सामग्रीमा जानुहोस्

जेट इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेट इन्जिन

जेट इन्जिन रकेटको सिद्धान्तमा काम गर्ने एक प्रकारको इन्जिन हो। आधुनिक विमानहरूमा मुख्यतया जेट इन्जिनको नै प्रयोग हुन्छ। रकेट र जेट इन्जिनको काम गर्ने सिद्धान्त एउटै हो तर यी दुईमा फरक एउटै हो कि जहाँ रकेटले इन्धन जलाउन अक्सिजन आफैले बोकेको हुन्छ भने जेट इन्जिनले वरपरको हावालाई इन्धनलाई जलाउन प्रयोग गर्छ। त्यसैले जेट इन्जिनहरूले पृथ्वीको वायुमण्डल बाहिर हावा नभएको ठाउँमा काम गर्न सक्दैनन्। अंग्रेजीमा तिनीहरूलाई 'एयर ब्रेथिङ इन्जिन' (Air Breathing Engine) भनिन्छ जसको शाब्दिक अर्थ "हावा सास फेर्ने इन्जिन" हो।[] जेट इन्जिनहरू आन्तरिक दहन (Internal Combustion Engine) श्रेणीका इन्जिन हुन् ।

  • टर्बाइनहरू
    • टर्बोजेट
    • टर्बोफ्यान
    • टर्बोप्रप
    • टर्बोशाफ्ट
  • अन्य

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ढाँचा:Heat engines

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Jet Engine - SKYbrary Aviation Safety", www.skybrary.aero, अन्तिम पहुँच २०१९-११-१७