इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मर्सिडिज बेनजको A V6 आन्तरिक दहन इन्जिन

इन्जिन इन्धनमा रहेको रासायनिक शक्ति ( केमिकल इनर्जी ) लाई यान्त्रिक शक्ति ( मेकानिकल इनर्जी ) मा रुपान्तरण गर्ने यन्त्र हो।[१][२] ताप इन्जिनहरूले इन्धनलाई ताप शक्ति बनाउँदछ जुन त्यसपछि काम गर्न प्रयोग गरिन्छ। इलेक्ट्रिक मोटर्सले विद्युतीय ऊर्जालाई यान्त्रिक गतिमा बदलिदिन्छ। जैविक प्रणालीमा, आणविक मोटर्स, मांसपेशिहरु मा माइओसिनजस्ता, रासायनिक ऊर्जा प्रयोग गर्न र बलहरू सिर्जना गर्न प्रयोग गर्दछ।

वर्गीकरण[सम्पादन गर्नुहोस्]

इन्धनको आधारमा[सम्पादन गर्नुहोस्]

पेट्रोल इन्जिन[सम्पादन गर्नुहोस्]

कम्बसन च्याम्बरमा हावा र पेट्रोलको मिश्रण कम्प्रेस हुन्छ।कम्प्रेस भएको मिश्रणमा स्पार्क प्लगले धेरै ठूलो भोल्टेजको झिल्काले पेट्रोल स्थिर भोलुममा बल्छ।

डिजेल इन्जिन[सम्पादन गर्नुहोस्]

कम्बसन च्याम्बरमा पहिले हावा मात्र तानिन्छ र हावालाई कम्प्रेस गरिन्छ। यसले गर्दा हावाको प्रेसर र तापक्रम बढ्छ ।तातो हावामा डिजेल फोहोरा हानिन्छ ( स्प्रे गरिन्छ) ।हावा निकै उच्च तापक्रम र प्रेसरमा पुग्ने भएकाले डिजेल इन्जिनमा स्पार्क प्लगको आवश्यकता पर्दैन । डिजेल स्थिर प्रेसरमा बल्छ।

ग्यास टर्बाइन इन्जिन[सम्पादन गर्नुहोस्]

ग्यास टर्बाइनमा कम्प्रेसरले वायुमण्डलीय हावा तानेर कम्प्रेस गर्छ।कम्प्रेस गरिएको हावाको प्रेसर र तापक्रम उच्च हुन्छ।यो हावा कम्बसन च्याम्बरमा जान्छ जहाँ इन्धन ( मट्टीतेल ) स्प्रे गरिन्छ र हावाको तापक्रम झनै बढ्छ। यो उच्च तापक्रमको हावालाई ग्यास टर्बाइनमा पास गरिन्छ र टर्बाइनबाट यान्त्रिक शक्ति ( मेकानिकल इनर्जी) निकालिन्छ।

दहनको आधारमा[सम्पादन गर्नुहोस्]

आन्तरिक दहन इन्जिन[सम्पादन गर्नुहोस्]

बाह्य दहन इन्जिन[सम्पादन गर्नुहोस्]

वाष्प इन्जिन एक प्रकारको बाह्य दहन इन्जिन हो।

स्ट्रोकको आधारमा[सम्पादन गर्नुहोस्]

२ स्ट्रोक इन्जिन[सम्पादन गर्नुहोस्]

४ स्ट्रोक इन्जिन[सम्पादन गर्नुहोस्]

  • इन्डक्सन
  • कम्प्रेसन
  • प्रज्वलन
  • उत्सर्जन

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Motor", Dictionary.reference.com, अन्तिम पहुँच २०११-०५-०९, "a person or thing that imparts motion, esp. a contrivance, as a steam engine, that receives and modifies energy from some source in order to utilize it in driving machinery." 
  2. Dictionary.com: (World heritage) "3. any device that converts another form of energy into mechanical energy so as to produce motion"