कर्णाली डेभलपमेन्ट बैंक
स्वरूप
व्यवसाय प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
---|---|
उद्योग | बैङ्किङ |
स्थापित | २०६० फागुन ६ |
केन्द्रीय कार्यालय | नेपालगन्ज |
सेवा क्षेत्र | बाँके बर्दिया दाङ[१] |
मुख्य व्यक्ति | ओमप्रकाश मिश्र (अध्यक्ष) नीरजविक्रम शाह (कार्यकारी अधिकृत)[२] |
कर्णाली डेभलपमेन्ट बैंक नेपालको ३ जिल्लाहरूमा सेवा सञ्चालन गर्ने अनुमति पाएको एक विकास बैङ्क हो। यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]२०६० फागुन ६ गते स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालको मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको पहिलो विकास बैंक हो। बैंकको केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको छ भने तुलसीपुर, घोराही, लमही, भालुवाङ, गढवा, कोहलपुर, खजुरा, बैजापुर, गुलरिया, सानोश्री, बाँसगढी, भुरीगाउँ, राजापुर, ठाकुरद्वारा, बिजौरी, सिसहनिया, शम्शेरगञ्ज र नारायणपुरमा रहेका १९ वटा शाखा कार्यालयहरू, ५ वटा एटिएम र मोबाइल बैंकिङ्ग सेवाहरु मार्फत बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Working Area of ‘B’ Class Development Banks In Nepal", इन्भेस्टो पेपर (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "Board of Directors", कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड (अङ्ग्रेजीमा), १४ वैशाख २०८१।