क्लाउडिया सिफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्लाउडिया सिफ
सन् २००९ मा सिफ
जन्मक्लाउडिया मारिया सिफ
(1970-08-25) २५ अगस्ट १९७० (उमेर ५३)
राइनबर्ग, जर्मनी
पेशा
  • मोडल
  • अभिनेत्री
  • फेसन बनावटकर्ता
  • कार्यकारी निर्माता[१]
उचाई१.८० मी (५ फिट ११ इन्च)
कपालको रङ्गकैलौ
आँखाको रङ्गनिलो
जिवनसाथीम्याथ्यु भागुहन]] विवाह: सन् २००२
सन्तान
वेबसाइट
www.claudiaschiffer.com

क्लाउडिया मारिया सिफ (जर्मनेली: Claudia Schiffer) (जन्म:२५ अगस्ट १९७०) एक जर्मनेली मोडल, अभिनेत्री, फेसन बनावटकर्ता, र कार्यकारी निर्माता हुन्।[२] उनी सन् १९९० को दशकको सुरुमा विश्वको सबैभन्दा सफल मोडलहरू मध्ये एकको रूपमा ख्याति कमाउन सफल भएकी थिइन्। [३]

उनी एक हजार भन्दा बढी पत्रिकाको आवरणमा देखा परेकी थिइन्।[४] उनी सबैभन्दा बढी लोकप्रिय पत्रिकाहरूको आवरणमा देखा परेका वापत विश्व किर्तीमानको गिनिज पुस्तकमा पनि सूचीकृत छिन्।[५][६][७] सन् २००२ मा, फोर्ब्सले उनको कुल सम्पत्ति ५ करोड ५० लाख अमेरिकी डलर भएको अनुमान गरेको थियो।

बाल्यकाल वा सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

सिफको जन्म २५ अगस्ट १९७० मा जर्मनीमा भएको थियो। सिफका दुई भाइ र एक बहिनी छन्। उनको बुवाको वकील थिए। उनको बुवाको नाम हेनरीस सिफको र आमाको नाम उद्रनु सिफ हो। उनको बाल्यकाल निदहाइनमा बितेको थियो। [८][९] उनी फ्रान्सेली, अङ्ग्रेजी र जर्मनेली लगायतका भाषाहरूमा पोख्त छिन्। उनले सर्वप्रथम सेन्ट पीटर क्याथोलिक प्राथमिक विद्यालय र पछि एम्प्लोनिस उच्च विद्यालयमा पठनपाठन गरेकी थिइन्। बाल्यकालमा, उनी आफ्नो बुबाको कानून कार्यालयमा वकिल बनी सेवा गर्न चाहन्थिन्।[२][९]

कार्यकाल[सम्पादन गर्नुहोस्]

मोडलको रूपमा[सम्पादन गर्नुहोस्]

सन् २००७ मा, सिफ

सन् १९८७ मा कानून अध्ययन गर्ने उनको योजनालाई खारेज गरिसकेपछि उनलाई डोसेलडोर्फ महानगरीय मोडल आयोगका प्रबन्ध निर्देशक मिसेल लेभान्तनले उनको क्षमतालाई बुझी उनलाई सो कार्य गर्नमा प्रेरित गरेका थिए।[९]

त्यसपछि, सिफलाई परीक्षण दृश्य खिच्नका लागि लागि पेरिसमा आमन्त्रित गरिएको, त्यसपछि एली पत्रिकाको लागि तस्वीर शृङ्खला उनको तस्वीर एलेन भोन अनवर्थले खिचेका थिए। [१०] जिन्स कपडाहरूको ब्रान्ड गेस जीन्सको लागि फोटो शृङ्खलाको उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् जसमा उनको क्षमताको प्रस्तुत भएको थियो।[११] उनी पहिलो पटक सन् १९८८ मा कार्ल लगेरफेल्डको समर्थनमा कामुक हिँडाई प्रस्तुत गर्नका (सनेल नाम फ्रान्सेली कम्पनीका लागि) प्रवेश गरी र सोही वर्ष उनले त्यसमा दक्षता हासिल गरेकी थिइन्। [१२] सन् १९८९ मा सिफ पहिलो पटक भोग पत्रिकाको आवरण पृष्ठमा देखा परेकी थिइन्। हर्ब रिट्सले उनको तस्वीर भोग बेलायतको अक्टोबर जारीका खिचेका थिए।[१३] मे १९९० मा उनी पहिलो पटक भोग पत्रिकाको जर्मनेली संस्करणमा देखा परेकी थिइन् र जर्मनीका ततियाना पातिज्स र नादिया अमन्द पछि १० वर्षको लागि प्रख्यात मोडलको रूपमा रहेकी थिइन्।[१४] त्यसपछिका वर्षहरूमा सिफले संसारको सबैभन्दा प्रख्यात पत्रिकाहरूको १००० भन्दा बढी आवरण पृष्ठहरूमा देखा परेकी थिइन्।[१३] मारी क्लेयर, कस्मोपोलिटन, हार्पर्स बजार, प्लेब्वाइ वा एली लगायत पत्रिकाहरूमा उनको दृश्य छापिएको थियो। भ्यानिटी फेयर, सङ्गीत पत्रिका रोलिङ स्टोन र प्रख्यात न्यु योर्क टाइम्सको शीर्षकमा देखा पर्ने उनी पहिलो मोडल पनि हुन्।[१५]

सन् १९९० को दशकको मध्य तिर, उनलाई विज्ञापनमा खेल्नका लागि रिभलन, पेप्सी, एबेल, लोरियाल, सिथोएन, एच एन्ड एम र भिक्टोरियाज सिक्रेट जस्ता कम्पनीहरूले उनलाई सम्झौतामा ल्याएका थिए। [१६] हालसालै उनले लुइस भितन, दोम पेहिन्योन र दोल्चे एन्ड गब्बाना जस्ता विलासी कम्पनीहरूका लागि काम गरिरहेकी छिन्।[१७] सिफ पछि पेप्सिकोको विज्ञापनमा देखा गरेकी थिइन्, र फेन्टाको विज्ञापनहरूमा मिकी माउसको कार्टुन संस्करणसँग उनको नच लोकप्रिय बनेको थियो। [१८][१९][२०][२१]

सन् १९९८ मम उनको सिथोएनको विज्ञापनमा प्रदर्शन गरेसँगै उनले ३० लाख युरो कमाएकी थिइन्। सिफले हालसम्म पनि लोरियालको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राजदूतको रूपमा रहेकी छिन्।[२२]

उनको पुस्ताका अन्य शीर्ष मोडलहरू जस्तै सिन्दि कोफोर्ड, केट मोस, नाओमी क्याम्पबेल, एले म्याकफरसन र क्रिस्टी टर्लिङटनले संयुक्त रूपमा न्यु योर्कमा अहिले बन्द भएको फेसन क्याफेको स्थापना गरेका थिए। सिफ उनको "अर्ध नग्न" तस्वीर खिच्न अस्वीकार गरेका बापत पनि चर्चामा आएकी थिइन्। सन् २०१० मा, उनले उनको तेस्रो बच्चाको जन्म हुनुभन्दा केही समय अगाडि भोग पत्रिकाको जर्मनेली संस्करणको लागि फोटो खिचेकी थिइन्। उद्योगमा उनी विश्वसनीय र अनुशासित पात्रको रूपमा रहेकी छिन्।[२३]

सन् २०११ मा उनी फेसन फ्रिन्ज नामक प्रतियोगिताका लागि निर्णायकको भूमिकामा रहेकी थिइन्। सन् २०१२ मा, उनले गेस ब्रान्डको ३० अौँ वार्षिकोत्सबको लागि पनि तस्वीर खिचाएकी थिइन्।

सन् २००६ फिफा विश्वकपको उद्घाटन समारोहमा सिफले पेलेसँग ट्राफी प्रस्तुत गर्नका लागि सहयोग पुर्‍याएकी थिइन्। उनले सन् २००२ मा प्रिन्स विलियमलाई पोलो ट्रफी प्रदान गरेकी थिइन्।[२४]

अभिनेत्रीको रूपमा[सम्पादन गर्नुहोस्]

सन् १९९७ मा, सिफले पहिलो पटक क्यामराको अगाडि एक अभिनेत्रीको रूपमा ठूलो भूमिकामा देखा परेकी थिइन् र सन् १९९४ मा हास्य चलचित्र रिच्चिय रिचमा केवल एक छोटो पाहुनाको भूमिका निर्वाह गरेकी थिइन्। उनले आबिल फेआरासको चलचित्र ब्ल्याक आउटमा सुसान नामक महिला सहयोगी भूमिका खेलेकी थिइन्। उनले त्यसपछि गिग्ङ् यदिन फदात्च (अनुवादित: कुनै सन्दिग्धको विरुद्धमा) नामक चलचित्रमा डेनियल बादविनसँग ठूलो भूमिका निर्वाह गरेकी थिइन्। [१२]

त्यसपछि उनी सन् १९९९ मा, अमेरिकी चलचित्र फ्रेन्ड्स एन्ड लभर्स, सन् २००१ मा, इन पर्सुइट र लाइफ विथाउट डिकमा देखा परेकी थिइन् भने उनी सन् २००३ को चलचित्र तात्सेखलिच...लिबमा पनि सानो भूमिकाका देखा परेकी थिइन्। सन् २००२ मा, अमेरिकी दूरदर्शन शृङ्खला धर्म एन्ड ग्रेगका दुई अङ्कमा उनी सहयोगी भूमिकाका रहेकी थिइन्। सिफ विभिन्न प्रख्यात वार्ता कार्यक्रमहरू जस्तै द ओपरा विनफ्रे सो, ल्यारी किङ लाइभ, लेट सो विथ डेभिड लेटरमेन, लेट नाइट विथ कोनन ओ ब्रायन, द जोनाथन रोस र एरेस्टेट डेभलपमेन्टमा देखा परेकी थिइन्।[२५]

दान कार्यहरू[सम्पादन गर्नुहोस्]

सिफले युनिसेफसँग कला र मनोरञ्जन समर्थन समितिको सदस्य भएर आफ्नो संलग्नता सुरु गरेकी थिइन्, र हाल यस संस्थाका लागि उनी बेलायतको सद्भावना राजदूत पनि हुन्।[१२] सिफले गरीबीलाई इतिहास बनाउने नामक संस्थाकी (अनुवादित नाम) प्रवक्ताको रूपमा पनि सेवा गर्दै संस्थाको "क्लिक" नामक अभियानमा पनि देखा परेकी थिइन्। जुलाई २००५ मा, उनी बर्लिन र एडिनबर्ग लगायतका सहरहरूमा लाइभ ८ नामक रात्रीकालिन सङ्गीत कार्यक्रममा प्रस्तुतकर्ताको रूपमा देखा परेकी थिइन्।[८]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् २०१० मा, सिफ म्याथ्यु भागुहनसँग सन् २०१० मा

सन् १९९३ मा, बर्लिनमा सिफले अमेरिकी जादूगर डेभिड कोपरफिल्डलाई भेटेकी थिइन् र उनले उनलाई मस्तिष्क पढ्ने र उडान भ्रममा भाग लिने लगायतका अचम्म तथा रोमाञ्चिक दृश्यका लागि मञ्चमा ल्याएका थिए।[२६] उनीहरूको त्यसपछि प्रेम सम्बन्ध कायम भएको थियो भने जोडीले सन् १९९४ जनवरीमा विवाह गरेका थिए। सिफ कहिलेकाहीँ उनको साथ मञ्चमा विभिन्न जादूसँग सम्बन्धित प्रस्तुति गर्नका लागि प्रस्तुत हुने गर्दथिन्।[२७][२८][२९] उनी डेभिड कोपरफिल्डको साथ उनको जादूमा पन्ध्र वर्ष, वर्ष नामक सन् १९९४ को वृत्तचित्रमा देखा परेकी थिइन् जसमा उनले उनीसँग अन्तर्वार्ता लिने पत्रकारको भूमिका खेलेकी थिइन्, र अन्तमा उनीहरूले उडान भ्रमको प्रदर्शन गरेका थिए।[३०] सेप्टेम्बर १९९९ मा, जोडीले व्यस्तताका कारण सम्बन्ध विच्छेद गरेको घोषण गरेका थिए। डेभिड कोपरफिल्डसँगको सम्बन्ध विच्छेद पछि, उनी छोटो समयका लागि बेलायती करोडपति टिम जेफ्रिजसँग सम्बन्धमा रहेकी थिइन् र सो सम्बन्ध एक वर्षका लागि टिकेको थियो।

मे २००२ मा, उनले बेलायती चलचित्र निर्माता र निर्देशक म्याथ्यू भहनसँग विवाह गरेकी थिइन्। उनीहरूको विवाह २५ मे २००२ मा, इङ्ल्यान्डको सफकमा भएको थियो। उनका साथ उनीहरूका तीन बालबालिकाहरू छन्। उनीहरूका एक छोरा र दुई छोरीहरू छन्। उनका छोराको जन्म ३० जनवरी २००३ मा भएको थियो भने, उनकी पहिलो छोरी जन्म १४ मे २०१० मा भएको थियो। उनले आफ्नी छोरीलाई १४ मे २०१० मा, लन्डनमा जन्म दिएकी थिइन्।[३१][३२][३३][३४]

उनको भान्जा भाइ प्याट्रिक सिफर सन् २०१६ देखि २०१७ सम्म पिरेट पार्टी जर्मनीका अध्यक्ष थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Alexander, Ella, ""Schiffer wird Filmproduzent"", अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  2. २.० २.१ "[१] वेब्याक मेसिन अभिलेखिकरण ११ मे २०१३ मिति". Stylist. अभिगमन मिति ६ मार्च २०१२
  3. "BEAUTY; Tropical Tresses", द न्यु योर्क टाइम्स, ५ जनवरी १९९२, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१३ 
  4. "10 Minutes with Claudia Schiffer", ग्ल्यामर, १५ जनवरी २०१५, अन्तिम पहुँच ४ अप्रिल २०१६  वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१६ मिति
  5. "Profit Models – Forbes", फोर्ब्स, २० मार्च २०००, अन्तिम पहुँच ४ अप्रिल २०१६ 
  6. "Claudia Schiffer Fashion Wiki", Fashion Encyclopedia, अन्तिम पहुँच ४ अप्रिल २०१६ 
  7. "Claudia Schiffer – Guinness record", युट्युब, १८ मार्च २००७, अन्तिम पहुँच ४ अप्रिल २०१६ 
  8. ८.० ८.१ "Biografie वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २००७ मिति". Ask Men. अभिगमन मिति १९ जुन २००७
  9. ९.० ९.१ ९.२ Tod beim Golfspielen – Claudia Schiffer weint um ihren Vater, Hamburger Abendblatt, २६ जुलाई २०९७
  10. Claudia Schiffer CNN Style auf www.edition.cnn.com, abgerufen am 6. Januar 2019
  11. Claudia Schiffer: Babybauch als Lustobjekt. auf: sueddeutsche.de, 22. Mai 2010.
  12. १२.० १२.१ १२.२ "Claudia Schiffer: Biografie वेब्याक मेसिन अभिलेखिकरण ११ नोभेम्बर २००७ मिति". MSN. अभिगमन मिति १२ जुन २००७।
  13. १३.० १३.१ "[२]". Vogue cover.अभिगमन मिति ६ मार्च २०१२।
  14. Mau, Dhani (२८ मार्च २०१२), "Over 20 Years Later, Claudia Schiffer Is a Guess Girl Again – Fashionista", Fashionista, अन्तिम पहुँच ८ मार्च २०१५ 
  15. shrekolina (३१ जुलाई २००७), "Claudia Schiffer – Chanel" – युट्युबद्वारा। 
  16. Lee, Helen (११ अप्रिल २००७), "Vogue’s ‘World’s Next Top Models’ cover", SassyBella.com, अन्तिम पहुँच १८ अप्रिल २०११ 
  17. "[३] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०८ मिति". Fab Sugar. अभिगमन मिति १३ जुन २००७।
  18. Style File: Claudia Schiffer (image #18). भोग. अभिगमन मिति ३१ मार्च २०१२
  19. Claudia Schiffer Vogue. अभिगमन मिति ३१ मार्च २०१२ वेब्याक मेसिन अभिलेखिकरण ५ अगस्ट २०१४ मिति
  20. Claudia Schiffer Profile in the FMD क्लाउडिया सिफ अभिगमन मिति १० जुन २००८
  21. Designed to delight India Today, अभिगमन मिति ३१ मार्च २०१२
  22. ""Archivierte Kopie", मूलबाट १० जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०३-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१० मिति". Telegraph. अभिगमन मिति ६ मार्च २०१२
  23. Krupnick, Ellie (२८ मार्च २०१२), "FOTOS: Claudia Schiffer kehrt zum 30. Jahrestag zurück", Huffington Post 
  24. "[४] वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०५ मिति". Vogue. अभिगमन मिति ६ मार्च २०१२
  25. "Playboy Magazine, Mai 1997 mit Claudia Schiffer auf dem Cover", अमेजन, अन्तिम पहुँच ९ अक्टोबर २०१५ 
  26. Claudia Schiffer hat ihr drittes Kind bekommen. www.welt.de. Abgerufen am 15. Mai 2010.
  27. Style File: Claudia Schiffer (image #7). वेब्याक मेसिन अभिलेखिकरण २४ जुन २०१२ मिति भोग अभिगमन मिति ३१ मार्च २०१२।
  28. Sophie Dahl and Jamie Cullum's secret wedding: 10. Claudia Schiffer and David Copperfield द इन्डिपेन्डेन्ट अभिगमन मिति ३१ मार्च २०१२।
  29. David Copperfield Biografie वेब्याक मेसिन अभिलेखिकरण १९ फेब्रुअरी २०१२ मिति आक्स मेनअभिगमन मिति ३१ मार्च २०१२।
  30. "CANOE – JAM! – Schiffer's big shift", jam.canoe.ca, मूलबाट १५ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २००९ 
  31. "Fairytale romance that began with a cunning illusion – The Independent", द इन्डिपेन्डेन्ट (लन्डन), ११ जुलाई १९९७, अन्तिम पहुँच ८ जुन २००९ 
  32. Luscombe, Belinda (४ अगस्ट १९९७), "Copperfield V. Paris Match", टाइम पत्रिका, अन्तिम पहुँच ८ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २००८ मिति
  33. "Shedding Light: Copperfield talks candidly about his profession", लस भेगस रिभ्यु जर्नल, अन्तिम पहुँच ८ जुन २००९ 
  34. Schiffer Boots British Fiance ABC News अभिगमन मिति ९ अप्रिल २०१२

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]