रेणु दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणु दाहाल
भरतपुरको नगर प्रमुख
पद बहाली
सन् २०१७ अगस्ट ६
सहायकपार्वती शाह ठकुरी (नेपाली कांग्रेस)
पहिलो संविधान सभा सदस्य
कार्यकाल
सन् २००८ मे २८ – सन् २०१२ मे २७
पूर्वाधिकारी-
उतराधिकारी-
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
जन्म (1976-07-04) ४ जुलाई १९७६ (उमेर ४७)[१]
शिवनगर, चितवन, नेपाल[१]
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
जीवन साथीअर्जुन पाठक[२]
सन्तान(हरू)
अभिभावकs

रेणु दाहाल (अन्य नाम: '''ज्वाला''') भरतपुर महानगरपालिकाको प्रमुख हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी माहिली छोरी पनि हुन्।

एस.एल.सी.सम्मको औपचारिक शिक्षा लिनुभएकी ३१ वर्षीया रेणु ०५३ पछि माओवादीमा पूर्णकालीन बन्नुभएको थियो। जनयुद्धका लामो समयसम्म उहाँले भारतमा काम गर्नुभयो। उहा अखिल भारत नेपाली महिलाको अध्यक्षहुँदलै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य हुनुभयो। नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उहा काठमाडौंको सहसचिव हुनुभयो। उहाँले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गर्नुभयो। उहाँकी बहिनी गंगा (सिलगुडीमा नारायणविक्रम प्रधानसँग बिहे भएको छ)सँगै बिहे भएको थियो पूर्णकालीन भएको केही समयपछि। रेणु १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थाल्नुभएको थियो।

उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकारसम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा छ। [३]

भरतपुरको मेयर[सम्पादन गर्नुहोस्]

पहिलो कार्यकाल, २०७४-२०७९[सम्पादन गर्नुहोस्]

वि.सं. २०७४ साउन २१ गतेको निर्वाचन परिणामअनुसार महनगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीकी रेणु दाहाल र उप नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसकी पार्वती शाह विजयी भएका थिए।[४]


२०७४ को निर्वाचनमा उनले नेपाली काङ्ग्रेससँगको सहकार्यमा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दैै प्रमुख पदमा निर्वाचित भएकी थिइन्।[५]

दोस्रो कार्यकाल, २०७९-२०८४[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Renu Dahal", election2013.ujyaaloonline.com, अन्तिम पहुँच २०१९-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-११ मिति
  2. "Prachanda's daughter battles cancer in India", www.hindustantimes.com (अङ्ग्रेजीमा), २००८-११-१३, अन्तिम पहुँच २०१९-०५-२४ 
  3. संविधान सभा निर्वाचन पोर्टल
  4. "भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी"अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २०२०-१२-०९ 
  5. "भरतपुरमा रेणु दाहाल निर्वाचित"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२