इन्स्टाग्राम अण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


इन्स्टाग्राममा प्रकाशित अण्डाको तस्वीर

इन्स्टाग्राम अण्डा इन्स्टाग्राममा @world_record_egg नामक खाताद्वारा प्रकाशित अण्डाको तस्वीर हो जुन विश्वव्यापी घटना र इन्टरनेट मीम बनेको हुनाले प्रसिद्ध छ । ५ करोड भन्दा बढी लाइक आएको यो अण्डाको तस्वीर इन्स्टाग्रामका साथै इन्टरनेटको नै सबैभन्दा धेरै लाइक पाएको पोस्ट बनेको छ ।[१][२] उक्त खाताको प्रयोगकर्ता क्रिस गडफ्री भएको खुलासा भयो जो पछि आफ्ना साथी एलिसा खान-वेलन र सी.जे. ब्राउनका साथ उक्त अण्डा बोकी मानसिक स्वास्थ्यको चेतना फैलाउने हुलुको विज्ञापनमा देखिए ।[३][४][५]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

यो तस्वीर सर्गेइ प्लाटानोवद्वारा जून २३, २०१५ मा शटरस्टकमा "सेतो पृष्ठभूमिमा राखिएको अण्डा" भनी प्रकाशन गरिएको थियो ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

जनवरी ४, २०१९ मा @world_record_egg नामक इन्स्टाग्राम खातामा काइली जेनरको इन्स्टाग्राममा सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्ने उद्देश्य सार्वजनिक गरी कुखुराको अण्डाको तस्वीर राखिएको थियो ।[७][८] जेनरको पहिलेको रेकर्ड, उनकी छोरी स्टोर्मीको पहिलो तस्वीरले कुल १ करोड ८४ लाख लाइक पाएको थियो ।[९][१०]

१० दिनको अन्तरालमा नै यो पोस्टले १ करोड ८४ लाख लाइक पाई इन्स्टाग्रामको सबैभन्दा बढी लाइक आएको पोस्ट बन्यो । अर्को ४८ घण्टामा ४ करोड ५० लाख लाइक पाई देस्पासितोको रेकर्ड तोडी इन्टरनेटको नै सबैभन्दा धेरै लाइक पाएको पोस्ट बन्न पुग्यो ।[११][१२][१३][१४]

जनवरी १४ मा खाता अधिप्रमाणित भएपछि उक्त पोस्टको ख्याती र लाइक बढ्यो जसले गर्दा यसको चर्चा समाचारमा पनि गरियो ।[७][१३][१४][१५][१६]

मार्च १८ भित्र यस पोस्टले ५ करोड ३३ लाख लाइक पाइसकेको थियो जुन पुरानो रेकर्डको तेब्बर थियो । यसपछि पनि यो खातामा इन्स्टाग्राम स्टोरीहरू राखिए ।[१४][१७]

कयौँ व्यक्तिले खाताको प्रयोगकर्ता भएको दावी गरे पनि अण्डाले उक्त दावीहरू खारेज गरे ।[१८] फेब्रुअरी ३, २०२० मा हुलु र द न्यू योर्क टाइम्सले खाताको प्रयोगकर्ता बेलायती विज्ञापन कम्पनीमा काम गर्ने क्रिस गडफ्री भएको खुलासा गरे । उनका साथै उनको सहकर्मी एलिसा खान-वेलनको पनि नाम आएको थियो ।[३]

जनवरी १८, २०१९ मा खातामा माथि दायापट्टि सानो चिरा परेको अण्डाको तस्वीर प्रकाशित गरियो जसले फेब्रुअरी २५, २०१९ भित्र १ करोड १५ लाख लाइक पायो । जनवरी २२, २०१९ मा तेस्रो अण्डाको तस्वीर राखियो जसमा दुई ठुला चिरा थिए । २५ मिनेटमा यो पोस्टमा १० लाख लाइक आयो र फेब्रुअरी २५ भित्र ९५ लाख लाइक पायो । जनवरी २९, २०१९ मा ठुलो चिरा परेको अन्डाको तस्वीर राखियो जसले फेब्रुअरी २५ भित्र ७६ लाख लाइक पायो ।[१९] फेब्रुअरी १, २०१९ मा आगामी सुपर बोललाई सङ्केत गर्दै फुटबल भकुण्डोको आकारमा सिलाएको अण्डाको तस्वीर राखिएको थियो जसले फेब्रुअरी २५ भित्र ६५ लाख लाइक पाएको थियो । फेब्रुअरी ३ मा हुलुमा अण्डाको भित्र के छ भन्ने खुलासा गर्ने वाचा गरिएको थियो ।[२०]

हुलुको इन्स्टाग्राम खातामा अण्डाको खुलासा गर्नुका साथै मानसिक स्वास्थ्यको जनचेतना फैलाउने भिडियो राखियो । पछि @world_record_egg मा त्यो भिडियो राखियो जुन मे २०१९ भित्र ३ करोड ३० लाख चोटी हेरिएको थियो ।[२१]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

अण्डाको तस्वीरले इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्टको पद पाउँदा खाताको प्रयोगकर्ताले आफ्नो आश्चर्यता र कृतज्ञता व्यक्त गरे ।[११] केही घण्टा पछि काइली जेनरले इन्स्टाग्राममा अण्डा फुटाएको भिडियो राखिन् ।[२२][२३]

एप्पलको एप स्टोरमा इन्स्टाग्राम अण्डामा आधारित सयौँ खेलहरू बनिसके ।[१८] इन्स्टाग्राम अण्डाका निर्माताले हुलुको विज्ञापन गर्ने सम्झौता पनि गरेका थिए ।[२४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ट्यासिमोन, एश्ली (जनवरी १४, २०१९), "काइली जेनर र ट्रेविस स्कटकी छोरीको तस्वीर एक अण्डाको तस्वीरले इन्स्टाग्रामको सबैभन्दा धेरै लाइक भएको पोस्टको पदद्वारा प्रतिस्थापित", बिलबोर्ड 
  2. थोर्न, ड्यान (जनवरी १४, २०१९), "अण्डाको तस्वीरले काइली जेनरको इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्यो", गिनिज वर्ल्ड रेकर्डस 
  3. ३.० ३.१ ब्रोम्विच, जोना एङ्गेल; महेश्वरी, सपना (फेब्रुअरी ३, २०१९), "इन्स्टाग्राम अण्डाको निर्मातालाई भेट्नुहोस्", द न्यू योर्क टाइम्स (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331 
  4. मर्डक, मोर्गन सङ र क्यासी, "इन्स्टाग्राम अण्डा पछिको व्यक्तिको खुलासा", म्यशेबल (अङ्ग्रेजीमा)। 
  5. स्पेक्टर, फ्रान्सेस्का (फेब्रुअरी ४, २०१९), "जीवनशैली: काइली जेनरको रेकर्ड तोड्ने इन्स्टाग्राम अण्डाको मानसिक स्वास्थ्यसम्बन्धि विज्ञापनमा खुलासा", याहू स्टाइल यू.के.। 
  6. श्यामसियन, जेकब (जनवरी १६, २०१९), "इन्स्टाग्राम अण्डाका निर्माता इन्टरनेट मीम बनेको सुन्दा चकित", इन्साइडर 
  7. ७.० ७.१ अर्नेस्ट, मलिक (जनवरी ११, २०१९), "एउटा अण्डा काइली जेनरको सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्ने विचारमा", फक्स ५ स्यान डिएगो। 
  8. फ्रान्स, लिसा रेस्पर्स (जनवरी १४, २०१९), "काइली जेनरको इन्स्टाग्राम रेकर्ड तोड्ने अण्डालाई भेट्नुहोस्", सिएनएन 
  9. रायन, ज्याक्सन, "इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्ट एउटा अण्डा हो, काइली जेनरलाई माफी माग्न चाहन्छौँ" (अङ्ग्रेजीमा), सीनेट, अन्तिम पहुँच जनवरी १४, २०१९ 
  10. "एउटा अण्डा, एउटा सामान्य अण्डा, इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्ट", द न्यू योर्क टाइम्स, जनवरी १३, २०१९। 
  11. ११.० ११.१ ओल्हिसर, एबी (जनवरी १४, २०१९), "इन्स्टाग्राममा सबैभन्दा बढी लाइक भएको यो अण्डालाई बधाई", वाशिङ्गटन पोस्ट 
  12. मकिन्टायर, ह्यू (अगस्ट ९, २०१७), "'देस्पासितो' ले युट्युबमा तोडेका सबै रेकर्डहरू", फोर्ब्स 
  13. १३.० १३.१ हफ्म्यान, एश्ली (जनवरी १४, २०१९), "अण्डाको तस्वीरले काइली जेनरको इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्यो" (भिडियो), टाइम 
  14. १४.० १४.१ १४.२ नोट्स, पास (जनवरी १४, २०१९), "एउटा अण्डाले कसरी काइली जेनरलाई उनकै इन्स्टाग्राम खेलमा हरायो", द गार्डियन (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077 
  15. फन्स्टन, लिन्डजी (जनवरी १४, २०१९९), "अण्डाको तस्वीरले काइली जेनरको इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्यो", डेलिश (अङ्ग्रेजीमा)। 
  16. डारा, निकोल (जनवरी १३, २०१९), "अण्डाको तस्वीरले काइली जेनरको इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्यो" (अङ्ग्रेजीमा), फक्स न्यूज। 
  17. पोर्टर, जोन (जनवरी १४, २०१९), "अण्डाको तस्वीरले काइली जेनरको इन्स्टाग्रामको सबैभन्दा बढी लाइक भएको पोस्टको रेकर्ड तोड्यो", द भर्ज 
  18. १८.० १८.१ लोरेन्ज, टेलर (जनवरी ३१, २०१९), "इन्स्टाग्रामको रेकर्ड तोड्ने अण्डाले कसैलाई छिटै धनी बनाउन सक्छ", दी एट्लान्टिक (अङ्ग्रेजीमा)। 
  19. "EGG GANG 🌍 (@world_record_egg) • इन्स्टाग्राम पोस्ट", इन्स्टाग्राम (अङ्ग्रेजीमा)। 
  20. "EGG GANG 🌍 (@world_record_egg) • इन्स्टाग्राम पोस्ट", इन्स्टाग्राम (अङ्ग्रेजीमा)। 
  21. ल्यू, जोनी, "इन्स्टाग्राममा सबैभन्दा बढी लाइक भएको पोस्ट मानसिक स्वास्थ्यको चेतना फैलाउँदै", म्यशेबल 
  22. "काइली जेनरको अण्डाले रेकर्ड तोडेपछिको अत्यन्तै हास्य प्रतिक्रिया", सिलेब्रिटी कस्मोपोलिटन, जनवरी १५, २०१९ – याहूद्वारा। 
  23. "इन्स्टाग्राममा काइली: 'यो लेऊ अण्डा'" (अङ्ग्रेजीमा), इन्स्टाग्राम 
  24. स्प्याङलर, टड (फेब्रुअरी २, २०१९), "हुलु र इन्स्टाग्राम अण्डाको साझेदारी, सुपर बोलसँग सम्बन्धित", भेराइटी