भीमसिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमराव बाघ

भीमसिंह थापा
उपनाम(हरू)बाघ बुढा
मृत्युवि.सं. १८१९
पलाञ्चोक, नेपाल
निष्ठानेपाल नेपाली
सक्रिय सेवा अवधि??-१८१९
युद्धनेपाल एकिकरण अभियानका लडाँइहरू
सन्तानअमरसिंह थापा
सम्बन्धहरूरणजोर सिंह थापा (नाति)
रणध्वज थापा (नाति)
नरसिंह थापा (नाति)

भीमसिंह थापा वा बाघ बुढा नेपाल एकिकरणको युद्धमा ज्यान गुमाउने सैनिक अधिकारी हुन् । उमराव भीम सिंहले सन् १७५९ (वि.सं. १८१९) को पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेका थिए ।[१] उनले वीरगति पाउनासाथ उनका ११ वर्षे छोरा अमरसिंह थापा मरवट नीति अनुसार सेनामा भर्ती भएका थिए । युद्धकौशलताका लागि प्रसिद्धि पाएका भीम सिंहलाई व्यक्तिगत बाघ उपाधि दिइएको थियो ।

परिवार[सम्पादन गर्नुहोस्]

उनी गोरखा सिरानचोकका बासिन्दा रणजय (रञ्जै) थापाका छोरा हुन् ।[२] उनी बगाले थापा कुलमा जन्मिएका थिए ।[१] उनका छोरा बडाकाजी अमरसिंह थापा थिए ।[२]

सन्दर्भ साम्रगी[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Hamal 1995, पृष्ठ 191.
  2. २.० २.१ Pradhan 2012, पृष्ठ 195.

पुस्तक[सम्पादन गर्नुहोस्]