गाेलान टेलिकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोलान टेलिकम कम्पनी लिमिटेड
חברת גולן טלקום בע"מ
व्यवसाय प्रकार
लिमिटेड कम्पनी
उद्योगमोबाईल फोन, दूरसञ्चार
स्थापित२०१०
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
इजरायल
उत्पादनहरूजिएसएम, जिपिआरएस, एज, युएमटिएस, डिसी-एचएसपिए+, एलटिइ
मूल सङ्गठनइलाद एसए
वेबसाइटwww.golantelecom.co.il

गोलान टेलिकम इजरायलको एक मोबाइल सञ्जाल सञ्चालक हो। जुलाई २०११ मा कम्पनीले इजरायलमा ३ जी ताररहित सञ्जाल सञ्चालन गर्न एक टेण्डर वा निविदा जितेको थियोे। यसको गतिविधिको शुरुवातमा कम्पनीद्वारा अपनाइएको मूल्य नीतिका कारण कम्पनी पहिला, कम लागत खालको मोबाइल फोन कम्पनी थियो जसले गर्द इजरायलका यसको सेलुलर सञ्चार बजारमा प्रतिस्पर्धा बढेको थियोे। यो लिमिटेड कम्पनीको रूपमा सन् २०१० मा स्थापना भएको थियोे।

इतिहास[सम्पादन गर्नुहोस्]

कम्पनी माइकल गोलन (जन्म - माइकल बौकोब्जा, पेरिस, फ्रान्स, १९७८) द्वारा स्थापित गरिएको थियो, जो एक व्यवसायी थिए जसले फ्रान्सबाट सन् २००७ मा इजरायल बसाइँसराइ गरेका थिए।

गोलन टेलिकम, पेलेफोन, सेलमक, पार्टनरपेलेफोन पछि इजरायलमा मोबाइल सञ्चार बजारमा प्रवेश गर्न पाँचौं सञ्चालक थियो। कम्पनीले आफ्ने सम्पर्क कोड ०५८ राखेको थियोे। १४ मे २०१२ मा यसले कलहरूको लागि विना सम्झौता प्याकेजहरू प्रस्तुत गर्न थाल्यो (केही अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नि:शुल्क लामो दूरी कलहरूमा)। यसले सन्देशहरू र असीमित इन्टरनेट सर्फिङका लगि एक महिना सम्म ₪९९ ले प्रदान गरेको थियो।

जुलाई २०१२ को सुरुमा गोलानले दुई महिनामा ८०,००० प्रयोगकर्ताहरूको हासिल गरेको थियोे भने, हरेक हप्ता १०,००० नयाँ ग्राहकहरू प्राप्त गरेको थियोे। ४ डिसेम्बर २०१३ मा गोलान टेलिकमले ३८०,००० प्रयोगकर्ताहरू भित्र्याउन सफल भएको थियोे। सन् २०१० को शुरुवात देखि प्रयोगकर्ता सङ्ख्या १३४,००० ले बढेको थियोे। मे २०१५ मा यो ७५०,००० प्रयोगकर्ता हासिल गरेको थियोे भने २०१६ को अन्त्यमा, गोलनका कूल प्रयोगकर्ता ९००,००० पुगेका थिए।

सञ्जाल[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०११ मा गोलान टेलिकमले आधार-स्टेसन स्थापना गर्नका लागि नोकिया सिमेन्स सञ्जालसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो। यसको सञ्जाल २१०० मेगाहर्ज ब्याण्डमा एचएसपिए+ रहेको थियो जसमा सेवा क्षेत्रहरूमा रोमिङ सेवाले पूर्णतया ढाकेको थिएन।[१] इजरायलमा रोमिङ पहिलो पटक १८०० र २१०० मेगाहर्ज एचएसपिए+ सहितको सेलकमले सञ्चालन गरेको थियो[२] र पछि हट मोबाईल ले २जी, ३जी र ४जी सेवा प्रदान गरेको थियो। सेप्टेम्बर २०१३ मा, गोलान टेलिकमले पार्टनर सञ्चार कम्पनीसँग टावर साझेदारी सम्झौता लागू गर्ने घोषण गरेको थियो।[३] १८ डिसेम्बर २०१४ मा गोलन टेलिकमले आफ्नो ४ जी एलटिइ सञ्जालको शुभारम्भ गरेको थियोे।[४]

गोलान टेलिकम सञ्जालमा प्रयोग हुने आवृत्तिहरू
आवृत्ति ब्याण्ड
सङ्ख्या
प्रोटोकुल श्रेणी
१८०० मेगाहर्ज जिएसएम/जिपिआरएस/एज २जी
२१०० मेगाहर्ज युएमटिएस/डिसी-एचएसपिए+ ३जी
१८०० मेगाहर्ज एलटिई ४जी

खरिद[सम्पादन गर्नुहोस्]

अक्टोबर २०१५ मा गोलान टेलिकमले सम्भवत हट मोबाईल (अर्को मोवाईल सञ्जाल सञ्चालक) सँग समायोजनको लागि कुराकानी गरेको थियोे । हट मोबाइलको सम्भावत समायोजनको घोषणा पछि, पेलेफोनले ₪१ बिलियनको लागि गोलान टेलिकमलाई खरिद गर्ने आफ्नो इच्छा जाहेर गरेको थियोे। नोभेम्बर २०१५ मा, गोलन १.१७ बिलियनको लागि सेलकम सँग एक अधिग्रहणमा सम्झौता गर्ने घोषणा गरेको थियो।

जनवरी २०१७ मा इलेक्ट्रा कज्जुमर प्रोडक्टले ३५० मिलियनमा गोलान टेलिकमलाई खरीद गर्न समझौता गर्यो र यो सम्झौता जुन २०१७ मा पूरा भएको थियो।[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Barclays | इजरायल टेलिकम सेवाहरू
  2. נמרוד, מאת: דורון, "תדרי הסלולר בישראל. מדריך." (यहुदीमा), अन्तिम पहुँच २०१७-१०-१८ 
  3. "गोलान टेलिकम - साधारण जानकारी", गोलान टेलिकमको आधिकारिक वेबसाइट, अन्तिम पहुँच २ २ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१४ मिति
  4. गोलान टेलिकमले ४जी एलटिई सेवा सुरु गरेको छ, २० जिबी एक महिने उपहार ४जी एलटिईमा!!! वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति
  5. "इलेकट्राले गोलान टेलिकमलाई खरिद गरेको छ - ग्लोब्स", ग्लोब्स (यहूदीमा), अन्तिम पहुँच २०१७-१०-१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]