सामग्रीमा जानुहोस्

भुटानी साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुटानी लेखक कुन्जाङ चोदेन

भुटानी साहित्य प्रायः नेपाली र भुटानमा जोङ्खा लगायतका भाषाहरूमा लेखिने गरिन्छ। लिखित साहित्य सन् १९५० भन्दा पुरानो नभए पनि पहिलाको भुटानी साहित्य धार्मिक विषयहरूको बारेमा तिब्बती भाषामा लेखिने गरिन्थ्यो। हाल लोककथाहरूको विषय पनि भुटानी साहित्यमा देखिने गरिन्छ।

विकास

[सम्पादन]

भुटानमा साहित्यको इतिहास सन् १९५० मा सुरु भएको थियो। यो लोककथाले भरिपूर्ण रहेको तर किताब पढ्ने चलन नभएका कारण अन्य भाषिक साहित्यको तुलनामा यसको विकास निकै बिस्तारै भएको थियो।[१] नयाँ लेखकहरू लघुकथा र कविता लेख्नमा बढी व्यस्त हुन्छन्।[२] परम्परागत भुटानी साहित्य बौद्ध शिक्षामा केन्द्रित थिए [२][३] र जे खेनपोस र ड्रुक देसिसको जीवनी लेख्ने समृद्ध परम्परा थियो।[४]

भाषाहरू

[सम्पादन]

भुटानमा १८ विभिन्न भाषाहरू मध्ये जोङ्खा भाषाको मात्र मूल साहित्यिक परम्परा छ। अन्य साहित्यिक भाषाहरू नेपाली र लेप्चा हुन्। पश्चिमी भुटानको प्रमुख भाषा जोङ्खा, पूर्वमा चाङ्ला र दक्षिणी भूभागमा नेपाली त्यहाँको प्रमुख भाषा हो। अन्य धेरै महत्त्वपूर्ण क्षेत्रीय भाषाहरू पनि यहाँ अस्तित्वमा रहेका छन्।[५]

नेपाली साहित्य

[सम्पादन]

सन् १९६२ मा भुटानले भारतको कालिम्पोङको माडी प्रिन्टिङ प्रेसबाट कुनसेल नामक पत्रिका प्रकाशन गर्न थाल्यो र भुटानमा नेपाली साहित्यलाई आफ्नो क्षेत्र फराकिलो बनाउने अवसर प्राप्त भयो। त्यसबेला खासगरी कालिम्पोङ र दार्जिलिङका लेखकहरूले लेखेका नेपाली कथा र लेखहरू कुनसेलमा प्रकाशित हुन्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Bhutanese literature: Rich oral tradition, but few writers (Feature)", Business Standard India, ३१ मे २०१४, अन्तिम पहुँच १५ जुन २०२०।
  2. 1 2 Gyeltshen, Tshewang, "Bhutanese literature Now and Before: Critical Review with Analytical differences." (अङ्ग्रेजीमा), पृ: २, अन्तिम पहुँच १६ जुन २०२०।
  3. ↑ "Bhutanese literature - Chinese Buddhist Encyclopedia", www.chinabuddhismencyclopedia.com, अन्तिम पहुँच २७ डिसेम्बर २०२०।
  4. ↑ "Types And Values Of Bhutanese Literature | Buddhist Texts | Bhutan", Scribd (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०४।
  5. ↑ van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: School of Oriental and African Studies, मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८। अभिलेखिकरण २०१०-११-०१ वेब्याक मेसिन