इन्भेस्टिङ डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्भेण्टिङ डटकम
उपलब्ध भाषा२३ भाषाहरू
स्थानहरूको सङ्ख्याम्याड्रिड;
निकोसिया;
तेल अभिभ;
सेन्झेन
मालिकफ्युजन मिडिया लिमिटेड
उद्योगसमाचार
उत्पादहरूवित्तीय जानकारी
कर्मचारीहरू३०० (सन् २०१९)[१]
युआरएलwww.investing.com
अलेक्सा क्रम३३५ (अक्टोबर २०१९)[२]
चालु भएको मितिअगष्ट २००७
वर्तमान स्थितिचालू

इन्भेण्टिङ डटकम एक विश्वव्यापी वित्तीय पोर्टल र इण्टरनेट ब्राण्ड हो जुन फ्युजन मिडिया लिमिटेडको स्वामित्वमा रहेको छ। कम्पनीलाई बेलायती भर्जिन टापुहरूमा दर्ता गरिएको थियो। यो २१ वटा भाषा र २८ संस्करणहरूमा उपलब्ध छ। यसका आधिकारिक एन्ड्रोइडआइओएसको लागि मोबाइल अनुप्रयोगहरूले समाचार, विश्लेषण, प्रवाह उद्धरण र चार्टहरू प्रदान गर्दछ।[३][४] यसले प्राविधिक आँकडा र विश्वव्यापी वित्तीय बजारको बारेमा वित्तीय उपकरणहरूको पनि प्रदान गर्दै आइरहेको छ। संस्करण प्रत्येक ष्टक , ब्राण्ड, वस्तु , मुद्रा , ब्याज दर, भविष्य र विकल्पहरु सहित वित्तीय साधनको एक विस्तृत विविधतालाई समावेश गर्दछ। [५][६][७] कम्पनीका कार्यालयहरू स्पेनको राजधानी म्याड्रिड, साइप्रसको राजधानी निकोसिया र इजरायलको राजधानी तेल अभिभमा अवस्थित छन्। सन् २०१५ सम्ममा, कम्पनीले १५० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

यसलाई प्रारम्भमा फोरक्सप्रोस डटकमको रूपमा गठित गरिएको थियो। पोर्टल सन् २००७ मा चार भाषाहरूका संस्करणहरू सहित सुरू भएको थियो जसमा अङ्ग्रेजी, स्पेनी, यहूदी र अरबी समावेश थिए जसले निःशुल्क आँकडा, सूचना, विश्लेषण, समाचार र व्यापारीहरूको लागि विदेशी मुद्रा बजारमा औजारहरूको प्रस्ताव गरेको थियो।[८][९][१०] सन् २००८ मा, ६ वटा थप संस्करणहरूको अनुसरण गर्दै, जुन २०११ को अन्तसम्मा १८ विभिन्न स्थानीय संस्करणमा यो विस्तार भएको थियो। [११] सन् २००९ को अवधिमा ब्राण्ड विस्तार भएको थियो जसमा यसले फोरेक्सको आँकडाबाट सेवाहरूको प्रस्ताव गरेको थियो। यसले ध्यानाकर्षण गर्दै सेवाहरूलाई समेटेको थियो जुन पछि पुनर्गठित निर्णयको एक कारक बनेको थियो।[१२]

यो कदम सन् २०१२ को अन्त्यमा २.४५ मिलियन अमेरिकी डलरमा इन्भेण्टिङ डटकम डोमेनको खरीदमा टुङ्गिएको थियो। त्यतिबेला यो हाल सम्म खरीद गरिएको सबैभन्दा महँगो डोमेन नाम भएको मानिएको थियो।[१३][१४][१५][१६]

अन्तर्राष्ट्रिय संस्करणहरू[सम्पादन गर्नुहोस्]

इन्भेण्टिङ डटकमले हाल ३० स्थानीयकृत सामग्रीहरूका साथ २२ वटा भाषाहरूका (भाषा स्थानीयकरण) संस्करणहरू उपलब्ध छ जसमा अरबी, चिनियाँ, डच, अङ्ग्रेजी, फिनल्यान्डि, फ्रान्सेली, जर्मनेली, युनानी, यहूदी, इटालेली, जापानी, कोरियाली, मलाय, पोल्याण्डि, पोर्चुगाली, रूसी, स्पेनी, स्विडेनी, थाई, टर्की र भियतनामी लगायतका भाषाहरू समावेश छन्। थप संस्करणहरू अस्ट्रेलियाली, ब्राजीली, क्यानडेली, हङ कङ, भारतीय, मेक्सिकाली र दक्षिण अफ्रिकी बजारमा समर्पित छन्।

इन्भेष्टिङ डटकमको आधिकारिक एन्ड्रोइड अनुप्रयोग १८ सेप्टेम्बर २०१३ मा सुरू गरिएको थियो। सुरुवातमा यसले पाँच भाषाहरूको समर्थन गरेको थियो भने हाल अनुप्रयोगले पन्ध्रवटा भाषाहरूलाई समर्थन गर्दछ। कम्पनीले १० लाख अमेरिकी डलर भन्दा बढी अनुप्रयोगको बनावट र विकासमा खर्च गरेको थियो। [१७][१८][१९][२०][२१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Robin Hood of market data", ग्लोब्स। 
  2. "वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१३-१०-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२२ मिति
  3. Cuen, Leigh (डिसेम्बर १८, २०१७), "Investing.com Launches Cryptocurrency App", International Business Times, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  4. Carey, Theresa W. (जनवरी ६, २०१८), "New Adventures in Cryptocurrencies", Barron's, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  5. Investing.com Investing.com "About Us" section. अन्तिम पहुँच मिति 2018-03-22.
  6. अस्ट्रेलिया, Business Insider (सेप्टेम्बर ७, २०१७), "A popular investment portal now lets you track your cryptocurrency portfolio", बिजनेस इन्साइडर, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  7. "A Couple Data Points On The Main Drivers Of Cannabis Stock Investing", याहु! वित्त, अगस्ट २६, २०१८, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  8. Investing.com Investing.com "About Us" section.. Retrieved 2018-03-22.
  9. अस्ट्रेलिया, बिजनेस इन्साइडर (सेप्टेम्बर ७, २०१७), "A popular investment portal now lets you track your cryptocurrency portfolio", बिजनेस इन्साइडर, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  10. "A Couple Data Points On The Main Drivers Of Cannabis Stock Investing", याहु वित्त, अगस्ट २६, २०१८, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  11. टोरटोला Fusion Media Limited To Launch Multi-Lingual Network of Forex Portals पिआरवेब
  12. Rich Smith Investing.com Is 2012's Priciest URL, but the Real Money Is Still in Sin डेली फाइनान्स डटकम
  13. हेदर हम्यान Forexpros.com Buys Investing.com for Whopping $2.45 Million हफ पोष्ट
  14. रिप इम्पसन Top Domains: Forexpros Buys Investing.com For $2.45M, Launches One-Stop Financial Portal For Everyday Investors टेक क्रञ्च
  15. क्रिष्टिना फर Largest known domain purchase of 2012? Investing.com for $2.75M Venturebeat.com
  16. Heather R. Huhman Investing.com Domain Purchased for an Historic $2.45 Million बिजनेस इन्साइडर
  17. माइकल कार्नी Investing.com goes mobile, proves that paywall-free content can be hugely profitable वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१७ मिति pando.com
  18. सराह किमोर्ली Investing.com has launched in Australia वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२२ मिति बिजनेस इन्साइडर
  19. Barry Critchley Investing.com adds a Canadian edition to its site फाइनान्सिएल पोष्ट
  20. "Investing and Trading Advices"  Wednesday, 21 August 2019
  21. शर्मा, अप्रजिता (जुन ४, २०१९), "Our core is to offer premium services for free, says Investing.com CEO Shlomi Biger", Business News, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]