वार्तालाप:नेपाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 
जनवरी ५, २०२३प्रमुख लेख उम्मेदवारनिर्वाचित

विकिपीडिया (एक स्वतन्त्र विशवकोष) भने पछि यो पृष्ठलाई सुरक्षित किन गरिएको छ। यो पृष्ठमा धेरै गल्तीहरु पाईयो। जस्तैः श्रेणीमा हेर्नुहोस् । --तुल्सी भगत (वार्तालाप) १५:५६, २१ जुलाई २०१५ (युटिसी(UTC))

गल्ती सुधार गरिनुपर्ने[सम्पादन गर्नुहोस्]

यो पृष्ठमा केही सुधार गरिनु पर्ने देखेको छु । कृपया यसलाई सुधार गरिदिनु होला या मलाई सम्पादन अनुमति दिनुहोला। र एसमा भएको "सम्पादन निवेदन गर्नुहोस्" बटनले पनि काम गरेको छैन। गल्तीहरू जस्तै प्रधानमन्त्री खड्गप्रसाद, बाग्मती सन्दिप अधिकारी (कुरा गर्ने) ०५:२७, १९ डिसेम्बर २०१६ (युटिसी(UTC))

यसको कूल क्षेत्रफल 1,47,516 km² or 56,956.25 माइल [ सार्वजनिक भएको मिति विसं 2077 जेठ 7 गते अर्थात् 2020 may 20 मन्त्रिपरिषदबाट पारित भएको मिति 2077 जेठ 5 गते अर्थात् 2020 may 18।

नेपालले विश्वको 0.03% एसियाको 0.3% & द.एसियाको 2.379% भुुुभाग ओगटेको छ। नेपालकोो अन्तराष्ट्रिय सिमाना 2926 किलोमिटर रहेको छ जसमध्ये चीनसँगको सिमानामा 1236 किलोमिटर छ भने भारतसँगको सिमाना 1690 किलोमिटर रहेको छ सन्तोस पराजुली (कुरा गर्ने) ००:१३, २१ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

धन्यवाद @Ram Prasad Joshee जि! कृपया खण्ड नेपालको नदिमा रहेको बाग्मती लाई पनि सुधार गरिदिनु होला। सन्दिप अधिकारी (कुरा गर्ने) ०७:११, २४ डिसेम्बर २०१६ (युटिसी(UTC))

सुधार गर्नुपर्ने[सम्पादन गर्नुहोस्]

यो लेखमा सुधार गर्नु पर्ने धेरै देखिन्छ । -Janak Bhatta (कुरा गर्ने) १०:४२, २८ फेब्रुअरी २०१७ (युटिसी(UTC))

७ प्रदेशहरु थप्नुपर्ने[सम्पादन गर्नुहोस्]

५ बिकाश क्षेत्रहरु रद्द भएको र प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को जानकारी थप गर्नुपर्ने । Coolboi567 (कुरा गर्ने) १२:००, १० मार्च २०१८ (युटिसी(UTC))

क्षेत्रफल र नक्शा सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नेपाल सरकारको निर्णय अनुसार नेपालको नक्शा अद्यावधिक भएको छ। यस नक्शामा समावेश गरिएको क्षेत्र पहिले भारतीय क्षेत्रमा समावेश भएको र सोही तथ्यलाई अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त छ। यस आधारमा यो क्षेत्र विवादित क्षेत्रको रूपमा गनिन्छ। मेरो व्यक्तिगत विचारमा अद्यावधिक गरिएको नक्शालाई अन्तर्राष्ट्रिय समुदायले नस्वीकारे सम्म नेपालको अद्यावधिक नक्शा र क्षेत्रफल विकिपिडियामा समावेश गर्न उपयुक्त देखिँदैन। हालाँकि यसलाई छुट्टै कुनै खण्डमा उल्लेख गर्न सकिएला।--Nirajan pant (कुरा गर्ने) १०:४१, २४ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

मित्रहरू, यो लेख मुख्यतः अंग्रेजी संस्करणको अनुवाद रहेछ। अनुवाद गर्दा इतिहासमा स्रोतलाई श्रेय दिनुपर्ने हो। युज्डटूबिकुल (कुरा गर्नुहोस्) १६:२३, ४ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

@नमस्ते Usedtobecoolज्यू, मैले यो पृष्ठ अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेको थिँए। कसरी लेखकहरूलाई श्रेय दिन सकिन्छ? धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) १८:४३, ५ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, तपाईं एतातिर सक्रिय देख्दा खुसि लाग्यो। अनुवाद पर्वत सुबेदी ज्युले पनि गर्नु भएको जस्तो लाग्यो। अनुवाद गर्दा सम्पादन सारांशमा स्रोत लेख पहिचान गर्नु पर्ने हो। पुरानो अनुवादको हकमा नयाँ सानो सम्पादन गरि त्यसको सम्पादन सारांशमा सोहि कुरा दर्ता गर्दा पुग्छ। सम्भव भए, अनुवाद सुरु गरिएको मिति अथवा सम्पादन भिन्नता समेत दर्ता गर्न सक्दा राम्रो हुञ्छ। युज्डटूबिकुल (कुरा गर्नुहोस्) १९:५९, ५ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]