सामग्रीमा जानुहोस्

हर्षित मन (टेलिभिजन शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ओड टु जोए (टिभी शृङ्खला)बाट अनुप्रेषित)
हर्षित मन
"ओड टु जोए" दोस्रो संस्करणको आधिकारिक पोस्टर
शैलीनाटक
प्रेमकाहनी
सर्जकसाङ्घाइ मिडिया ग्रुप
लेखकयुवान जिदेन
निर्देशककोङ सिङ्, ज्यान चुन्हे
कलाकारहरूलिवि ताउ
जियाङ शिन
वाङ जिवेन
याङ जी
साव सिन
सुरुवात 'गीत'विभिन्न
अन्त्य 'गीत'देयर विल बी ह्यापीनेस वेटिङ फर यु (पहिलो संस्करण)
अस (दोस्रो संस्करण)
निर्माण गर्ने देशचीन
भाषा(हरू)चिनियाँ
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या४२ (पहिलो संस्करण)
५५ (दोस्रो संस्करण)
निर्माण
निर्माता(हरू)हु होङल्याङ
प्रसारण अवधि४५ मिनेट
निर्माण कम्पनी(हरु)साङडन टेलिभिजन मिडिया ग्रुप (सिजन १)
डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेड (पहिलो र दोस्रो संस्करण)
वितरकडेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेड
प्रसारण
मूल च्यानलड्रागन टेलिभिजन
जोजियाङ टेलिभिजन
प्रथम प्रसारण१८ अप्रिल २०१६ (2016-04-18) – १० जुन २०१७ (2017-06-10)
बाह्य कडीहरू
वेबसाइट

हर्षित मन (अङ्ग्रेजी: ओड टु जोए, सरलीकृत चिनियाँ: 欢乐颂 ; परम्परागत चिनियाँ: 歡樂頌) सङडन टेलिभिजन मिडिया ग्रुप र डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेडले सन् २०१६ मा प्रदर्शन गरेको एक चिनियाँ टेलिभिजन शृङ्खला हो। यो टेलिभिजन शृङ्खला नाइद्वारा रचिएको यसै नामको एक उपन्यासमा आधारित छ। यस टेलिशृङ्खलाको पहिलो संस्करण १८ अप्रिल २०१६ देखि १० मे २०१६ सम्म प्रसारण गरिएको थियो।

यस टेलिशृङ्खलाको दोस्रो संस्करण ११ मे २०१७ देखि १० जुन २०१७ सम्म प्रसारण गरिएको थियो।[]

यस टेलिभिजन शृङ्खलाका अनुसार पाँच फरकफरक पृष्ठभूमि भएको महिलाहरू चीनको साङ्घाई स्थित ओड टु जोए नामक एक ठूलो भवनको पाँच वटा कोठाहरूमा डेरामा बसोबास गर्दै आएका छन्। एक शृङ्खलाकी प्रमुख पात्र एन्डि (लिवि ताव) एक सफल व्यापारिक महिला हुन्छन्, जो अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययन सकाएर चीनमा आफ्नो भाईको खोजि गर्नका लागि फर्किएकी हुन्छिन्। क्यु सावसाव (याङ जी) एक २५ वर्षीय महिला हुन् जसले आफ्नो सानो व्यापार सम्हालेकी हुन्छिन्। फान साङ मे (जियाङ सिन) एक गरिब परिवारमा हुर्किएकी हुन्छिन तर पछि उनले आफुलाई एक सफल विश्वव्यापी कम्पनीको प्रबन्धक हुने मौका पाउँछिन्। च्यु यिङयिङ (याङ जी) एक सानो गाउँकि केटी हुन्छिन् र उनको सपना ठूलो सहरमा स्थापित हुने हुन्छ। ग्वान जुअर (साव सिन) एक २२ वर्षीया उच्च शिक्षा हासिल गरेकी युवती हुन्छिन् र उनलाई एक कम्पनीमा काम गर्ने मौका मिल्छ। यस टेलिशृङ्खलामा अन्य विभिन्न पुरुष पात्रहरूको पनि अभिनय रहेको छ।

प्रमुख पात्र

[सम्पादन गर्नुहोस्]
अभिनेत्रीभूमिकाउपस्थितिविवरण
लिवी ताउएन्डिप्रमुख३१ वर्षीया एन्डि एक सफल व्यापारिक महिला हुन्छन्, जो अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययन सकाएर चीनमा आफ्नो भाईको खोजि गर्नका लागि फर्किएकी हुन्छिन्।
जियाङ सिनफान साङ मेप्रमुख३० वर्षीया फान साङ मे यस टेलिशृङ्खलाकी प्रमुख पात्र र एक व्यापारीक कार्यक्रमकि प्रमुख कार्यकारी हुन्छिन्।
वाङ जिवेनक्यु सावसावप्रमुख२५ वर्षीया क्यु सावसाव एक धनी बुवाकी छोरी र यस टेलिशृङ्खलाकी प्रमुख पात्र हुन्छिन्। उनले आफ्नो दाईसँग मिलेर एक सानो व्यवसाय सुरु गर्छिन्।
याङ जीच्यु यिङयिङप्रमुख२३ वर्षीया च्यु यिङयिङ एक कार्यलयको नियमित कर्मचारी हुन्छिन् र उनी एक सानो गाउँबाट साङ्घाइ आएकी हुन्छिन्।
साव सिनग्वान जु अरप्रमुख२२ वर्षीया ग्वान जुअर उच्च शिक्षा हासिल गरेकी युवती हुन्छिन् र उनलाई एक कम्पनीमा काम गर्ने मौका मिल्छ।
अभिनेताभूमिकाउपस्थितीविवरण
जु फिङचि ढियानप्रमुखअतिथिचि ढियान लामो समय सम्म एन्डिको अनलाइन साथी हुन्छ भने उनीहरू पछि गएर एक आर्कालाई भेट्छन्।
वाङ काईझाव च्युपिङप्रमुखएक प्रसिद्ध अस्पताल मा एक प्रमुख चिकित्सक हुन्छ र उसको सावासावसँग सम्बन्धमा हुन्छ।
जिन डङतान जोङमिङअतिथितान एन्डिले काम गर्ने कार्यलयको मालिक हुन्छ र उसले एन्डिलाई उसको भाईलाई खोज्नका लागि सहयोग गर्छ।
याङ साउबाव युफनअतिथिप्रमुखएन्डिको प्रेमी हुन्छ।
झाङ लुवाङप्रमुखएक परिश्रमी व्यापारी हुन्छ र आफैले एक कम्पनीको सुरुवात गर्छ। उ फानको सानो देखिको साथी हुन्छ र उसले साङ्घाइमा फानलाई भेटाउँछ।
यु होचेनयाङ किनअतिथिप्रमुखयिङयिङ र चीन एकै ठाउँबाट सहरमा आएका हुन्छन् र पछि उनीहरू एक अर्कालाई मनपराउनु थाल्छन्।
डेङ लुनसि टङप्रमुख'सि टङ एक सङ्गीतकार र ग्वानको प्रेमी हुन्छ।

परिवार सदस्य

[सम्पादन गर्नुहोस्]
अभिनेता/अभिनेत्रीभूमिकाउपस्थितीविवरण
सु सेङजुवाहि युनिलअतिथिएन्डिको हजुरबुबा जो यस संसारमा छैनन्
डिङ यानडाईवाईनियमितएन्डिको बुवा
डे मेहङएन्डिको आमाअतिथि
सि युङपिङसाव मिङनियमितएन्डिको भाइ जो मानसिक समस्यबाट ग्रसित छ
झाङ नाइहुफान साउ मेको बुवानियमित
काङ जुङ्जीफान साउ मेको आमानियमित
च्यु यिङफान साउ मेको भाईनियमित
झाव क्याजिFan Shengmei's sister-in-lawनियमित
याङ याचिङलि लिनियमितफानको बहिनी
वाङ याङकिङक्यु सावासावको बुवानियमित
मु लियानक्यु सावसावको आमानियमित
गुव सिरनच्युनियमितक्यु सावसावको दाई
फेङ हुईच्यु यिङयिङको बुवानियमित
याङ जिङयोच्यु यिङयिङको आमानियमित
तान सिग्वानको बुवानियमित
लिवी मिन्टेवग्वानको आमानियमित
झाङ च्यानगुवनबाव यफिनको बुवानियमित
जुवान जीबाव याफिनको आमानियमित
चिन जिनझावको आमानियमित
काई ग्याङयाङको बुवानियमित
लि सावयाङयाङको आमानियमित
चाव यियान किङको बुवानियमित
याङ कुनयाङ किनको आमानियमित

गीति आवाजहरू

[सम्पादन गर्नुहोस्]

पहिलो संस्करण

[सम्पादन गर्नुहोस्]
शीर्षकगायक/गायिका
"说不出口"लिवि ताउ
"灰姑娘"जियङ सिन
"我要你" (म तिमीलाई चाहन्छु)वाङ जिवेन
"开的比花香" (फुल भन्दा पनि बास्नादार)याङ जी
"破茧" (कोकुनबाट बाहिर)

साव सिन

"陪你左右" (तिम्रो छेउमा)जु फिङ
"空气" (हावा)जु फिङ
"你我" (तिमी र म)याङ साउ
"爱情这样开始" (मया यसरी सुरु हुन्छ)झान जियङ
"欢乐颂" (ओड टु जोए)झाङ जियाङ
"繁星"झाङ जियान
"总有幸福在等你" (त्यहाँ खुसीले तिमीलाई पर्खिरहेका छ)लिवी ताउ, जियङ सिन

वाङ जिवेन, साव सिन, याङ जी

दोस्रो संस्करण

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय प्रसारक

[सम्पादन गर्नुहोस्]

पहिलो संस्करण

[सम्पादन गर्नुहोस्]
च्यानलस्थानमिति
ड्रागन टेलिभिजन चीन१८ अप्रिल २०१८
जोजियाङ टेलिभिजन
सङडन टेलिभिजन२४ मे २०१६
ज्याङसी टेलिभिजन२७ जुन २०१६
जिया लि च्यानल (सङटेल टिभी ५०२) सिङ्गापुर१ सेप्टेम्बर २०१६
भिडियो अन टिभी ताइवान२१ सेप्टेम्बर २०१६
इएलटिए ड्रामा६ अक्टोबर २०१६
एनटिभी७ (एस्ट्रो टेलिभिजन १०७) मलेसिया२७ अक्टोबर २०१६
८टेभी (एस्ट्रो टेलिभिजन ७०८)८ जुलाई २०१७
ग्वाङडन टेलिभिजन चीन२७ जुन २०१७
टिभीबी हङकङ२१ जनवरी २०१८ (टिभिबी)
श्रीलङ्का राष्ट्रिय टेलिभिजन श्रीलङ्का८ मे २०१८[]
एनटीभि प्लस[] नेपाल६ फेब्रुअरी २०१९

दोस्रो संस्करण

[सम्पादन गर्नुहोस्]
च्यानलस्थानमिती
ड्रागन टेलिभिजन चीन११ मे २०१७
जेजियाङ टेलिभिजन
एस्ट्रो क्विन जिया एचडी (एस्ट्रो ३०८) मलेसिया२४ अप्रिल २०१७
तानजिन टेलिभिजन चीन२७ जुलाई २०१७
जाया लि च्यानल (सिङटेल टिभी ५०२) सिङ्गापुर२५ सेप्टेम्बर २०१७
भिडियो ल्यान्ड ताइवान२७ सेप्टेम्बर २०१७
इएलटीए ड्रामा२ अक्टोबर २०१७
साउथइस्ट टेलिभिजन चीन१९ फेब्रुअरी २०१८
टिभीबी हङकङ१७ मे २०१८

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "ओड टु जोए टेलिभिजन शृङ्खलाको दोस्रो संस्करण", साङ्घाइ दैनिक, ३ मे २०१७।
  2. "श्रीलङ्का राष्ट्रिय टेलिभिजन", Rupavahini.lk, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ अभिलेखिकरण ७ जुलाई २०१९ वेब्याक मेसिन
  3. "चीनले बहुचर्चित कार्यक्रम ओड टु जोए नेपाललाई बेच्दै", मदर सिप, अन्तिम पहुँच २९ जेठ २०७६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]