गौतम अदानी
गौतम अदानी Gautam Adani | |
---|---|
ગૌતમ અદાણી | |
जन्म | अहमदाबाद, गुजरात, भारत | २४ जुन १९६२
वासस्थान | अहमदाबाद, गुजरात, भारत |
राष्ट्रियता | भारतीय |
जातीयता | गुजराती |
पेशा | अदानी समूहको चेयरम्यान |
चिनारीको कारण | अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख |
जम्मा सम्पति | $७ बिलियन (२०१५)[१] |
धर्म | जैन |
जीवनसाथी | प्रिती अदानी |
सन्तान | करण अदानी जीत अदानी |
आफन्त | विनोद अदानी (भाई) |
गौतम अदानी (गुजराती: ગૌતમ અદાણી; जन्म २४ जुन १९६२) एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । अमेरिकी पत्रिका फोर्ब्स अनुसार सन् २०१५ मा गौतमको कूल सम्पति ८ बिलियन अमेरिकी डलर अछि ।[२] उनले सन् १९८८ मा अदानी समूहका स्थापना गरेका थिए । वर्तमान समयमा अदानी समूह कोइला व्यापार, कोइला खनन, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजली उत्पादन र ग्यास वितरणमा फैलिएको कारोबार सम्भाल्ने विश्व स्तरको एकीकृत बलियो ढाँचा हो ।[३] ३३ वर्षको व्यापार अनुभवका साथ साथै, गौतम अदानी प्रथम पुस्ताका उद्यमी हुन् । एउटा साधारण पृष्ठभूमिका व्यक्ति अदानीले अपेक्षाकृत कम समयमा $८ अरबको व्यवसायिक कारोबारी साम्राज्य आदानी समूहको नेतृत्व गरिरहेका छन् ।[४][५][६]
गौतमको व्यापार यातायात र यातायात सम्बन्धी बलियो ढाँचाको विकासको लागि उनलाई विश्वभरमै १०० सबैभन्दा प्रभावशाली व्यवसायीसहरूमा गनिने गरिन्छ । उनले सन् २००६ मा आधुनिक मुन्द्रा बन्दरगाहको स्थापना गरेका थिए जसलाई सन् २००६ मा लोयड्सले सबैभन्दा उत्कृष्ट बन्दरगाहको सूचीमा अग्र स्थानमा राखेको थियो ।[७][८] आजको वर्तमान समयमा मुन्द्रा बन्दरगाह भारतको सबैभन्दा ठुलो व्यवसायिक बन्दरगाह हो जसमा सन् २०१३-१४ को आर्थिक वर्षमा १०० मिलियन म्याट्रिक टनको समानको कारोबार भएको थियो ।[९]
जीवनी
[सम्पादन गर्नुहोस्]गौतम अदानीको जन्म गुजराती बनिया परिवारमा सन् १९६२ जुन २४ मा भारतको गुजरात राज्यको अहमदाबाद सहरको रतनपोलमा भएको थियो ।[१०] गौतमको बुवाको नाम शान्तिलाल र आमाको नाम शान्ता अदानी हो र उनी ७ भाईबहिनी छन् । उनका आमाबुवा गुजरातको पूर्वी भाग थराद सहरबाट बसाइसराई गरेर यहाँ आएका थिए ।[८] गौतमको विवाह प्रिती अदानी सँग भएको हो जो पेशाले दन्त चिकित्सक र अदानी फाउन्डेसनको प्रबन्धक सञ्चालक छिन् । ई दुवैको दुई छोरा छन् । गौतम आफ्नो प्रारम्भिक शिक्षा अहमदाबादको शेठ चिमनलाल नागीनदास विद्यालयबाट गरेका हुन् । पछि उनले गुजरात विश्वविद्यालयबाट वाणिज्य सङ्कायमा स्नातकको दुई वर्षसम्मको अध्ययन गरेका थिए ।[११]
करियर
[सम्पादन गर्नुहोस्]आफ्नो पिताद्वारा अहमदाबादमा स्थापित टेक्सटाइलको व्यवसायमा हात नहालेर गौतम १८ वर्षकै उमेरमा केही १०० रुपैयाँ लिएर भारतको आर्थिक राजधानी मुम्बई पुगेका थिए । उनले आफ्नो करियरको आरम्भ हिरा विक्रेताको रूपमा गरेका थिए । उनले त्यहाँ २ वर्षसम्म महिन्द्रा ब्रदर्स नामक फर्ममा कार्य गरेका थिए । पछि उनले स्वयं आफ्नो हीरा दलालीको कार्य मुम्बईमा स्थापित गरे । उनको कथन अनुसार उनले त्यस समय एक वर्षमा लगभग १० लाख रुपैया अर्जित गरेका थिए, सन् १९८० मा यो एक ठुलो रकम थियो ।[८]
गौतमको ठुलो दाई महासुख अदानी, आफूद्वारा खरिद गरिएको नयाँ प्लास्टिक कारखानालाई चलाउनका लागि गौतमलाई मुम्बईबाट अहमदाबाद बोलाए । छिट्टै गौतम अदानी पोलीभिनाइल क्लोराइड, प्लास्टिक निर्माणको लागि प्रमुख सामग्रीक आयात गरेर कमोडिटी व्यवसाय आरम्भ गरे ।[७][८]
अदानी, उच्च जोखिम लिई व्यवसाय गरेर सफल भएका कारण उनलाई गौतमभाई नाम राखिएको थियो । पूर्व आइआइएम-ए निर्देशक बाकुल ढोलकिया, जो अदानी समूहका शैक्षिक र सिएसआर सुरुवातकर्ता थिए ले एक प्रेस कार्यक्रम्मा भनेका थिए, "उच्च जोखिम वहन गरी सफल हुने थोरै व्यवसायीहरू मध्ये एक अदानी पनि हुन् ।[१२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Naazneen Karmali, "Gautam Adani", Forbes।
- ↑ "The World's Billionaires: #249 Gautam Adani", Forbes, २८ मे २०१४, अन्तिम पहुँच १६ जुन २०१४।
- ↑ "Adani Enterprises Ltd.", BusinessWeek, २०१४, अन्तिम पहुँच १६ जुन २०१४।
- ↑ Nayyar, Dhiraj; Mahurkar, Uday (२० अगस्ट २०११), "Billionaire who Beat the System: A look into profile of billionaire Gautam Adani", India Today, अन्तिम पहुँच १६ जुन २०१४।
- ↑ Keshavdev, V. (६ जुलाई २०१३), "The Alchemist", Outlook Business, अन्तिम पहुँच १६ जुन २०१४। वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१४ मिति
- ↑ "Adani among most indebted groups, plans to raise Rs 10,000 crore via share sale", The Economic Times, २८ जुलाई २०१४, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१५ मिति
- ↑ ७.० ७.१ Kumar, Mousumi Saha (१६ जुलाई २०११), "Gautam Adani", Success Stories।
- ↑ ८.० ८.१ ८.२ ८.३ Mehta, Harit (२०१४-०४-१०), "Gautam Adani, the baron to watch out for if Narendra Modi becomes king", The Times of India, अन्तिम पहुँच २०१४-०४-१०।
- ↑ "Adani’s Mundra Port crosses 100 MMT mark of cargo handling in a year", Business Line, ३१ मार्च २०१४, अन्तिम पहुँच १६ जुन २०१४।
- ↑ Aakar Patel, "Why caste persists in politics", The Hindu।
- ↑ "Gautam Adani Business Profile", Business Maps of India, २०१४, अन्तिम पहुँच १६ जुन २०१४।
- ↑ "Gautam Adani, the baron to watch out for if Narendra Modi becomes king", The Times of India, १० अप्रिल २०१४, अन्तिम पहुँच १६ जुन २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- विवरण फोर्ब्समा
- जीवनी
- अदानी वेबसाइट
- अदनी फाउन्डेसन
- फर्च्युन फुड्स वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१४ मिति