खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
गठनवि.सं. २०६४
संस्थापकजीवा लामिछाने
उद्देश्यनेपाली कला र साहित्य क्षेत्रका उत्कृष्ट स्रष्टालाई सम्मान गर्ने
स्थान
सेवा क्षेत्र
नेपाल
प्रमुख व्यक्ति
जीवा लामिछाने

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनको रत्ननगर नगरपालिकामा वि.सं. २०६४ मा स्थापना गरिएको एउटा सङ्गठन हो। यो प्रतिष्ठानलाई नेपाली उद्यमी जीवा लामिछानेले आफ्ना पिता र माता खेमलाल लामिछाने र हरिकला लामिछानेका नाममा स्थापना गरेका हुन्। यो प्रतिष्ठानको संरक्षक र संस्थापक जीवा नै छन्।[१]

उक्त प्रतिष्ठानले वि.सं. २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठानेको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ। यसको खास नाम पद्मश्री साहित्य पुरस्कार हो। शुरूमा यसमा देशभित्रका कृतिमात्र पर्थे भने वि.सं. २०६६ सालदेखि देशभरिबाट मात्र नभएर विदेशबाट नेपाली भाषामा लेखिएका कृतिलाई दिन थालिएको हो।

त्यसैगरी प्रतिष्ठानले वि.सं. २०६७[२] सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ। प्रतिष्ठानले पुरस्कार र सम्मानको नाम जीवाको जन्म-गाउँ पदमपुरबाट लिएको हो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]