँछन् ?", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०२-१३।
- ↑ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal।