भुटानी साहित्य
भुटानी साहित्य प्राय नेपाली भाषा र भुटानमा जोङ्खालगायत भाषाहरूमा लेखिने गरिन्छ। लेखित साहित्य सन् १९५० भन्दा पुरानो नभए पनि पहिलाको भुटानी साहित्य धार्मिक विषयहरूको बारेमा तिब्बती भाषामा लेखिने गरिन्थियो। आजकल लोककथाहरूको विषय पनि धेरै देखिन्छ।
विकास[सम्पादन गर्नुहोस्]
भुटानमा साहित्यको इतिहास सन् १९५० मा सुरु हुन्छ। यो लोककथाले भरिपूर्ण छ, तर किताब पढ्ने चलन नभएका कारण अन्य भाषिक साहित्यको तुलनामा यो निकै बिस्तारै बढिरहेको छ।[१] नयाँ लेखकहरू लघुकथा र कविता लेख्नमा बढी व्यस्त छन्।[२] परम्परागत भुटानी साहित्यमा बौद्ध शिक्षामा केन्द्रित थिए, [२][३] र जे खेनपोस र ड्रुक देसिसको जीवनी लेख्ने समृद्ध परम्परा थियो।[४]
भाषाहरू[सम्पादन गर्नुहोस्]
भुटानमा १८ विभिन्न भाषाहरू मध्ये मात्र जोङ्खाको मूल साहित्यिक परम्परा छ। अन्य साहित्यिक भाषाहरू नेपाली र लेप्चा हुन। पश्चिमी भुटानमा प्रमुख भाषा जोङ्खा हो, पूर्वमा त्साङ्ला र दक्षिणी बेल्टमा यो नेपाली हो। अन्य धेरै महत्त्वपूर्ण क्षेत्रीय भाषाहरू पनि अवस्थित छन्।[५]
नेपाली साहित्य[सम्पादन गर्नुहोस्]
सन् १९६२ मा भुटानले भारतको कालिम्पोङको माडी प्रिन्टिङ प्रेसबाट कुएनसेल नामक पत्रिका प्रकाशन गर्न थाल्यो र भुटानमा नेपाली साहित्यलाई आफ्नो क्षेत्र फराकिलो बनाउने अवसर प्राप्त भयो। त्यसबेला खासगरी कालिम्पोङ र दार्जिलिङका लेखकहरूले लेखेका नेपाली कथा र लेखहरू कुनसेलमा प्रकाशित हुन्थ्यो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- भुटानी नेपाली साहित्य
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Bhutanese literature: Rich oral tradition, but few writers (Feature)", Business Standard India, ३१ मे २०१४, अन्तिम पहुँच १५ जुन २०२०।
- ↑ २.० २.१ Gyeltshen, Tshewang, "Bhutanese literature Now and Before: Critical Review with Analytical differences." (अङ्ग्रेजीमा), पृ: २, अन्तिम पहुँच १६ जुन २०२०।
- ↑ "Bhutanese literature - Chinese Buddhist Encyclopedia", www.chinabuddhismencyclopedia.com, अन्तिम पहुँच २७ डिसेम्बर २०२०।
- ↑ "Types And Values Of Bhutanese Literature | Buddhist Texts | Bhutan", Scribd (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०४।
- ↑ van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: SOAS, मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८। वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०१ मिति