कलारोया उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कलारोया
কলারোয়া
कलारोया is located in बङ्गलादेश
कलारोया
कलारोया
बाङ्लादेशको नक्शामम कलारोया उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°५२.५′उ॰ ८९°२.५′पू॰ / २२.८७५०°N ८९.०४१७°E / 22.8750; 89.0417निर्देशाङ्कहरू: २२°५२.५′उ॰ ८९°२.५′पू॰ / २२.८७५०°N ८९.०४१७°E / 22.8750; 89.0417
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लासातखीरा जिल्ला
क्षेत्रफल
 • जम्मा२३२.६४ किमी (८९.८२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२३७,९९२[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटkalaroa.satkhira.gov.bd

कलारोया (बङ्गाली: কলারোয়া) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्नुहोस्]

कलारोया उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°४८' देखि २२°५७' उत्तर अक्षांश र ८८°५४' देखि ८९°०९' पूर्वी देशान्तरणमा अवस्थित छ। कलारोया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३२.६४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई शार्शा, झिकरगाछामनिरामपुर उपजिल्लाले दक्षिण, सातखीरा सदरताला उपजिल्लाले दक्षिण, केशवपुर, मनिरामपुर, ताला र काप‍ताख नदीले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले उपजिल्लाले पश्चिमबाट घेरेको छ। कपोताख, बेतना, सोनाई, बाहुरा खाल, इछामति खाल, नोयाखाली खाल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १८ सेप्टेम्बर २९ मा बालियाडाङ्गामा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच युद्ध भएको थियो। २० सेप्टेम्बरमा उही क्षेत्रमा पाकिस्तानी सेनाले बङ्गलादेशी लडाकुलाई आक्रमण गरेका थिए जहाँ १६ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो भने तीन लडाकुलाई पाकिस्तानी सेनाले गिरफ्तार गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२१५९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११२२५८ छ भने महिलाको जनसङ्ख्या १०९३३८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०७६३३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११५७८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १८१६, इसाई धर्मवलम्बीको जनसङ्ख्या १५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५५४ रहेको छ। यस उपजिल्लामा ४०५ मस्जिद, ६ मन्दिर र ३ गिर्जाघरहरू रहेका छन्।[३] चेडाघाट कायेम मस्जिद, मोहाम्मद शाही बा मल्लिक शाहेब दरगा, हामिदी साहेबको चिहान आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९७.०२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२१% ले पोखरी, ०.३३% ले टुटी र २.४४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३४.९७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, १२ परिवार नियोजन केन्द्र र १ स्थानीय स्वस्थ्य संस्थाहरू रहेका छन्। सन् १७७०, १७८४, १८९७ र १९४३ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो जसका कारण यस उपजिल्लाका हजारौँ मानिसहरूको मृत्यु भएको थियो।[४]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, आलु, गहुँ, पानको पात, तोरी लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, स्याउ, कागती, आलुबखडा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया झिङे माछा, पानको पात, तेल नरिवल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, बदाम, सखरखण्ड, उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२६७ घेर र १५ माछापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.८९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.८१%, वाणिज्यमा १३.०३%, सञ्चार र यातायातमा ३.८७%, उद्योगमा १.३४% निर्माण क्षेत्रमा १.०५%, सुविधामा ४.०१%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.८१% र अन्यमा ४.०६% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय कलारोया थानाको स्थापना सन् १८५१ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो पहिला कलारोया सातखीरा उप विभागको सदरमुकाम थियो। हाल यस उपजिल्लामा १२ सङ्घ परिषद्, १२३ मौजा/महल्ला र १३८ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; जयनगर सङ्घ परिषद् र, जालालाबाद सङ्घ परिषद्, कयला सङ्घ परिषद्, लाङ्गलझाडा सङ्घ परिषद्, केँडागाछि सङ्घ परिषद्, सोनाबाडिया सङ्घ परिषद्, चन्दनपुर सङ्घ परिषद्, केरालकाता सङ्घ परिषद्, हेलातला सङ्घ परिषद्, कुशोडाङ्गा सङ्घ परिषद्, देयाडा सङ्घ परिषद् र जुगिखाली सङ्घ परिषद् आदि।[५]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४५.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.४९% छ भने महिलाको साक्षरता दर ४०.४७%रहेको छ। यस उपजिल्लामा १० क्याम्पस, ४६ माध्यमिक विद्यालय, ४ प्राविधिक शिक्षण संस्था, १३४ प्राथमिक विद्यालय र ६४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कलारोया सरकारी क्याम्पस (सन् १९६९), शेख आमानुल्लाह डिग्री क्याम्पस (सन् १९९३), धानदिया माध्यमिक विद्यालय (सन् १९१५), कलारोया जिकेएसके पाइलट उच्च विद्यालय (सन् १९३०), कालारोया गार्लस् पाइलट उच्च विद्यालय (सन् १९७९), हामिदपुर हासिदिया मदरसा (सन् १९४९), कलारोया आलिया मदरसा (सन् १९६६) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারী ২০১৫), "এক নজরে কলারোয়া", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. "कलारोया उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच २२ मार्च २०१६ 
  3. "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]