सामग्रीमा जानुहोस्

गियोतिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गियोतिन (फ्रान्सेली: [ɡijɔtin] ( )) शिर छेदन गरी मृत्युदण्ड दिने, दुई खम्बा बीच आरा झुन्ड्याइएको यन्त्र हो। यसको नामाकरण फ्रान्सेली चिकित्सक जोजेफ-इन्यास गियोतिनको नामबाट गरिएको थियो जसले १० अक्टोबर १७८९ मा राष्ट्रिय सभामा मृत्युदण्ड "सामान्य उपकरणको प्रयोगबाट" शीरछेदन गरी गर्नुपर्छ भनी प्रस्ताव गरेका थिए।[]

गियोतिनको आविष्कार युरोपेली ज्ञानोदयको मान्यता अनुसार मृत्युदण्डको सजाय कम पीडादायी र कम कष्टकर बनाउनका लागि भएको थियो, जबकी यसअघिका मृत्युदण्डका तरिकाहरू निकै कष्टकर र भयभित तुल्याउने खालका हुन्थे। यसलाई अङ्गीकार गरेपछि सन् १९८१ मा मृत्युदण्ड उन्मुलन नभएसम्म, यो यन्त्र फ्रान्सको न्यायिक क्षेत्रमा मृत्युदण्ड दिने मानक विधि बनेको थियो[] फ्रान्समा मृत्युदण्ड दिइएका अन्तिम व्यक्ति हमिदा जानदुबी थिए, जसलाई १० सेप्टेम्बर १९७७ मा गियोतिनद्वारा शीरछेदन गरिएको थियो। यो पश्चिमी राष्ट्रको सरकारले शीरछेदन गरी व्यक्तिलाई मृत्युदण्ड दिएको अन्तिम पटक थियो।

जोजेफ इन्यास गियोतिनको चित्र

यो फ्रान्सेली राज्यक्रान्ति अन्तर्गत आतङ्कको राज्यको समयमा क्रान्तिको विरोधीहरूलाई मृत्युदण्ड दिनको लागि परिचित थियो। नाजी जर्मनीले सन् १९३३ देखि १९४५ को बिचमा १६,५०० कैदी बन्दीलाई गियोतिनद्वारा मृत्युदण्ड दिएकोमा त्यो मध्ये सबैभन्दा बढी सन् १९४४ र १९४५ को बीचमा, १०,००० लाई यो यन्त्रद्वारा मृत्युदण्ड दिइएको थियो।[][]

हालसालैका वर्षहरूमा केही मानिसहरूले गियोतिनबाट आत्महत्या गरेका थिए।[][][][]

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. R. F. Opie (2003) Guillotine, Gloucestershire: Sutton Publishing Ltd, p. 22, आइएसबिएन ०७५०९३०३४९.
  2. (फ्रान्सेलीमा) Loi n°81-908 du 9 octobre 1981 portant abolition de la peine de mort वेब्याक मेसिन अभिलेखिकरण ३१ जुलाई २०१३ मिति. Legifrance.gouv.fr. Retrieved on 2013-04-25.
  3. Robert Frederick Opie (२०१३), Guillotine: The Timbers of Justice, History Press, पृ: १३१। 
  4. "According to Nazi records, the guillotine was eventually used to execute some 16,500 people between 1933 and 1945, many of them resistance fighters and political dissidents." https://www.history.com/news/8-things-you-may-not-know-about-the-guillotine
  5. "Guillotine death was suicide", BBC News, २४ अप्रिल २००३, मूलबाट २७ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २००८ 
  6. Sulivan, Anne (१६ सेप्टेम्बर २००७), "Man kills himself with guillotine", The News Herald (Tennessee), अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१६ मिति
  7. Staglin, Douglas, "Russian engineer commits suicide with homemade guillotine", USA Today, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  8. Buncomber, Andrew (३ डिसेम्बर १९९९), "Guillotine used for suicide", The Independent, मूलबाट २ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६