रणजोर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काजी रणजोर थापाबाट अनुप्रेषित)
श्री काजी
रणजोर थापा
व्यक्तिगत विवरण
जन्मनेपाल
नाताभीम सिंह थापा (हजुरबुवा)
अमरसिंह थापा (बुवा)
रणध्वज थापा (दाजु)
नरसिंह थापा (दाजु)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकाजी
लडाई/युद्धहरूनेपाल-अङ्ग्रेज युद्ध (जैथक, नाहन), सिन्धुलीगढी

रणजोर थापा जैथकको लडाइँमा सैनिक कमाण्डर थिए। उनी बडाकाजी अमरसिंह थापाका छोरा थिए। पितासँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए।

कार्य[सम्पादन गर्नुहोस्]

जैथकमा दल खडा गरी नाहनतिर हेरविचार गर्दै थिए। २५ डिसेम्बर, १८१४ मा जनरल मार्टिन्डेलले हमला गरे। अङ्ग्रेजी जनरल मार्टिन्डेल र जनरल लुडलो दुवै पराजित भयो। दोस्रो लडाइँमा अङ्ग्रेज जनरल अक्टरलोनीले मलाउँमा रहेका पिता अमरसिंह थापासँग रहको नेटवर्क विच्छेद गरे। त्यसपछि अङ्ग्रेजी धुर्त्याइँसामु रणजोर असफल भए। त्यो ठाउँ छाडी सिन्धुलीगढी पुगेर बुवालाई सहयोग गरेका थिए र नेपालले सन्धि गर्यो।[१]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]