भारत तिब्बत सीमा प्रहरी
| भारत तिब्बत सीमा प्रहरी | |
|---|---|
भारत तिब्बत सीमा प्रहरीको प्रतीक चिह्न | |
भारत-तिब्बत सीमा प्रहरीको झण्डा | |
| छोटो रूप | ITBP |
| आदर्श वाक्य | शौर्य दृढता कर्म निष्ठा |
| निकायको अवलोकन | |
| स्थापना | २४ अक्टोबर १९६२ |
| कर्मचारी | ८९,४३२ सक्रिय कर्मचारीहरू[१] |
| वार्षिक बजेट | ₹११,३२४.०८ करोड (युएस$१.६ बिलियन) (२०२६-२७)[२] |
| क्षेत्राधिकार संरचना | |
| सञ्चालन क्षेत्राधिकार | भारत |
| गृह मन्त्रालय | |
| |
| सञ्चालन संरचना | |
| प्रधान कार्यालय | नयाँ दिल्ली, भारत |
| Elected officer responsible | |
| कार्यकारी | |
| वेबसाइट | |
| itbpolice.nic.in | |
भारत-तिब्बत सीमा प्रहरी भारतको एक केन्द्रीय सशस्त्र प्रहरी बल हो, जुन गृह मन्त्रालय अन्तर्गत रहन्छ। यो चीनको तिब्बत स्वायत्त क्षेत्रसँग जोडिएको भारतको सिमाना रक्षा गर्ने जिम्मेवारीमा रहेको छ। यसको स्थापना सन् १९६२ को भारत-चीन युद्धको पृष्ठभूमिमा भएको थियो।
इतिहास
[सम्पादन]भारत-चीन युद्ध लगत्तै २४ अक्टोबर १९६२ मा भारत-तिब्बत सीमा प्रहरीको स्थापना भएको थियो।[३] यो सुरुमा विदेशी अतिक्रमण र घुसपैठ विरुद्ध नागरिक जनसङ्ख्याबाट प्रतिरोध बल खडा गर्नका लागि केन्द्रीय रिजर्भ प्रहरी बल ऐन अन्तर्गत स्थापना गरिएको थियो।[३] सुरुमा ४ गण रहेको यो बललाई हिमाचल प्रदेश र वर्तमान उत्तराखण्डका क्षेत्रहरूमा खटाइएको थियो।[३] यसले सूचना सङ्कलन गर्ने र चिनियाँ सीमामा भारतीय सञ्चार प्रणाली सुधार गर्ने काम गरेको थियो। यस बलले सन् १९६५ र १९७१ को भारत-पाकिस्तान युद्धमा पनि भाग लिएको बताइन्छ।[४]
सन् १९७५ मा, यसको कार्यविधिमा परिवर्तन गरी सीमापार हुने अवैध आवतजावत र अपराधीहरूद्वारा हुने सीमाको दुरुपयोग रोक्न भारतको उत्तरी सीमा व्यवस्थापनको जिम्मेवारी दिइएको थियो।[३] सन् १९७८ मा ९ सेवा गण, ४ विशेषज्ञ गण र २ तालिम केन्द्रहरूका साथ यस बलको पुनर्गठन गरिएको थियो। यस बलका संस्थापक अधिकृत भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल नसिब सिंह थिए।[५]
यस बलले सन् १९८२ एसियाली खेलका साथै असंलग्न आन्दोलनको सातौँ शिखर सम्मेलन र सन् १९८३ को राष्ट्रमण्डल शासनाध्यक्षहरूको बैठकमा सुरक्षा सेवा प्रदान गरेको थियो।[४] सन् १९८७ मा, पन्जाबमा विद्रोहको अन्तिम चरणमा बैङ्क डकैती रोक्न थप ६ गणहरू खटाइएको थियो।[४] सन् १९८९ देखि २००४ सम्म, कश्मीर विद्रोहको सामना गर्न जम्मु र कस्मिरमा पनि यसको सानो उपस्थिति रहेको थियो।[४]
सन् १९९२ मा, भारतीय संसद्ले 'भारत-तिब्बत सीमा प्रहरी ऐन' पारित गरेको थियो, जसले लद्दाखको काराकोरम भञ्ज्याङदेखि अरुणाचल प्रदेशको जारेप लासम्मको ३,४८८ किलोमिटर लामो सम्पूर्ण भारत-तिब्बत सीमा रक्षा गर्ने जिम्मेवारी दिएको थियो।[३] यस ऐनका नियमहरू सन् १९९४ मा बनाइएका थिए।[४] सन् २००४ मा, सन् १९९९ को कारगिल युद्ध पछि गठित एक समितिको "एक सीमा, एक बल"को सिद्धान्तका आधारमा गरिएको सिफारिस अनुसार यसले सिक्किम र अरुणाचल प्रदेशमा असम राइफल्सलाई प्रतिस्थापन गरेको थियो। यसअघि यसले सीमा गस्तीका लागि असम राइफल्ससँग मिलेर काम गर्दथ्यो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "MHA Annual Report 2016-2017"।
- ↑ "DEMAND NO. 51, Demands for Grants, 2026-2027, MINISTRY OF HOME AFFAIRS", १ Feb २०२६।
- 1 2 3 4 5 Kumar, Narender (२०१५), Handbook of Indian Defence Policy: Themes, Structures and Doctrines।
- 1 2 3 4 5 6 Philip, Snehesh Alex (३० अक्टोबर २०२२), "Baptism by fire: Raised in first week of 1962 war, how ITBP has grown in size & special role", The Print।
- ↑ Natu (Retd), Brigadier Vijay (२०२३), Major General AV Natu, PVSM, MVC A Soldier's Soldier: Saviour of Poonch 1971।