ग्याँस टर्बाइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
एक प्रकारको ग्याँस टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-गियर, C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास

ग्याँस टर्बाइन (अङ्ग्रेजी: Gas turbine) एक प्रकारको आन्तरिक दहन इन्जिन हो जसले घुम्नको लागि आवश्यक ऊर्जा ज्वलनशील ग्याँसको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' पनि भनिन्छ।[१] टर्बाइनको गति परिभ्रामी हुने भएकाले यो इन्जिन विद्युत जेनेरेटर घुमाउनको लागि पनि उपयुक्त मानिन्छ। संयुक्त राज्य अमेरिकाको लगभग ९० प्रतिशत विद्युत् ऊर्जा वाष्प टर्बाइनबाट उत्पन्न गर्ने गरिन्छ। वाष्प टर्बाइनको दक्षता अन्य ऊष्मा इन्जिनको तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौँ चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।

'ग्याँस टर्बाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्याँस टर्बाइन त्यो शक्तिको प्राथमिक स्रोत हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्याँस अवस्थामा रहन्छ र जसको सबै पुर्जाको गति परिभ्रामी हुन्छ।

ग्याँस टर्बाइनको प्रयोग हवाई विमान, रेल, पानीजहाज, विद्युतीय जेनेरेटर, पम्प, ग्याँस कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।[२]

ग्याँस टर्बाइनको मुख्य अङ्गहरू[सम्पादन गर्ने]

फाइदा तथा बेफाइदा[सम्पादन गर्ने]

ग्याँस टर्बाइन इन्जिनको फाइदा तथा बेफाइदा निम्नानुसार छन्:[३]

फाइदा[सम्पादन गर्ने]

  • रेसिप्रोकेटिङ इन्जिनको तुलना धेरै उच्च क्षमता- तौल अनुपात
  • समान पावर रेटिङको लागि रेसिप्रोकेटिङ इन्जिनको भन्दा सानो आकार
  • मुख्य साफ्टको एकनासको आवर्तन हुने भएकाले रेसिप्रोकेटिङ इन्जिनको भन्दा कम कम्पन हुने
  • रेसिप्रोकेटिङ इन्जिनको भन्दा थोरै चलायमान अङ्ग हुने भएकाले मर्मतसम्भार खर्च कम तथा पाटपुर्जा भरपर्दो हुन्छ।
  • खेर जाने ताप पुरै निकास हुन्छ। र यो खेर जाने तापलाई बोइलरमा पानी तताउन प्रयोग गर्न सकिन्छ।
  • रेसिप्रोकेटिङ इन्जिनको तुलनामा उच्च्तम प्रेसर कम हुन्छ।
  • लुब्रिकेटिङ आयलको न्यून खपत र खर्च
  • विविध प्रकारको उर्जाबाट सञ्चालन गर्न सकिने
  • कार्बन मोनो अक्साइड र हाइड्रोकार्बन जस्ता विषालु ग्याँसको निकै कम उत्सर्जन

बेफाइदा[सम्पादन गर्ने]

  • निर्माणमा विशेष वस्तुको उपयोग हुने भएकाले इन्जिनको खर्च धेरै उच्च हुन्छ
  • नमुना गतिमा रेसिप्रोकेटिङ इन्जिन भन्दा कम दक्ष हुन्छ।
  • रेसिप्रोकेटिङ इन्जिन भन्दा लामो स्टार्टअप
  • उर्जाको मागमा परिवर्तन आएमा रेसिप्रोकेटिङ इन्जिनको तुलनामा प्रतिक्रिया देखाउन कमजोर

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन [[आई॰ऍस॰बी॰ऍन॰]] 978-81-85134-54-3", मूलबाट २० जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ दिसंबर २०१२ 
  2. Sonntag, Richard E.; Borgnakke, Claus (२००६), Introduction to engineering thermodynamics (Second संस्करण), John Wiley, आइएसबिएन 9780471737599 
  3. Brain, Marshall (१ अप्रिल २०००), "How Gas Turbine Engines Work", Science.howstuffworks.com, अन्तिम पहुँच १३ मार्च २०१६