अङ्गुरबाबा जोशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अङ्गुरबाबा जोशी
जन्म१५ अगस्ट १९३२
डिल्लीबजार, काठमाडौँ, नेपाल
नागरिकतानेपाल
पेशाशिक्षक, समाजिक अभियन्ता
धर्महिन्दु
जीवनसाथीबलराम जोशी
मातापिताश्री पिताम्बर प्रसाद पन्थ तथा श्रीमती दीप कुमारी पन्थ

अङ्गुरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो।[१] उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। [२]शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ [३]


शुरूवाती जीवन[सम्पादन गर्ने]

पहिलेको चलन अनुसार अङ्गुरबाबा जोशीको वाल विवाह भएको थियो। एघार वर्षको कलिलो उमेरमै ‍उनी बलराम जोशीसँग विवाह बन्धनमा बाधिएकि थिईन्। जसले गर्दा उनले विद्यालय गएर औपचारीक शिक्षा हासिल गर्ने मौका पाएकी थिईन्। तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ उनले घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरेकी थिईन्। परिवारमा विशेष गरी सासुको सहयोगले उनले घरमै स्वअध्ययनको परिणाम स्वरूप उनलाई यो सफलता मिलेको थियो। सन् १९४८ मा श्रीमान–श्रीमतीले सँगै एसएलसी दिएका थिए।[४] श्रीमान बोर्डमा परे, उनी दोस्रो श्रेणीमा पास भएकि थिईन्।

उनले प्राइभेट रूपमा अध्ययन गरेर आईए उत्तिर्ण गरेपछि पढाइको सिलसिलामा श्रीमानसँगै बनारस गइन् र त्यहाँ उनी राजनीति शास्त्र र संस्कृत विषयमा विएमा भर्ना भएकि थिइन्। बनारसबाट पढाई सिध्याएर फर्केपछि उनले पद्मकन्या कलेजमा अध्यापन गर्न थालेकि थिइन्। यसबिच बेलायती सरकारद्धारा प्रदान गरीने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्ति उनले पनि पाएकि थिइन् र वेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्न गएकी थिइन्। चार वर्षमा उनले आफ्नो अध्ययन पूरा गरेकी थिइन्।

पहिलो महिला क्याम्पस प्रमुख[सम्पादन गर्ने]

वि. सं. २०१९ मा बेलायतबाट फर्केपछि उनीले पद्मकन्या कलेजमा अध्यापन गर्न शुरू गरेकी थिइन्। १८ वर्षको सेवा कालमा जोशीले १२ वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरेकी थिइन्।[५][६]

समाज सेवा[सम्पादन गर्ने]

भौतिक सम्पन्नता र अध्यात्मिक जागरणको सम्मिश्रणलाई नै सफलताको कडी मान्ने जोशीले आफ्नो कामहरूमा यही दर्शनलाई प्रतिबिम्वित गरेकी थिइन्। उनको पछिल्लो समाजिक कार्य भनेको केहि बर्ष पहिले खुलेको नेपालको पहिलो कन्याहरूको गुरूकुल हो। नेपालमा मेची देखि महाकाली सम्म केटाहरूको लागी गुरूकुल थिए भने महिलाहरूको लागी थिएनन्। नेपालको इतिहासमा 'गार्गी कन्या गुरूकुल' उनले खोलेकि थिइन्। जहाँ समावेशी रुपमा दलित महिलाहरूलाई पनि वेद पाठ गराइने गरिन्छ। चितवनको देवधाटमा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुल संस्थाको उनि संरक्षक रहेकि छिन्।[७]

क्यान्सर रोगसँग संघर्ष[सम्पादन गर्ने]

स्वास्थ्य सम्बन्धि विभिन्न समस्या सहित जन्मिएकी जोशीले दुईपटक क्यान्सर रोगलाई जितेकि थिइन् । घाँटीमा लागेको क्यान्सर काटेर फाल्दा उनको अनुहार बाङ्गियो, तर सकारात्मक सोच र आध्यात्मिक चिन्तनका कारण कठिन शारीरिक अवस्थामा पनि उनी बिचलित भरेकी थिइनन्। अध्यात्मिक साधनाले नै उनलाई जीवनका कठिनाईहरुसँग जुझ्न प्रेरणा दिएको थियो। शारीरिक समस्याहरूका कारण जीवन प्रति भरोसा गुमाएकाहरुका लागि अङ्गुरबाबा जोशी असल प्रेरणाकी स्रोत हुन सक्छिन्।

कृतिहरू[सम्पादन गर्ने]

  • 'कल्पना कथासंग्रह' (बि. सं. २०३१)
  • 'क्यान्सर : बरदान'
  • ‘वृद्धा अवस्था : जीवनको श्रीपेच’
  • ‘दीक्षा’

सम्मान[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अङ्गुरबाबाको शिक्षा-संधर्ष!", https://www.nayapatrikadaily.com/epaper/14-03-2020/, अन्तिम पहुँच २०२०-०३-१४ 
  2. "यी १० महिला : जो इतिहास रच्न सफल भए !", https://www.samachardainik.com/, अन्तिम पहुँच २०१९-०८-१० 
  3. नागरिक, "Nagarik News - महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति", अन्तिम पहुँच २०१९-०८-१० 
  4. "यी १० महिला : जो इतिहास रच्न सफल भए !", https://www.samachardainik.com/, अन्तिम पहुँच २०१९-०८-१० 
  5. "यी १० महिला : जो इतिहास रच्न सफल भए !", https://www.samachardainik.com/, अन्तिम पहुँच २०१९-०८-१० 
  6. "विजयकुमारको ‘खुसी’लाई मदन पुरस्कार, जोशीलाई जगदम्बाश्री", We Nepali, अन्तिम पहुँच २०१९-०८-१० 
  7. "अङ्गुरबाबाको शिक्षा-संधर्ष!", https://www.nayapatrikadaily.com/epaper/14-03-2020/, अन्तिम पहुँच २०२०-०३-१४ 
  8. "मदन र जगदम्बाश्री पुरस्कारबाट विजयकुमार र अङ्गुरबाबा सम्मानित", KathmanduToday.com, अन्तिम पहुँच २०१९-०८-१० 
  9. News, London Nepal, "मदन पुरस्कारबाट विजयकुमार र जगदम्बाश्रीबाट अङ्गुरबाबा सम्मानित", London Nepal News, अन्तिम पहुँच २०१९-०८-१० 
  10. "अंगुरबाबालाइ जगदम्बाश्री", अन्तिम पहुँच २०१९-०८-१० 
  11. "राष्ट्र विकासमा महिला र पुरुष दुवैको भूमिका महत्वपूर्ण :राष्ट्रपति यादव – Kantipur Hotline", अन्तिम पहुँच २०१९-०८-१० 
  12. "महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन – राष्ट्रपति यादव", setopati.com, अन्तिम पहुँच २०१९-०८-१० 
  13. "महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति यादव", Dainik Nepal, अन्तिम पहुँच २०१९-०८-१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]