गोयकानडी लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोयकानडी लिपि
काणेवी लिपि
चित्र:Goykanadi sample.jpg
प्रकार
समयावधि
छैटौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म
भाषाहरूकोङ्कणी, मराठी
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
[क] ब्राह्मी लिपिको सामी उत्पत्तिको सिद्धान्तले विश्वव्यापी मान्यता पाएको छैन।
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्

गोयकानडी वा काणेवी कुनै बेला कोङ्कणीमराठी लेख्ने उद्देश्यले गोवा राज्यमा प्रयोग गरिने ब्राह्मी लिपि थियो।[३] मोडी लिपिका साथै गौड सरस्वतदैवज्ञ ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे।[४][५]

विस्तृत अवलोकन[सम्पादन गर्नुहोस्]

सत्रौँ शताब्दीमा प्रयोग कम हुँदै गएपनि गोयकानडी लिपिलाई कदम्ब राजवंशको समयदेखि नै गोवामा लेखनकार्यको लागि प्रयोग गरिन्थ्यो। हेर्दा प्राचीन कन्नड लिपि झैँ देखिएपनि यी दुई लिपिहरूबिच विशिष्ट भिन्नताहरू छन्।[३] प्राचीन कन्नड लिपिको विपरीत गोयकानडी लिपिमा नागरी लिपिमा झैँ अक्षरमाथि डिको दिइने चलन थियो। यो लिपि गोवा र कोङ्कणमा प्रयोग गरिने कदम्ब लिपिबाट विकास भएको मान्यता छ।[५]

प्रयोग र लोप[सम्पादन गर्नुहोस्]

कोङ्कणी भाषाको इतिहासमा गोवा इन्क्विजिसनलाई एक दुखद् घडी मानिन्छ। गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो। जनतालाई मूर्तिपूजा गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो। यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए। उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा जोआँओ आफोन्सो दे आल्बकर्कीले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन्।[६]

वर्तमानकालमा पोर्तगालमा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन्।[७][८] यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका कारेकार रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो। पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ।[५] पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. जोशी, मालातेशा; म्याकब्राइड, क्याथरिन (सन् २०१९), Handbook of Literacy in Akshara Orthography, पृ: २९। 
  2. "Goykanadi" 
  3. ३.० ३.१ Indian archives ३४, भारतीय राष्ट्रिय अभिलेखालय, १९८५। 
  4. सिल्भा, सेभेरिन (सन् १९६३), Toponomy of Canara, पप्युलर प्रकाशन, पृ: १२। 
  5. ५.० ५.१ ५.२ घन्टकर, गजानन (सन् १९९३), History of Goa through Gõykanadi script (अङ्ग्रेजी, कोङ्कणी, मराठी, कन्नडमा), पृ: x। 
  6. ६.० ६.१ सरदेसाय, मनोहरराय (सन् २०००), A history of Konkani literature: from 1500 to 1992, साहित्य अकादमी, पृ: ३१७, आइएसबिएन 9788172016647 
  7. भेम्ब्रे, उदय (सेप्टेम्बर २००९), Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama, सुनापरान्त गोवा, पृ: ५५–५७। 
  8. South Asian language review, Volumes 1-2, क्रिएटिभ पब्लिसर्स, सन् १९९१, पृ: १२। 

ढाँचा:List of writing systems