किम्बु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किम्बु
मोरस निग्रा
वैज्ञानिक वर्गीकरण e
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: रोसालेस
परिवार: मोरासी
Tribe: Moreae
वंश: Morus


कार्ल लिनियस

किम्बु, मोरेसी परिवारमा पर्ने प्राय शितोष्ण क्षेत्रमा हुर्कने पतझड रुखहरूका प्रजाति हो।[१] साधारण रूपमा, किम्बुका फलका रङका आधारमा तीन मुख्य प्रजाति रहेका छन्; सेतो, रातो, र कालो किम्बु (मोरस अल्बा, रुब्रा र निग्रा) र अन्य जातहरू यसै अन्तर्गत पर्दछन्[२] भने २०० भन्दा बढि‍ किम्बुका प्रजाति पत्ता लागिसकेका छन्।[३] सेता किम्बु युरोपेलीहरूले प्रजनन वा पत्ता लगाइ बनाएकाले सेतो रहन ग‍ए पनि, जङ्गली किम्बु भने कालो नै हुने गर्दछन्। सेता किम्बु दक्षिण एसियामा नै उत्पत्ति भए पनि युरोप, दक्षिण अफ्रिकाउत्तर अमेरिकामा पनि पाइन्छ, यसलाई ब्राजिलअमेरिकामा आक्रामक प्रजातिका रुपमा पनि लिइन्छ।

अर्को प्रजाति ब्रुसोनेटिया पनि किम्बुसँग मिल्दो जुल्दो नै देखिन्छ।

बयान[सम्पादन गर्नुहोस्]

किम्बु छिटो बढ्न सक्दछ र करिब २४ मिटर (८० फिट) सम्म अग्ला हुन सक्दछन्।[४][२] पातहरू क्रमैसँग वैक्लपिक रुपमा मिल्दै गएका र छेउका रेखामा दाँते बनोट हुने गर्दछन्।[४]‍ एउटै बोटमा भाले वा पोथी अङ्ग मात्र वा दुवै रहेका हुन सक्दछन्।

नपाकेका फलहरू सेतो, हरियो वा हल्का पहेँलो हुने गर्दछन्।[२] पछि, पाक्दा रातो, गाढा बैजनी वा कालो हुदैँ जान्छ जसकारण यसको स्वाद गुलियो हुदैँ जान्छ।[४][२]

प्रजाति[सम्पादन गर्नुहोस्]

लामो किम्बु
पाकेका किम्बु (कालो) र नपाकेको (हलुका रङ)

'मोरस' नाम आफैँमा विवादित र जटिल भएको पनि पाइन्छ। पुरानो अवशेष प्लायोसिन कालमा नेदरल्यान्डमा भेट्टाइएका छन्।[५] १५० भन्दा बढी प्रजातिका उल्लेख र प्रकाशनमा देखिएता पनि १० देखि १६ वटा मात्र स्वीकार्य गरिएका छन्। यसै क्रममा हाइब्रिड गराई निकालिएका बोटहरू पनि उर्वर हुनुले किम्बुका वानस्पतिक विभाजनमा थप जटिल बनाएको छ।

अगस्ट १५ सम्ममा निम्न प्रजातिहरूका वृैज्ञानिक नाम स्वीकार भएका छन्।[३]

  • मोरस अल्बा L. – सेता किम्बु)
  • मोरस अस्ट्रालिस् Poir. – चिनियाँ किम्बु
  • मोरस कथायना Hemsl. – चिन, जापान, कोरिया
  • मोरस इन्डिका - L. – भारत
  • मोरस इन्सिग्निस - Bureau – अमेरिका
  • मोरस जापोनिका Audib. – जापान
  • मोरस लिबोन्सिस S.S. Chang – चिन
  • मोरस माकोरोरा Miq. – तिब्बेत
  • मोरस मेसोजेग्या Stapf – अफ्रिका
  • मोरस मङ्होलिका (Bureau) C.K. Schneid. – चिन, मङ्गोलीया, कोरिया, जापान
  • मोरस सेल्टीफोलिया – अमेरिका
  • मोरस निग्रा L. – इरान
  • मोरस नोट्याबिलिस् C.K. Schneid. – चिन
  • मोरस रुब्रा L. – उत्तर अमेरिका
  • मोरस सेरेटा Roxb. – तिब्बेत
  • मोरस त्रिलोब्टा (S.S. Chang) Z.Y. Cao – चिन
  • मोरस विटोरम Hand.-Mazz. – चिन

खेती[सम्पादन गर्नुहोस्]

सेतो किम्बु
किम्बु फल (लिबिया)

काला, राता, सेता किम्बु दक्षिण युरोप, मध्य पुर्वी क्षेत्र, उत्तर अफ्रिकामा फैलिएका पाइन्छन्। यसका स्थानीय नामगरु छन्। कालो किम्बु सत्रौँ शताब्दीमा बेलायतमा रेसम किराको खेती सहयोगी हुने सोची भित्र्याइएको थियो। पाकिस्तान बाट ल्याइएका हुनाले अमेरिका भने पाकिस्तानी काला किम्बुका नामले पनि चिनिन्छ।

बिउबाट उमार्न सकिने भएकाले र बोट स्वस्थकर नै भइ हुर्कने हुनाले बिउ बाट नै बोट निकाल्ने सल्लाह दिइने गरिन्छ। बिउबाट उमारिएका फल फल्न बने दश वर्ष सम्म लाग्ने गर्दछ। खेती नै गर्न भनी लगाइएका बोटहरू भने ६ फिट सम्म पनि अग्ला हुन सक्दछन्। बोट देखि बोट दुरी र हार देखि हारको दुरि मिलाइन्छन् भने मुख्य काण्डमा ८ देखि १० हाँगाहरू आउने गरी छाडिन्छन्। वर्षका ३ देखि ४ पटक पातहरू टिप्ने गरिन्छन्।

किम्बु बाट निस्कने पोलनका धुलाले पोलन सँग एलर्जी हुने हुँदा केही उत्तर अमेरिकाका शहरहरूमा भने किम्बु लगाउन निशेष गरेका छन्।[६] भाले किम्बुका बोटहरूले मात्र पोलेन बनाउने भए पनि साना पोलेनका कणहरि फोक्सामा पुगी स्वास प्रस्वासका समस्या गराउन सक्दछन्।[७][८] पोथी बोटले पोलेन लिने भएकाले तिनलाई भने एलर्जी मुक्त सुचीमा राखिएका छन्।[७]

किम्बुका रुखमा ग्राफिटङ विधि सजिलै अपनाउन सकिन्छ। किम्बुका रुखहरूमा यस विधि जाडो समयमा (वानस्पतिक प्रकृया सुषुप्त) हुने अवस्थामा गरिन्छन्। समस्यागत रुपमा रहेका भाले रुखलाई पोथी बनाउन सकिन्छ, अन्य भाले भागबाट पलाएका वा पलाउन लागेका हाँगाहरू भने हटाइनु पर्छ।[९] [१०]

पोषण[सम्पादन गर्नुहोस्]

काँचो किम्बुमा ८८% पानी, १९% कार्बोहाइड्रट, १% प्रोटिन, र १% भन्दा मुनि फ्याट रहेका हुन्छन्। १०० ग्राममा ४४% आवश्यक मात्रमा भिटामिन सी हुन्छन्, १४% आइरन र बाँकि न्युन मात्रामा माइक्रोन्युट्रियन्ट हुने गर्दछन्।

प्रयोग[सम्पादन गर्नुहोस्]

सेवन[सम्पादन गर्नुहोस्]

रेसम उत्पादन[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. J.M. Suttie (२००२), "Morus alba L.", United Nations, Food and Agriculture Organization, अन्तिम पहुँच ८ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१२ मिति
  2. २.० २.१ २.२ २.३ "Mulberry", California Rare Fruit Growers, १९९७, अन्तिम पहुँच ८ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २४ अगस्ट २०२० मिति
  3. ३.० ३.१ "Search for Morus", The Plant List, Kew Botanic Gardens, २०१३।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१७ मिति
  4. ४.० ४.१ ४.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named cabi
  5. Martinez Cabrera HI; Cevallos-Ferriz SRS (२००६), "Maclura (Moraceae) wood from the Miocene of the Baja California Peninsula, Mexico: Fossil and biogeographic history of its closer allies", Review of Palaeobotany and Palynology 140 (1–2): 113–122, डिओआई:10.1016/j.revpalbo.2006.03.004 
  6. City of El Paso (जुलाई १०, २००७), "Agenda item department head's summary form", अन्तिम पहुँच २१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१० मिति
  7. ७.० ७.१ Ogren, Thomas Leo (२०००), Allergy-Free Gardening, Berkeley, California: Ten Speed Press, आइएसबिएन 1580081665 
  8. Wilson, Charles L., "Tree pollen and hay fever", Food and Agriculture Organization, अन्तिम पहुँच १७ मे २०१४ 
  9. Ogren, Thomas Leo (२००३), Safe Sex in the Garden: and Other Propositions for an Allergy-Free World, Berkeley, California: Ten Speed Press, पृ: 22–23, आइएसबिएन 1580083145 
  10. Phipps, Nikki, "Can Grafted Trees Revert to Their Rootstock?", Gardening Know How, अन्तिम पहुँच १६ मे २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]