गोपीकृष्ण शर्मा
स्वरूप
(गाेपीकृष्ण शर्माबाट अनुप्रेषित)
जन्म स्थान पाल्पाको तानसेन र कर्मस्थान काठमाडौँको ज्ञानेश्वर भएका गोपीकृष्ण शर्मा (१९९७) संस्कृत र नेपाली साहित्यका विद्वान् प्रध्यापक हुन् । उनले वाराणसेय संस्कृत विश्वविद्यालयबाट स्वर्णपदक र त्रिभुवन विश्वविद्यालयबाट महेन्द्र विद्याभूषण प्राप्त गरेका छन् । शर्माका नेपाली निबन्ध परिचय (२०४०), अवलोकन र विवेचन (२०४४), पौराणिक बालकथा (२०४४), सरल निबन्ध परिचय (२०४८), संस्कृत साहित्यको रूपरेखा (२०५३) लगायत एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका देखिन्छन् । [१][२]