केन्द्रीय युरोपेली बैंकका प्रमुख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
केन्द्रीय युरोपेली बैंकको अध्यक्ष
पदावधी आठ वर्ष,गैर-अक्षय
सुरुवाती बहालवाला विम डुइसेनबर्ग

केन्द्रीय युरोपेली बैंकका प्रमुख केन्द्रीय युरोपेली बैंकको प्रमुख हुन्छन् । युरोपेली सङ्घको युरोजोनमा युरोको प्रबन्धन र मुद्रा नीतिको लागि यो सङ्घ जिम्मेवार निकाय हो ।

भूमिका र नियुक्ति[सम्पादन गर्ने]

यस सङ्घको अध्यक्ष कार्यकारी बोर्ड, परिचालक परिषद र सामान्य परिषदको प्रमुख हुन्छ । उनी लोकप्रिय मतले निर्वाचित हुदैनन् । उनी विदेशमा भएको बैंकहरू पनि प्रतिनिधित्व गर्छन । वास्तविक युरो अपनाएका सदस्य राष्ट्रको कुनै एक प्रसिद्ध व्यक्तिलाई युरोपेली सङ्घका आधिकारिक व्यक्तिहरूद्वारा बहुमतको आधारमा आठ वर्षको अवधिको लागि गैर-अक्षय नियुक्त गर्ने गरिन्छ ।[१]

सूची[सम्पादन गर्ने]

सन् १९९८ जुन १ मा स्थापना काल देखि बैंकका अध्यक्षहरूको सूची:

# चित्र अध्यक्ष राज्य पदासिन पद छोडेको
Wim Duisenberg.jpg विम डुइसेनबर्ग  नेदरल्यान्ड १ जुन १९९८ ३१ अक्टोबर २००३
पहिले नेदरल्यान्डको अर्थ मन्त्री, नेदरल्यान्ड बैंकका अध्यक्ष तथा युरोपेली मुद्रा संस्थानको अध्यक्ष
Jean-Claude Trichet - World Economic Forum Annual Meeting Davos 2010.jpg जीन-क्लाउडे त्रिचेत  फ्रान्स १ नोभेम्बर २००३ ३१ अक्टोबर २०११
पहिले तिस समुहका सदस्य तथा फ्रान्स बैंकका गवर्नर
Mario Draghi World Economic Forum 2013 crop.jpg मारियो द्रागी  इटाली १ नोभेम्बर २०११ पद २०१९ मा सकिने
गोल्डम्यान स्याक्सका प्रबन्धक, विश्व बैंकका कार्यकारी निर्देशक तथा बैंक अफ इटालीका गवर्नर

सन्दर्भ सामग्री[सम्पादन गर्ने]