खड्ग रानाभाट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खड्ग रानाभाट
व्यक्तिगत विबरण
पूरा नाम: खड्ग रानाभाट
उपनाम(हरू): खड्ग
राष्ट्रियता:  नेपाल
जन्म: पोखरा,  नेपाल
खेल
खेल: फुटबल,भलिबल,एथलेटिक्स
टिम: नेपाल


खड्ग रानाभाट एक नेपाली भूपू राष्ट्रिय खेलाडी हुन्।जसले नेपालका तर्फबाट फुटबल,भलिबल,एथलेटिक्स लगाएका खेलहरूमा सहभागीता जनाएका थिए।उनी पोखरा स्पोर्ट अवार्ड २०७४मा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका थिए।

खेल जीवन[सम्पादन गर्ने]

रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जीवन सुरु गरेका थिए । एथलेटिक्स, भलिबलफुटबलका राष्ट्रिय खेलाडी समेत रहिसकेका उनी सन १९७० मा थाइल्यान्डको बैंककमा सम्पन्न छैटौं एसियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए । [१]

संस्थागत जीवन[सम्पादन गर्ने]

२०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्यसमेत थिए । भूतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगायत सामाजिक संघसंस्थामा समेत क्रियाशील छन् ।

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्ने]

पोखरा स्पोर्ट्स अवार्ड
  • २०७२(लाइभ टाइम एचिभ्मेन्ट अवार्ड)

स्रोत[सम्पादन गर्ने]

  1. www.hamrokhelkud.com पहिलो पोखरा स्पोर्ट्स, लाइफ टाइम एचिभ्मेन्ट अवार्ड खड्ग रानाभाटलाई

स्रोतहरू[सम्पादन गर्ने]