इन्दिरा जोशी
इन्दिरा जोशी | |
|---|---|
| जन्म | अप्रिल २५, १९८६ नवलपरासी, नेपाल[१] |
| वासस्थान | काठमाडौँ, नेपाल |
| राष्ट्रियता | |
| अन्य नाम | नेपाली सकिरा |
| पेशा | गायिका, मोडल |
उल्लेखनीय कार्य | श्रीलङ्कन गीतमा प्रदर्शित[२] |
इन्दिरा जोशी नेपाली गायिका र मोडल हुन्। विजय भुषालद्वारा लिखित गीत रातो घाँघराबाट उनले प्रसिद्धि पाएकी हुन्। उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन। उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन।[३][४][५][६]

बाल्यकाल
[सम्पादन गर्नुहोस्]इन्दिरा जोशी को जन्म बि. सं. २०४३ (जूलाई १८, १९८६) मा उनका बुवा-आमाको सात ओटा सन्तानहरू मध्ये उनी पाचौँ सन्तानको रूपमा नवलपरासी जिल्ला, परासी बजार, लुम्बिनी अञ्चल, नेपालमा भएको थियो। उनका बुवाको नाम श्री जनहवि प्रसाद जोशी र आमाको नाम श्रीमती अलाकन्द जोशी हो। इन्दिराको बाल्यकाल संगीतको आवेगले भरिएको थियो, बाल्यकालमा उनी स्थानीय गायन र नाच प्रतियोगितामा भाग लिने गर्थिन्। उनको स्कूल तथा स्थानीय स्तरमा हुने यस्ता विभिन्न प्रतियोगिताहरू उनको पहिलो छनौटमा पर्थे। उनले कक्षा ५ सम्मको शिक्षा लिट्टिल प्लान्ट बोर्डिंग स्कूलबाट लिइन् भने, एसएलसी सम्मको अध्ययन सयपत्री माध्यमिक अंग्रेजी स्कूलबाट पुरा गरिन्। उनले पिसिएल अध्ययनको लागि पिपुल्स क्याम्पस र बीबीएसको लागि शंकरदेव क्याम्पसमा र पछि स्तानकोत्तरको लागि गोल्गेन गेट अन्तर्राष्ट्रिय कलेजमा भर्ना भइन्। उनी सात बहिनीहरूमध्ये पाँचौं छँदादेखि नै उनको बाल्यकालको वातावरण प्रेम र हेरचाहपूर्ण थियो। उनको घर नजिक, उनको घरबाट २ मिनेट टाढा खेल मैदान (बालमन्दिर) रहेको थियो, जहाँ उनी अरु बालबालिकाहरूसँग घुलमिल भएर खेल्थिन्।[७][८]
प्रारम्भिक व्यवसायिक जीवन
[सम्पादन गर्नुहोस्]इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ। उनी नेपाली तारा कार्यक्रममा पाचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।
गीतहरूको सूची
[सम्पादन गर्नुहोस्]इन्दिरा जोशीले गाएका केहि गीतहरूको सूची;
- चौबन्दी चोली अनि रातो घांगर
- बेहुली
- मोटरसाइकलमा
- रेलिमाई
- उध्रेको चोली
- मरी लानु के छ र
- माग्ने बनायो
- रुझु रुझु
- जस्ट वान क्लिक
- मेरो बाबा
- तिमि र म
- मच्छी मारन (रिमिक्स)
- चिया कफी
- एक पल्ट
- ठूली
- गर्ल फ्रेन्ड
- ट्राफिक जाम
- टुट्यो तारा आकासमा
- जाऊ कि न् जाऊ
- बाजी प्रेम को
- लोकल ब्यूटी
- हास्न सिकायेउ साथी
- कान्छाले सोध्यो मलाई
- रात को कुरा
- मोहनी लगाउने
- तिमी सम्झना भित्र
उपाधि तथा सम्मानहरू
[सम्पादन गर्नुहोस्]- को भन्दा को कमको बिजयी
- नेपाली तारा की महिला नम्बर १ प्रतियोगी
- महिला सर्वश्रेष्ठ गायन प्रदर्शन (पप) - कान्तिपूर सम्मान - २०११
- कामना क्रिटिक अवार्ड्स - (नेपाली संगीत को लागि योगदान) - २०१८
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Indira Joshi profile"। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
- ↑ "Indira joshi in srilankan song", Lexlimbu.com, २०१२-०७-२१।
- ↑ http://www.ekantipur.com/photo-gallery/2012-07-04/1185/14302 अभिलेखिकरण २०१५-०९-२४ वेब्याक मेसिन
- ↑ http://www.ekantipur.com/the-kathmandu-post/2011/03/21/et-cetera/dance-with-indira/219700.html अभिलेखिकरण २०१५-०२-१८ वेब्याक मेसिन
- ↑ http://www.ekantipur.com/the-kathmandu-post/2013/07/27/carrer-edufair/enthusiastic-crowds-swelling/251656.html अभिलेखिकरण २०१५-०५-१७ वेब्याक मेसिन
- ↑ http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=28981
- ↑ "Indira Joshi Biography, Wiki, Boyfriend, Age, Height, family, Affairs"।
- ↑ "National poet Madhav Prasad Ghimire turns singer"।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Tag: indira joshi अभिलेखिकरण २०१९-०५-२० वेब्याक मेसिन
- Indira Joshi Full Biography, Age, Boyfriend, Education अभिलेखिकरण २०१९-०१-०९ वेब्याक मेसिन
- In conversation with Indira Joshi अभिलेखिकरण २०१९-०४-०२ वेब्याक मेसिन
- Know some unknown facts about singer Indira Joshi अभिलेखिकरण २०१९-०८-३० वेब्याक मेसिन
- गायीका इन्दिरा जोशी ट्वाकेन्द्र निवासमा अभिलेखिकरण २०१९-०४-०२ वेब्याक मेसिन
- इन्दिरा जोशी संगको अन्तरवार्ता अभिलेखिकरण २०१९-०४-०२ वेब्याक मेसिन
- फेसबुकमा इन्दिरा जोशी
- इन्दिरा जोशी ट्विटरमा
- ↑ "sourav joshi net worth 2024 - Monthly Income And Full Biography - Spyler-Soft" (en-GBमा), २०२३-१२-२१, अन्तिम पहुँच २०२३-१२-२९। अभिलेखिकरण २०२३-१२-२८ वेब्याक मेसिन