भारत तिब्बत सीमा प्रहरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भारत तिब्बत सीमा प्रहरी (अङ्ग्रेजी: The Indo-Tibetan Border Police -ITBP) भारतको सातवटा केन्द्रीय सशस्त्र प्रहरी बलमध्येको एक हो, जसलाई सन् १९६२ अक्टोबर २४ मा स्थापना गरिएको थियो। खासगरी सन् १९६२ मा भारत चीनसँगको युद्धमा पराजित भएपछि तिब्बतसँगको सीमा क्षेत्रमा तैनाथ गर्नका लागि यो बल खडा गरिएको हो ।

भारतले नेपालको सहमतिबेगर नेपालको कालापानी क्षेत्रमा पनि यही बल तैनाथ गरेको छ। यो क्षेत्र लिपुलेक भएर मानसरोवर जाने बाटो र प्राचीन चीन-नेपाल-भारतको व्यापारिक मार्ग पनि भएकाले रणनीतिक महत्त्वको छ।[१]

इतिहास[सम्पादन गर्ने]

तिब्बतसँगको सीमा सुरक्षा सुनिश्चित गर्न भन्दै सन् १९९६ मा भारतको संसदले इन्डो टिबेटन बोर्डर पुलिस फोर्स ऐन, १९९२ कार्यान्वयनमा ल्याएको थियो । यस सुरक्षा बलका पहिलो प्रमुखका रुपमा महानिरीक्षक बलवीर सिंहलाई नियुक्त गरिएको थियो, जो त्यसअघि भारतीय जासुसी निकाय इन्टेलिजेन्स ब्यूरोका एक अधिकृत थिए । सुरुमा चारवटा बटालियन रहेको यस बललाई सन् १९७८ पछि पढाउँदै ६० बटालियन बनाइएको छ । १५ वटा सेक्टर र छ फ्रन्टियर छन् । यस बलको कुल जनशक्ति सन् २०१८ सम्म ८९,४३२ रहेको छ ।[२]

विशेष क्षमता[सम्पादन गर्ने]

लद्दाखको काराकोरमदेखि अरुणाचल प्रदेश को जाछेप लासम्म ३४८८ किलोमिटर चीनसँगको सीमा सुरक्षाका लागि यस बललाई खटाइएको छ । यस बलका चौकीहरुको उचाइ ९००० फिटदेखि १८७०० फिटसम्ममा अवस्थित छन् । यसका सिपाहीहरुलाई पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा हुन सक्ने युद्धका लागि विशेष तालिम दिइएको हुन्छ ।
नागरिक मेडिकल शिविर, आणविक, जैविक, रासायनिक तथा प्राकृतिक विपद व्यवस्थापनको प्रशिक्षण यस बललाई दिने गरिएको छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनासम्बन्धी मिसनमा पनि यस बललाई सहभागी गराउने गरिएको छ । बोस्निया हर्जगोबिना, कोसोभो, सिरिया लियोन, हैटी, पश्चिम सहारा, सुडान, अफ्गानिस्तान लगायतका मुलुकमा यसका मिसन खटाइएका छन् । यसका दुईवटा बटालियनलाई राष्ट्रिय विपद उद्धार बलका रुपमा खटाइएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सूत्रहरू[सम्पादन गर्ने]