उमेश श्रेष्ठ
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
उमेश श्रेष्ठ |
---|
उमेश श्रेष्ठ नेपालका एक व्यवसायी एवं राजनीतिज्ञ हुन् । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यरामन्त्रीका रूपमा कार्यरत छन् ।[१] यसअघि उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री (नियुक्ति मितिः वि. सं. २०७८ साउन २०) थिए ।[२] उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य (कार्यकालः वि. सं. २०७४-२०७९) पनि थिए ।[३] २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत् नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका उनले संसदको आर्थिक समिति र शिक्षा तथा स्वास्थ्य समितिको सदस्य तथा विभिन्न उपसमितिको संयोजक भएर काम गरेका थिए । व्यवसायीका रुपमा उनले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष पनि हुन् ।
जन्म
[सम्पादन गर्नुहोस्]उनको जन्म भोजपुरमा भएको हो । प्रवेशिकासम्म उनले भोजपुरमै पढेका थिए ।[४]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]शिक्षा
[सम्पादन गर्नुहोस्]उनले बीए र बीएडसम्मको अध्ययन गरेका छन् ।
योगदान
[सम्पादन गर्नुहोस्]- प्याब्सनका अधक्षको रूपमा।
- लिटिल अन्जेल्स स्कुलका सस्थापक प्रिन्सिपलका रूपमा।
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेस का उम्मेदवार उमेश श्रेष्ठले चितवन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट १४,९८३[५]मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग पराजित भए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.opmcm.gov.np/
- ↑ https://www.himalkhabar.com/news/125198
- ↑ https://hr.parliament.gov.np/uploads/attachments/z3qljvte6vwen2cy.pdf
- ↑ https://www.eshikshalaya.com/detail/%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF%E0%A4%AE%E0%A4%BE-%E0%A4%89%E0%A4%AE%E0%A5%87%E0%A4%B6-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0
- ↑ "चितवन : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९।