सेलकम (इजरायल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सेलकम इजरायल लिमिटेड
סלקום ישראל בע"מ
उद्योगको प्रकारसार्बजनिक
उद्योगदूरसञ्चार
व्यवसायको रूपमाढाँचा:TLV
एनवाइएसइCEL
स्थापना१९९४; २६ वर्ष अघि (१९९४)
संस्थापक (हरू)डाेभ ताडमाेर
मुख्य कार्यालयनेतान्य, इजरायल ३२°१७′२५″उ॰ ३४°५१′४६″पू॰ / ३२.२९०२८°N ३४.८६२७८°E / 32.29028; 34.86278निर्देशाङ्कहरू: ३२°१७′२५″उ॰ ३४°५१′४६″पू॰ / ३२.२९०२८°N ३४.८६२७८°E / 32.29028; 34.86278
व्यापारिक क्षेत्रइजरायल
मुख्य व्यक्तिहरूनिर स्टर्न (प्रमुख कार्यकारी अधिकृत)
उत्पादन (हरू)जिएसएम, जिपिअारएस, युएमटिएस, एचएसडिपिए, एलटिइ
राजस्व
  • Decrease१,०२९ मिलियन (२०१६)[१]
  • ₪१,०४० मिलियन (२०१५)
परिचालन आय
  • Increase₪१४० मिलियन (२०१६)
  • ₪८० मिलियन (२०१५)
कूल आम्दानी
  • Increase₪४४ मिलियन (२०१६)
  • ₪१२ मिलियन (२०१५)
धनी (हरू)डिस्काउन्ट इन्भेस्टमेन्ट कर्पोरेसन (४१.७७%), सार्वजनिक (५८.२३%)
कामदार (हरू)३,६००
वेबसाइटcellcom.co.il

सेलकम (यहूदी: סלקום) एक इजरायली दूरसञ्चार कम्पनी हो । सन् १९८६ मा स्थापित यस कम्पनीकाे व्यवसायको प्राय ताररहित सेवामा केन्द्रित रहेको छ । यसको वर्तमान प्रमुख कार्यकारी अधिकृत निर स्टर्न हुन जाे १ जनवरी २०१२ मा पदमा नियुक्त भएका थिए ।[२] जून २०१६ को अनुसार, सेलकमका २.८१२ मिलियन प्रयाेगकर्ताहरू रहेका छन् ।[३] कम्पनीकाे मुख्य कार्यलय इजरायलकाे एक प्रमुख व्यापारीक केन्द्र नेतान्यमा रहेकाे छ । कम्पनीमा ४१.७७% डिस्काउन्ट इन्भेस्टमेन्ट कर्पोरेसनकाे स्वामित्वमा रहेको छ भने बाँकी ५८.२३% सार्वजनिक स्वामित्वमा रहेकाे छ ।

इतिहास[सम्पादन गर्ने]

सेलकम इजरायली बजारमा प्रवेश गर्दा देशमा ताररहित सेवाहरूमा एक क्रान्ति भएकाे थियोे । सेलकमको प्रक्षेपणले इजरायलीमा सेलुलर सेवाहरूमा एकाधिकार पाएसम्म, पेलेफाेन (इजरायल पहिलो टेलिकम कम्पनी) काे तुलनामा यसले अाधा दरहरूमा अाफ्नाे सेवाहरू प्रदान गरेको थियोे । यसको आकर्षक दरले कम्पनीको सेवामा लागि ठूलो माग भयाे र केहि वर्ष भित्र यो दश लाख भन्दा बढी प्रयाेगकर्ताहरू लाई आक्रषित गरेको थियाे ।[४]

२०१२ को अन्त्यमा, यसका लगभग ३.४ मिलियन प्रयाेगकर्ताहरू पुगेका थिए र इजरायलमा सबैभन्दा ठूलो मोबाइल प्रदायक बनेको थियोे ।

नेटवर्क[सम्पादन गर्ने]

सेलकममले सुरुवाती चरण ८५० मेगाहर्ज ब्यानडमा एक टिडिएमए सञ्जाल सञ्चालन गरेकाे थियोे तर १८०० माेगाहर्ज आवृत्तिहरूको लागि ठेक्का पाएपछि यसले जिएसएस सेवा पनि सञ्चालन गरेको थियोे । यसले जीएसएम सेवाहरू सुरू गर्न थाल्यो र अन्तत ८५० मेगाहर्ज टिडिएमए आवृत्तिहरू प्रतिस्थापन गरेकाे थियोे ।

३ जी वायरलेस सेवा प्रवेश भएसँगै, सेलकमले इजरायलमा पहिलो मोबाइल भिडीयो कलको प्रदर्शन गरेकाे थियोे । २००६ को सुरुवात देखिनै, सेलकमले ३ जी युएमटिएस-२१०० नेटवर्कको देशभरी सञ्चालन गरेको थियोे र जसले २००७ को अन्त सम्ममा ८७% जनसङ्ख्यामा सुबिधा पुर्‍याएकाे थियोे । सेलकम एचएसपीडीए नेटवर्कको सुरुवात गर्ने इजरायलमा पहिलो दूरसञ्चार सेवा प्रदायक थियोे ।

२०११ मा, सेलकमले ८५० मेगाहर्ज ब्यान्डमा युएमटिएस सेवाहरू तैनात गरेकाे थियोे । इजरायल सञ्चार मन्त्रालयले ३१ डिसेम्बर २०११ को टिडीएमए -८५० नेटवर्कलाई बन्द गर्न अनुमोदन गरेकाे थियोे । अगस्ट २०१४ मा सेलकमले १८०० मेगाहर्ज ब्यान्ड एलटिइ नेटवर्क सञ्चालन गरेकाे थियोे ।

अालाेचना[सम्पादन गर्ने]

२००९ मा सेलकमले इजरायली रक्षा बलका सिपाहीहरूले इजरायली वेस्ट बैंकको सिमामा फुटबल खेलेकाे विज्ञापनकाे अभियान चलाएकाे थियाे । अरब-इजरायली सदस्य अहमद तिबिले यस विज्ञापनलाई प्रसारण नगर्न चेतावनी दिएकाे थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सेलकम इजरायलले दोस्रो क्वार्टर २०१६ को नतिजा घोषणा गरेको छ", सेलकम डटकम डट अाइएल, ८ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "सेलकम इजरायल लिमिटेड - निर स्टर्न प्राेफाईल", बिजनेस विक। 
  3. "सेलकम इजरायल दाेस्राे क्वाटरकाे नतिजा २०१६", सेलकम डटकाे डट अाइएल, ८ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. लिमिटेड, सेलकम इजरायल, "सेलकम इजरायल पहिले क्वाटर नतिजा २०१५", पिअारन्युजवायर डटकम, २०१६-०८-२०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०८-०४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]